९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा विभिन्न थप छ उपसमिति गठन

कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा विभिन्न थप छ उपसमिति गठन

नेपाल । नेपाली कांग्रेसले पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा विभिन्न थप छ उपसमिति गठन गरी संयोजक तोकेको छ। कांग्रेसका उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले आज सो निर्णय गरेको हो। बैठकले अन्तरराष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा, उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिको संयोजकमा कैलाश केसी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसम्बन्धी नीति तथा कार्ययोजना उपसमितिको संयोजकमा प्रतीक्षा चापागाईंलाई जिम्मेवारी तोकेको छ। यसैगरी ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिको संयोजकमा अनुपा श्रेष्ठ, सीमान्तीकृत वर्ग र समुदायः संवाद र सशक्तीकरण उपसमितिको संयोजकमा नरेन्द्र पासवान र स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिको संयोजकमा डोलराज भुसाललाई जिम्मेव...
प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

नेपाल । सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा बुधबार प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ। बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले पालना गर्नुपर्ने आचरण, संसद् बैठकमा अपनाउनुपर्ने पोशाकसम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए। बैठकमा संसद्को गरिमा, मर्यादा र प्रभावकारिता अभिवृद्धि गर्दै जनअपेक्षाअनुरूप संसदीय कार्यसम्पादन सुनिश्चित गर्न सबै राजनीतिक दलबीच निरन्तर संवाद, सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो। त्यसैगरी,...
तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन

तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन

नेपाल । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको स्वतन्त्रताबारे सार्वजनिक वक्तव्य दिने तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकले एम्नेस्टी इन्टरनेसनल, कमिसन अफ ज्युरिस्ट्स र ह्युमन राइट्स वाचले नेपालको न्यायपालिका तथा सार्वभौमसत्तासँग सम्बन्धित विषयमा न्यायिक अधिकारक्षेत्रसम्बन्धी अधिकारसमेतका सम्बन्धमा यही साउन ८ गते संयुक्त विज्ञप्ति प्रकाशन गरेको विषयमा स्पष्टीकरण सोध्न निर्देशन दिने निर्णय गरेको हो । सो विज्ञप्तिबारे सम्बन्धित संस्थाहरूबाट आधिकारिक प्रमाणसहित स्पष्टीकरण माग्न समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई भनेको हो । समितिले स्वतन्त्र न्यायपालिकाको मर्म, शक्ति पृथकीकरणको सिद्धान्त तथा सुशासनको मान्यताअनुसार न्याय प्रशासनलाई अझ पारदर्शी उत्तरदायी र सेवा...
रास्वपाले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

रास्वपाले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

नेपाल । नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित रास्वपाले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले आगामी साउन २५ देखि काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’ बाट अभियान सुरु गर्ने तयारी गरेको हो । पार्टीको साउन १३ गते सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार अभियान सञ्चालन हुन लागेको रास्वपाका सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अभियान अवधिभर प्रतिदिन कम्तीमा दुई जना जिम्मेवार नेताको उपस्थिति अनिवार्य गरिएको छ । तीमध्ये एक जना प्रतिनिधि सभा सदस्य अनिवार्य रूपमा रहने व्यवस्था मिलाइएको छ ।...
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णय

नेपाल । नेपाल सरकार, मन्त्रीपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा काठमाडौँ निवासी याङकी उक्यावलाई नियुक्ति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकका मुख्य निर्णय १. तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने। २.लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री याङकी उक्याव, काठमाडौंलाई नियुक्ति गर्ने। ३.नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने। ४. पशु वधशाला र मासु जाँच ऐन, २०५५ चरणवद्ध रूपमा नेपाल राज्यभर लागु गर्ने। ५.बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने। ६. विश्वविद्यालय अनुदान...
सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको छः परराष्ट्रमन्त्री खनाल

सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको छः परराष्ट्रमन्त्री खनाल

नेपाल । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा मंगलबार आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि अन्तरराष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औँल्याउनुभयो । मन्त्री खनालले अन्तरराष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तरराष्ट्रिय सहायता र व्यापारको महत्त्वपूर्ण पाटोलाई थप कसरी वृद्धि गर्न सकिन्छ भन्ने हो ।” वर्तमान भूराजनीतिक परिस्थितिबाट सिर्जित चुनौती तथा सीमिततालाई मध्यनजर गर्दै नेपालले आफ्ना प्राथमिकता स्पष्ट पारेर अघि बढ्नुपर्ने विषयलाई सरकारले ध्यान दिएको उहाँको भनाइ छ । नेपालले कम विकसित मुलुकको हैसियतमा विभिन्न मुलुकबाट शून्य भन्सार दरको ...
मन्त्री चौधरीसँग युरोपेली संघका नेपालका लागि राजदूत लोरेन्जोको भेट

मन्त्री चौधरीसँग युरोपेली संघका नेपालका लागि राजदूत लोरेन्जोको भेट

नेपाल । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी छिन्। मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच आपसीहितका विविध विषयमा द्विपक्षीय छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा मन्त्री चौधरीले नेपाल र युरोपेली सङ्घबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा कृषि, वन, वातावरण एवं ग्रामीण विकासका क्षेत्रमा प्राप्त सहयोगको प्रशंसा गरिन्। उनले नेपाल सरकारका तर्फबाट युरोपेली सङ्घको निरन्तर सहयोगप्रति आभार व्यक्त गरिन्। छलफलका क्रममा नेपालको कृषि क्षेत्रमा आगामी सहकार्यका सम्भावनाबारे विस्तृत विचार आदानप्रदान भएको थियो। नेपालमा उत्पादित बटर मिल्कबाट निर्मित ‘डग च्यु’लाई युरोपेली बजारमा निर्यात गर्ने सम्भावनाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। मान्यता प्राप्त कृषि तथा खाद्य परीक्षण प्रयोगशाल...
अभियन्ता दुर्गा प्रसाई रिहा, अदालतद्वारा म्याद थप्न अस्वीकार

अभियन्ता दुर्गा प्रसाई रिहा, अदालतद्वारा म्याद थप्न अस्वीकार

नेपाल । सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको भए पनि जिल्ला अदालत भक्तपुरले सोमबार म्याद थप्न अस्वीकार गरेपछि प्रसाई रिहा भएका हुन् । प्रसाईलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो । तर अदालतले थप अनुसन्धानका लागि म्याद नदिएपछि उनलाई रिहा गरिएको जनाइएको छ ।...
परराष्ट्र मन्त्रालय सह-सचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालय सह-सचिव पुष्पराज भट्टराई पक्राउ

नेपाल । परराष्ट्र मन्त्रालय, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा, सिंहदरबार काठमाडौँमा सह–सचिव पदमा कार्यरत ५६ वर्षीय पुष्पराज भट्टराई पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार राहदानी ऐन अन्तर्गतको कसुरमा भट्टराई पक्राउ परेका हुन् । काठमाडौँस्थित जर्मन राजदूतावासमा जर्मनी जाने भिषा प्रयोजनको लागि यात्रा अनुमति पत्रसाथ उपस्थित भएका व्यक्तिहरुको राष्ट्रियता उपर शङ्का लागी सोधपुछ पश्चात् जर्मन राजदूतावासको मिति २०६८ जेठ २० गतेको पत्रसाथ यात्रा अनुमति पत्र सक्कल थान–५ अनुसन्धान एवम् कारवाहीका लागि राहदानी अन्तर्गतको कसुरमा अनुसन्धानको क्रममा उक्त यात्रा अनुमति पत्र जारी गर्ने खोटाङ, रावाबेसी गाउँपालिका वडा नंं ३ घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ बस्ने भट्टराई उक्...
अभियन्ता दुर्गा प्रसाईं फेरि पक्राउ

अभियन्ता दुर्गा प्रसाईं फेरि पक्राउ

नेपाल । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। प्रहरीका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो । शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीले जनाएका छन् । यसअघि आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमार्फत प्रसाईंले हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए । उक्त घोषणापछि केही घण्टामै प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको हो । ...