२२ श्रावण २०८३, शुक्रबार

सरकारले देशलाई उत्तर कोरियाको पथमा लैजान खोजेको आरोप

कोलोराडोखबर संवाददाता , August 7th, 2026

नेपाल । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारले देशलाई उत्तर कोरियाको पथमा लैजान खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सरकारको नियतमा खोट भएको टिप्पणी गरे ।

उनले युवाहरूलाई विदेश जान रोक्न सरकारले नसकेको बताए। आफ्नो ५६ वर्षको अनुभव सुनाउँदै मधेस वा थारुहट आन्दोलनमा सधैँ गोली चलेको बताए ।

प्रतिक्रिया दिनुहोस्