९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

कांग्रेसका पूर्वसभापति देउवा हङकङबाट बिहीबार स्वदेश फर्कदै

कांग्रेसका पूर्वसभापति देउवा हङकङबाट बिहीबार स्वदेश फर्कदै

नेपाल । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते बिहीबार स्वदेश फर्किंदैछन् । झन्डै ६ महिनापछि उनी स्वदेश फर्किन लागेका हुन् । कांग्रेसको संस्थापनइतर समूहले पूर्वसभापति देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ । जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।  ...
कोप-३१ मा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाहलाई टर्किका राष्ट्रपतिको निमन्त्रणा

कोप-३१ मा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाहलाई टर्किका राष्ट्रपतिको निमन्त्रणा

नेपाल । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्षराष्ट्रको सम्मेलन कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाहलाई टर्किका राष्ट्रपति रेसेप तैयप एर्दोगानले औपचारिक निमन्त्रणा पठाउनुभएको छ । कोप–३१ सम्मेलन आगामी नोभेम्बर ९ देखि २० तारिखसम्म टर्किएको अन्ताल्यामा आयोजना हुने कार्यसूची रहेको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बुधबारको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई आएको निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।...
सरकारी कार्यालयका निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन स्वीकृत

सरकारी कार्यालयका निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन स्वीकृत

नेपाल । सरकारले विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीले पेस गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो। यो मार्गदर्शन लागू भएसँगै विभिन्न सरकारी कार्यालयबाट सेवा प्राप्त गर्न पेस गरिने निवेदनको ढाँचामा रहेको विविधता र अन्योल हटेर देशैभर एउटै र निश्चित ढाँचा कायम हुने भएको छ। यसले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिकमैत्री बनाउनुका साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः डिजिटल माध्यमबाट समेत प्रयोग गर्न सकिने गरी सूचना प्रविधिमा आधारित बनाउनेछ। यस व्यवस्थाको पूर्ण कार्या...
वरिष्ठ पत्रकार तथा जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ

वरिष्ठ पत्रकार तथा जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ

नेपाल । वरिष्ठ पत्रकार तथा जनआस्थाका प्रकाशक सम्पादक किशोर श्रेष्ठ पक्राउ पर्नुभएको छ । उहाँलाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको बागडोलबाट साँझ ८ बजेतिर पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार पत्रकार श्रेष्ठलाई समाचारको विषयलाई लिएर एक महिलाले दिएको उजुरीका आधारमा छानविनका लागि पक्राउ गरिएको बताउनुभयो । उहाँलाई सोधपुछका लागि पक्राउ गरिएकाले उहाँमाथि अनुसन्धान हुने खड्काले बताउनुभयो । वरिष्ठ पत्रकार श्रेष्ठ जनआस्था साप्ताहिक पत्रिका सञ्चालन गर्दै आउनुभएको छ । श्रेष्ठको पक्राउपछि उनको निःशर्त रिहाइको माग गर्दै सञ्चार सम्बद्ध संघसंस्थाले सरकारको आलोचना गरेका छन् । प्रेस स्वतन्त्रता बिरोधी यस कार्यको सामाजिक सञ्जालमा चर्को बिरोध भइरहेको छ ।...
सरकारले युवालाई स्वदेशमै रोजगारी दिने र स्वरोजगार बनाउने जग खडा गरिरहेको छः लामिछाने

सरकारले युवालाई स्वदेशमै रोजगारी दिने र स्वरोजगार बनाउने जग खडा गरिरहेको छः लामिछाने

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी दिने र स्वरोजगार बनाउने जग खडा गरिरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सरकार युवाको रोजगारीका लागि जग बनाउँदै छ । यो जगले युवालाई स्वदेशमा रोजगारी दिने छ । विदेशमा रहेका नागरिकलाई समेत स्वदेशमै आएर काम गर्न सकिन्छ भन्ने सम्भावनाको घन्टी कतै न कतै बजाउने छ । समय लाग्ला तर हामी धेरै पर छैनौँ ।” अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी सभापति लामिछानेले त्यस्तो बताउनुभएको हो । नेपालले प्राप्त गरेको युवा नेतृत्वको अवस्थालाई एउटा ऐतिहासिक अवसरका रूपमा सदुपयोग गर्नुपर्ने जोड दिँदै उहाँले सङ्घीय संसद्मा ठुलो सङ्ख्यामा युवाको प्रतिनिधित्व हुनु अत्यन्तै महत्वपूर्ण राजनीतिक विषय भएको उल्लेख गर्नुभयो । उहाँले युवा नेतृत्वका लागि यो समय परीक्षाको घडी ...
मन्त्रिपरिषद् बैठक सम्पन्नः यी हुन् मुख्य निर्णय

मन्त्रिपरिषद् बैठक सम्पन्नः यी हुन् मुख्य निर्णय

नेपाल । सरकारले विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) मा पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रीपरिषद्को साउन २६ गते बसेको बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो। बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णयसमेत गरेको छ। सहिद घोषित हुनेमा सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता तथा सिराहा जिल्लाका गणेशकुमार यादव हुनुहुन्छ। यसैगरी सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ। बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बारा निवासी निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै पूर्वमहालेखापर...
पाकिस्तानको ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव काठमाडौँ ल्याइँदै

पाकिस्तानको ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव काठमाडौँ ल्याइँदै

नेपाल । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव मंगलबार काठमाडौँ ल्याइँदै छ। निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव यही साउन २१ गते नेपाल ल्याइसकिएको छ। दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ। निर्मल पुर्जाको शव भने बेलायत लगिएको छ। उक्त हिमपहिरोमा परेर ६ जना नेपाली आरोहीसहित १० जनाको ज्यान गएको थियो।...
भारतीय र चिनियाँ राजदूतसँग प्रधानमन्त्री शाहको छुट्टाछुट्टै भेटवार्ता

भारतीय र चिनियाँ राजदूतसँग प्रधानमन्त्री शाहको छुट्टाछुट्टै भेटवार्ता

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल(भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभयो। यसैबीच सोमबार नै प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
श्रावणको अन्तिम सोमबार पशुपतिनाथका चारै ढोका खुला

श्रावणको अन्तिम सोमबार पशुपतिनाथका चारै ढोका खुला

नेपाल । सौरमासअनुसार साउन २५ गते श्रावण महिनाको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको भारी भिड लागेको छ। दर्शनार्थीहरूको सहजतालाई ध्यानमा राख्दै आज बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएका छन्। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार भक्तजनहरूलाई उत्तरतर्फको ढोकाबाट जल चढाउने व्यवस्था मिलाइएको छ। श्रावणका प्रत्येक सोमबार भगवान शिवको विशेष पूजा गर्ने परम्परा रहिआएको छ। यसैबीच, श्रावणको अन्तिम सोमबारका अवसरमा बोलबम यात्रा गर्न हजारौँ भक्तजनहरू सुन्दरीजलमा जम्मा भएका छन्। प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाका अनुसार यो यात्रामा करिब १० हजारभन्दा बढी भक्तजनहरूको सहभागिता रहेको छ। आइतबार राति नै सुन्दरीजल पुगेर रातभर भजनकीर्तन गरेका भक्तजनहरूले राति १२स्०० बजेपछि स्नान र नित्यकर्म सकेर खाली खुट्टा सुन...
रास्वपाकै सांसदहरूले संसदमा सरकारको आलोचना गरे पछि बालेन र रविको भेटवार्ता

रास्वपाकै सांसदहरूले संसदमा सरकारको आलोचना गरे पछि बालेन र रविको भेटवार्ता

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच करिब ५० मिनेट छलफल भएको हो । रवि र बालेनबिच पछिल्लो पटक दूरी बढ्न थालेको संकेतमाझ सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । पछिल्लो समय अनेकौँ मुद्दामा बालेन र रविबिच समस्या देखिँदै आएको छ। रवि पक्षले बालेन सचिवालयको घेरामा सीमित रहेको आरोप लगाइरहेको छ। रविनिकट सांसदहरूले संसदमा प्रधानमन्त्री तथा सरकारको चर्को आलोचना गरिरहेका छन्। ...