नेपाल । प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँगको भेटमा आउँदो शनिबार र आइतबारदेखि बस्ती हटाउने काम सुरु गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बस्ती हटाउने अभियान काठमाडौं उपत्यकाबाटै सुरु गरिनेछ ।
शाह काठमाडौं महानगरपालिकाका मेयर रहेका बेला पनि सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । तर, त्यसबेला सुकुम्बासीहरूको प्रतिवादका कारण उक्त प्रयास सफल हुन सकेको थिएन ।
प्रधानमन्त्री भएपछि पुनः उनले अतिक्रमित रूपमा बसोबास गरिरहेका बस्तीहरू हटाउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
यसैबीच प्रधानमन्त्री शाहको निर्देशन पछि काठमाडौंको सुकुमबासी बस्ती हटाउने तयारी थालिएको छ । बिहीबार साँझ प्रहरीले प्रहरीले सुकुमबासी बस्तीमा माइकिङ गरेको हो । अहिले उपत्यकामा ६ हजार सुकुम्बासीहरु थापाथलीसहित विभिन्न क्षेत्रमा बसोवास गरिरहेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्