२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

प्रतिनिधिसभा सदस्यको उम्मेदवार छान्न आइतबार रास्वपाको बैठक बस्दै

प्रतिनिधिसभा सदस्यको उम्मेदवार छान्न आइतबार रास्वपाको बैठक बस्दै

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार चयनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे बैठक बोलाइएको पर्टी प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लगाउने सम्बन्धमा छलफल हुने उनले बताए। रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न इच्छुक पार्टी सदस्यलाई आवेदन शुल्क २५ हजार रुपैयाँ तोक्दै आवेदन दिन आह्वान गरेको थियो । ...
नेकपा एमालेले सबै जिल्लाका सबै क्षेत्रमा उम्मेदवार छान्यो

नेकपा एमालेले सबै जिल्लाका सबै क्षेत्रमा उम्मेदवार छान्यो

नेपाल । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको तय गरेको छ । शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । सुदूरपश्चिम प्रदेश कैलाली १। द्वारिका न्यौपाने २। सूर्यबहादुर थापा ३। गौरीशंकर चौधरी ४। लेखराज भट्ट ५। यज्ञराज ढुङ्गाना कञ्चनपुर १। कमला बोहरा २। वचनबहादुर सिंह ३। दीपक भट्ट अछाम १। झपटबहादुर बोहरा २। यज्ञ बोगटी बाजुरा १। लालबहादुर थापा डोटी १। दीपक धामी डडेल्धुरा १। चक्र स्नेही बझाङ १। अफिलाल ओखेडा बैतडी १। दामोदर भण्डारी दार्चुला १। गणेशसिंह ठगुन्ना ⸻ कर्णाली प्रदेश सल्यान १। गुलाबजंग शाह रुकुम पश्चिम १। नन्दराम देवकोटा सुर्खेत १। धुर्व शाही २। कुलमणि देवकोटा कालिकोट १। नागेन्द्र शाही ९न...
निर्वाचनका लागि तयारीको ९० प्रतिशत काम सकियोः आयोग

निर्वाचनका लागि तयारीको ९० प्रतिशत काम सकियोः आयोग

नेपाल । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका अनुसार अघि बढिरहेको बताउनुभएको छ । आयोगबाट स्वीकृत कार्यतालिका अनुसार माघ २ गते सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको बताउँदै कार्यवाहक प्रमुख भट्टराईले तयारीका हिसाबले ९० प्रतिशत काम सकिएको बताउनुभयो । निर्वाचन आयोगमा चुनावको तयारी सम्बन्धमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको शनिबार भएको छलफलमा भण्डारीले आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनको दुवै तयारीलाई एकसाथ अघि बढाएको बताउनुभयो । आयोगका सचिव कृष्णबहादुर राउतले आयोगले हालसम्म गरेका मुख्य कामको जानकारी दिनुभएको थियो । सचिव राउतले समानुपातिक निर्वाचनको काम तालिका अनुसार अघि बढिरहेको र प्रत्यक्षतर्फको काममा आयोग अघि बढेको बताउनुभयो । राउतका अनुसार समा...
राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदै

राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदै

नेपाल । राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक बिहान ११ बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसक्नुभएको छ । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ ...
रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

नेपाल । नेपाल बार एसोसिएसनले रास्वपाका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो । बारले फौजदारी न्याय प्रशासन स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुनुपर्दछ भन्ने मान्यता बारले निरन्तर दिँदै आएको र मुद्दा फिर्तासम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्तविपरीत भएको जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेको ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६...
निर्वाचन आयोगबाट आधिकारिकता पाएको गगन नेतृत्वको केन्द्रीय समिति बैठक बस्दै

निर्वाचन आयोगबाट आधिकारिकता पाएको गगन नेतृत्वको केन्द्रीय समिति बैठक बस्दै

नेपाल । शुक्रबार साँझ निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक डाकेका छन् । बैठक शनिबार बिहान साढे ११ बजे नयाँ बानेश्वर स्थित एक ब्याङ्क्वेटमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ। उता आधिकारिकता गुमाएको शेरबहादुर देउवापक्षको केन्द्रीय समिति बैठक पनि शनिबार नै बसिरहेको छ र बैठकमा आगामी रणनीतिबारे छलफल भइरहेको बुझिएको छ ।...
सरकार र दुर्गा प्रसाईंबीच सम्झौता

सरकार र दुर्गा प्रसाईंबीच सम्झौता

नेपाल । सरकार र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच शुक्रबार सम्झौता भएको छ। पहिलो वार्ता विनानिष्कर्ष भए पनि दोस्रो वार्तामा सहमति जुटेको हो । पहिलो चरणमा प्रधानमन्त्री सुशीला कार्कीसँग प्रसाईंको वार्ता भएको थियो । मन्त्रिपरिषद्‍ बैठकका लागि भन्दै पुनः छलफल गर्ने गरी प्रधानमन्त्री निस्किएकी थिइन् । त्यसपछिको अर्को वार्तामा नेपाल सरकारका तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नागरिक बचाऊ महाभियानका केन्द्रीय अध्यक्ष प्रसाईंबीच सम्झौता भएको हो । नागरिक बचाउ महाभियानले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहा गर्नुपर्ने, नेपाल नेपालीले नै बनाउने र नेपालको व्यापार पनि नेपालीले नै गर्न पाउनुपर्ने मागसहित २७ बुँदे माग गर्दै आएको छ । ...
एकताबद्ध भएर अघि बढ्न सभापति गगन थापाको सबैमा हार्दिक अपील 

एकताबद्ध भएर अघि बढ्न सभापति गगन थापाको सबैमा हार्दिक अपील 

प्रेस विज्ञप्ति नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं। यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो। यसले स्थापित गरेको छ - पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ। विशेष महाधिवेशनमा सहभागी हुनुभएका-नहुनुभएका, सहमत हुनुभएका-नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु - यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन - कुनै अलमल नपरौं, ...
निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान

निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान

नेपाल । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ । आयोगबाट आधिकारिकता पाएसँगै सभापति गगन थापाले कसैलाई पक्षपात नगर्ने र पार्टीलाई एकढिक्का बनाएर लाने प्रतिक्रिया जनाएका छन् । उता देउवा पक्षले भने आयोगको निर्णयलाई आफूहरुमाथि षड्यन्त्र गरेको प्रतिक्रिया दिएको छ । आफूहरुनै आधिकारिक भएको दाबी गर्दै आइतबार सर्वोच्च जाने प्रतिक्रिया दिएको छ । आयोगको शुक्रबार साँझ बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो । यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बनेका छन् । शेरबहादुर देउवा पक्षलाई आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिने निर्णय पनि गरेको छ । ...
काँग्रेस देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दै

काँग्रेस देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दै

नेपाल । नेपाली कांग्रेस (देउवा पक्ष) का कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।  ...