१५ बैशाख २०८३, मंगलवार

नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन

कोलोराडोखबर संवाददाता , April 28th, 2026

नेपाल । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन भएका छन् । सोमबार कांग्रेस संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेताका रूपमा चयन गरेको हो ।

त्यसअघि पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताका लागि आङ्देम्बेको नाम सर्वसम्मत रूपमा प्रस्ताव गरेको प्रवक्ता देवराज चालिसेले बताए ।

यसअघि मोहन आचार्य र अर्जुननरसिंह केसीको नामसमेत चर्चामा रहे पनि अन्तिममा आङ्देम्बेको नाममा सहमति जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्