९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

सरकार यही गतिमा अघि बढेमा डरलाग्दा राजनीतिक दुर्घटनाहरू हुने सक्छः भुसाल

सरकार यही गतिमा अघि बढेमा डरलाग्दा राजनीतिक दुर्घटनाहरू हुने सक्छः भुसाल

नेपाल । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुषालले कम्युनिष्ट दलहरूले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भोग्नुपरेको पराजयको कारण अहिलेसम्म पनि पत्ता लगाउन नसकेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै नेता भुषालले निर्वाचनमा कम्युनिष्ट दलहरूले सोचेभन्दा धेरै अनपेक्षित र व्याख्या गर्नै कठिन पर्ने किसिमको हार व्यहोरेको बताए । आफूले निर्वाचनको दिनमै मुलुक पहिलेदेखि नै ‘नालायकहरू’बाट शासित हुँदै आएकोमा अब ‘लफङ्गाहरू’बाट शासित हुने अवस्थामा पुगेको टिप्पणी गरेको स्मरण गराउँदै उनले अहिले सरकारको गतिविधि र वर्तमान राजनीतिक परिस्थिति, घटनाक्रमले त्यसलाई पूर्ण रूपमा पुष्टि गरेको बताए । सरकार यही गतिमा थप दुई वर्षसम्म अघि बढेमा मुलुकमा अझै डरलाग्दा राजनीतिक दुर्घटनाहरू घट्ने गम्भीर जोखिम रहेको उनको चेतावनी...
बीपीको राष्ट्रिय मेलमिलापको प्रसङ्गलाई आफ्नो स्वार्थअनुकूल व्याख्या नगरौंः गगन थापा

बीपीको राष्ट्रिय मेलमिलापको प्रसङ्गलाई आफ्नो स्वार्थअनुकूल व्याख्या नगरौंः गगन थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको प्रसङ्गलाई नेताहरूले आफ्नो स्वार्थअनुकूल व्याख्या गर्न नहुने बताएका छन्। बीपीको विचार र योगदानबारे लेखिएका पुस्तक तथा अनुसन्धानले वास्तविक सन्दर्भ बुझ्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । थापाले धर्म गौतमले सार्वजनिक गरेको पुस्तक बिमोचन समारोहमा उक्त पुस्तक वर्तमान सन्दर्भमा आधिकारिक र महत्वपूर्ण रहेको पनि बताए। उनले अहिले नेताहरूले रातारात बीपी कोइरालालाई सम्झन थालेको भन्दै त्यसलाई लेनदेन र तत्कालीन स्वार्थसँग जोडेर हेर्न नहुने बताए। अहिले कसैसँग मिल्न वा कानेखुसी गर्नुपर्ने भए त्यसलाई स्पष्ट रूपमा भन्न सक्ने हिम्मत गर्नुपर्ने उनको भनाइ छ। थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै व्यक्ति वा समूहले घरभित्रै कैद गरेर राख्न नहुने बताए। बीपीको आह्वानमा आफ्नो परिवार छाडेर हजारौँ मानिस आन्दोलनमा हो...
नागको पूजा आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

नागको पूजा आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

नेपाल । नागपञ्चमी पर्व सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो। नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए। नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको सम्वाद भएक...
नेपाली घरमा शिवालय स्थापना तथा प्राणप्रतिष्ठा महोत्सवको तयारी पुरा

नेपाली घरमा शिवालय स्थापना तथा प्राणप्रतिष्ठा महोत्सवको तयारी पुरा

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शिवालय स्थापना गरी भगवान शिवसहित शिव परिवारका दिव्य मूर्तिहरूको प्राणप्रतिष्ठा महोत्सव कार्यक्रमको तयारी पुरा भएको छ । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरभित्र निर्माण गरिएको पवित्र शिवालयमा शिव, माता पार्वती, कार्तिकेय र श्रीगणेशका मूर्ति स्थापना गरि एक भब्य समारोह बिच प्राण प्रतिष्ठा गर्ने कार्यक्रमकका लागी सम्पूर्ण तयारी पुरा भएको हो । यही अगस्ट १६ तारिक आइतबारका दिन बिहान ९ बजेदेखी आयोजना हुने प्राणप्रतिष्ठा समारोहमा गुरु तथा पुरोहितहरूद्वारा शास्त्रीय एवं वैदिक विधिअनुसार पूजापाठ, जप–तप, हवन तथा धार्मिक अनुष्ठान गरि बाजागाजा, भजन–कीर्तनसहित विशेष धार्मिक वातावरणमा मूर्तिहरूको प्राणप्रतिष्ठा कार्यक्रम गर्न सम्पूर्ण तयारी पुरा भएको नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले बताएका छन् । शिवालयमा नेपालको...
ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईसँग लिखित जवाफ माग

ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईसँग लिखित जवाफ माग

नेपाल । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ। नीतिगत निर्णय गर्ने तत्कालीन दुई प्रधानमन्त्रीलाई प्रतिवादी बनाएर अनुसन्धान गर्नुपर्ने माग गर्दै सात वर्ष पहिले २०७६ सालमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए। मन्त्रिपरिषद्को निर्णयको आडमा उन्मुक्ति दिएर पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने सर्वोच्च अदालत गएका हुन्। यसैमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले बिहीबार उनीहरूसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो। सर्वोच्चले दुवै जनाको नाममा आदेश जारी गर्दै मुद्दा चलाउन नपर्ने भए जवाफ पेश गर्न भनेको छ।...
आरजूलाई हङकङमै छाडेर देउवा एक्लै स्वदेश फर्किए

आरजूलाई हङकङमै छाडेर देउवा एक्लै स्वदेश फर्किए

नेपाल । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् । गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यसपछि उनी हङकङ गएका थिए । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको थियो । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौँ आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए । श्रीमती आरजूलाई हङकङमै छाडेर देउवा एक्लै स्वदेश फर्किएका हुन ...
नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुरु हुँदै, देउवाले उद्घाटन गर्ने

नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुरु हुँदै, देउवाले उद्घाटन गर्ने

नेपाल । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला शुक्रबारबाट सुरु हुँदैछ। भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ। बिहान साढे ११ बजे भेलाको उद्घाटन नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताएका छन्। भेला साउन ३१ गतेसम्म चल्नेछ। भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला छन्। सर्वोच्च अदालतले हालैमात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ।...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

नेपाल । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । बिहीबार अपराह्न बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। प्रदेश सभामा सम्बोधन गरेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् । प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री उनले राजीनामा दिएका हुन् । गत असार ३१ गते नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि बिहीबार नै पूरा भएको छ।...
पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिनको म्याद

पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिनको म्याद

नेपाल । पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद दिएको छ । उनलाई म्याद थपका लागि अदालतमा पेश गरिएकामा प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाएको हो । वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरमा उनलाई बुधबार राति पक्राउ गरिएको थियो ।
साताको दुई दिन बिदा ‘पुनरवलोकनको गृहकार्य भएको छैन’: मन्त्री गौतम

साताको दुई दिन बिदा ‘पुनरवलोकनको गृहकार्य भएको छैन’: मन्त्री गौतम

नेपाल । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारले साताको दुई दिन बिदा दिने निर्णयमा पुनरवलोकन सम्बन्धमा कुनै गृहकार्य नगरेको प्रस्ट्याउनुभएको छ । उहाँले साताको दुई दिनको बिदाले विद्यार्थीको विद्यालय जाने समय तथा पाठ्यक्रम समयमै सम्पन्न नहुने र सरकारी सेवामा मितव्ययीलगायतका विषयमा सरकारको ध्यानाकर्षण भए पनि सो विषय पुनरवलोकन सम्बन्धमा कुनै गृहकार्य नभएको प्रस्ट्याउनुभयो । राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले सभाका सदस्यले राखेको जिज्ञासाको जवाफ दिनुभएको थियो । जवाफमा मन्त्री गौतमले विद्यार्थी विद्यालयमा मात्रै पढ्छ भन्ने अवधारणाबाट बाहिर निस्किनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीको सिर्जनशीलता बढ्ने स्थान विद्यालय मात्रै नभई समाजसमेत रहेकाले विद्यालय बिदाको दिन समाजमा घुलमिल हुँदा आफ्नै प्रकारको वृत्तिविका...