९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

काँग्रेसको महाधिवेशन असोज १६ देखि काठमाडौंमा हुने, गगन थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन

काँग्रेसको महाधिवेशन असोज १६ देखि काठमाडौंमा हुने, गगन थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन

नेपाल । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन यसअघि घोषणा गरिएकै मिति अर्थात् आउँदो असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसका हालै सम्पन्न केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले निर्धारित समयमै महाधिवेशन भव्य रूपमा सम्पन्न गर्ने जानकारी दिए । तल्लो तहका अधिवेशनका सन्दर्भमा बोल्दै प्रवक्ता चालिसेले भदौ महिनामा हुन सक्ने अत्यधिक वर्षाका कारण वडा तथा पालिका तहका निर्वाचनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी तल्लो तहका निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न सक्ने निर्णय गरेको जानकारी दिए । महाधिवेशनको तयारीअन्तर्गत क्रियाशील सदस्यताको विवरण डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्न...
प्रधानमन्त्री वालेन्द्र शाह र भारतका स्थल सेनाध्यक्ष धीरज सेठबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र भारतका स्थल सेनाध्यक्ष धीरज सेठबीच शिष्टाचार भेटवार्ता

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले मंगलबार शिष्टाचार भेटवार्ता गर्नुभएको हो । उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी हुनुहुन्थ्यो । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनुभएको थियो । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा छ । सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्...
भारतका स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

भारतका स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो । नेपाल र भारतबिच सन् १९५० देखि एकअर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । सोही अनुसार सेठलाई सम्मान गरिएको हो । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवं नेपालका लागि भारतका राजदूतको उपस्थिति थियो । नेपाल–भारतबिचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप दशकौँदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपा...
नेपाल सरकार र ‘नागरिक बचाउ महाअभियानबीच मंगलबारबाट औपचारिक वार्ता सुरु

नेपाल सरकार र ‘नागरिक बचाउ महाअभियानबीच मंगलबारबाट औपचारिक वार्ता सुरु

नेपाल । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच मंगलबारबाट औपचारिक वार्ता सुरु भएको छ। महाअभियानले उठाएका मागहरूको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो। ​नेपाल सरकारको तर्फबाट भाद्र १ गते सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले,अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमी व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालाका सहसचिव डिलाराम पन्थी सदस्यसहितको वार्ता टोली गठन भएको थियो। नेपाल सरकारको आह्वान बमोजिम महाअभियानका तर्फबाट पनि केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईँले विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरी पठाएपछि आजबाट औपचारिकरुपमा संवादको प्रक्रिया अगाडि बढेको हो।...
जनकवि दुर्गालाल श्रेष्ठको अन्त्यष्टि, राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्यष्टि, राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण

नेपाल । जनकवि दुर्गालाल श्रेष्ठको मङ्गलबार अन्त्यष्टि गरिएको छ। ९३ वर्षका श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो। अन्त्यष्टिअघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो। त्यसपछि पार्थिव शरीरको नगर परिक्रमा गराई अन्त्यष्टिका लागि शोभा भगवतीस्थित कर्णदीप लगिएको थियो। गृहमन्त्री सुधन गुरुङ, ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपालको राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेपाल भाषा परिषद्ले दुई दशकअघि ‘जनकवि’ उपाधिबाट सम्मानित स्वर्गीय श्रेष्ठ पछिल्ला छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय हुनुहुन्थ्यो । नेपाल भाषासँगै नेपाली भाषामा पनि कविता, गीत तथा अन्य साहित्यिक विधामा सक्रिय उहाँका ‘सय थरी बाजा एउटै त...
काँग्रेसको अधिवेशन प्रक्रिया मंगलबारदेखि, भदौ २४ देखि ‘राष्ट्रिय अभियान’ शुरु

काँग्रेसको अधिवेशन प्रक्रिया मंगलबारदेखि, भदौ २४ देखि ‘राष्ट्रिय अभियान’ शुरु

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अधिवेशन प्रक्रिया मंगलबारदेखि प्रारम्भ हुने जानकारी दिएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् । थापाले पार्टीको विधानले तोकेको समयसीमाभित्रै अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । उनले सबै पक्षलाई समेटेर अगाडि बढ्ने प्रयास भइरहेको बताउँदै आगामी असोज महिनाभित्रै अधिवेशन सम्पन्न गरिने प्रष्ट पारे । अधिवेशन पश्चात पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुका साथै प्रदेश र स्थानीय सरकारका कामहरूमा प्रभावकारी रूपमा केन्द्रित हुने उनले बताए । सोही अवसरमा सभापति थापाले आगामी भदौ २४ गतेदेखि कांग्रेसले ‘राष्ट्रिय अभियान’ शुरु गर्ने घोषणासमेत गरे । लोकतान्त्रिक प्रक्रियामा हार र जितलाई स्वाभाविक रूपमा लिनुपर्नेमा ज...
संसदमा जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुख अर्यालको रुलिङ

संसदमा जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुख अर्यालको रुलिङ

नेपाल । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उठेका विषयको जवाफ दिन रुलिङ गर्नु भएको छ । सोमबारको बैठकको सुरुआतमा विपक्षीले उठेर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन निर्देशन दिनु भएको हो । उनले भने, ‘प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न उत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। विपक्षीले प्रधानमन्त्री शाहको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्चाउनुपर्ने माग राख्दै आइरहेका छन् ।’ यसैबीच विपक्षी दलको लामो समयदेखिको मागका बिच प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भदौ १० गते प्रश्नोत्...
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ताका लागि टोली गठन

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ताका लागि टोली गठन

नेपाल । सरकारले आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीको सदस्यहरुमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी रहनुभएको छ। यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच गहन छलफल भएको थियो । छलफलमा महाअभियानको मागबमोजिम नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो । सरकारले वार्ताका लागि गरेको आह्वानलाई सम्...
सर्वोच्च अदालतको आदेशसँगै पत्रकार किशोर श्रेष्ठ थुनामुक्त

सर्वोच्च अदालतको आदेशसँगै पत्रकार किशोर श्रेष्ठ थुनामुक्त

नेपाल । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ सोमबार सर्वोच्च अदालतको आदेशसँगै थुनामुक्त भएका छन् । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको सोमबारको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै हाजिर जमानी वा तारेखमा राखी मुद्दाको अनुसन्धान गर्न परमादेश जारी गरसँगै उनी थुनामुक्त भएका हुन् । उनी एक युवतीको वैयक्तिक गोपनीयतासम्बन्धी अधिकार हनन गरेको आरोपमा २५ साउनदेखि प्रहरी हिरासतमा थिए । तर, सर्वोच्चले श्रेष्ठलाई थुनामै राखी मुद्दाको तहकिकात (प्रमाण जुटाउने) अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएकाले तहकिकात गर्नुपर्ने भए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा छाडी वा तारिखमा राखी मुद्दाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंका नाममा परमादेश जारी गरेको हो । सञ्चारमाध्यमका सञ्चार सामग्री जफत नगरिने संवैधानिक प्रावधान रहेकाले प्रहरील...
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ: सभामुख अर्याल

कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ: सभामुख अर्याल

नेपाल । सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालले समय, प्रविधि, सामाजिक आवश्यकता कानुन बनाईनु पर्ने बताउनु भएकाे छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित संहिता दिवस, २०८३ का अवसरमा आयाेजित समाराेहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नागरिकका बदलिँदा अपेक्षाअनुसार कानुनलाई समयानुकूल परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हाे । कानुन निर्माणसँगै त्यसको कार्यान्वयनको अवस्था अध्ययन, समीक्षा तथा आवश्यक सुधारका लागि सरकारलाई मार्गदर्शन गर्ने र संसदीय निगरानी गर्ने जिम्मेवारी पनि सङ्घीय संसद्को रहेको सभामुख अर्यालले बताउनुभयो। उहाँले सङ्घीय संसद् कानुन निर्माण गर्ने थलो मात्र नभई कानुनको प्रभावकारिता र कार्यान्वयनको समीक्षा गर्ने तथा नागरिकका आवश्यकता र आकाङ्क्षाअनुरूप कानुनमा आवश्यक सुधार गर्ने प्रमुख संस्था भएको उल्लेख गर्नुभयो। “कानुन निर्मा...