२९ श्रावण २०८३, शुक्रबार

आरजूलाई हङकङमै छाडेर देउवा एक्लै स्वदेश फर्किए

कोलोराडोखबर संवाददाता , August 14th, 2026

नेपाल । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् ।

गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यसपछि उनी हङकङ गएका थिए ।

उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको थियो । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौँ आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

श्रीमती आरजूलाई हङकङमै छाडेर देउवा एक्लै स्वदेश फर्किएका हुन

प्रतिक्रिया दिनुहोस्