१४ जेष्ठ २०८३, बिहीबार

रवि लामिछाने कारागारबाट निस्कनु मानवअधिकार मात्रै उल्लंघन नभई फौजदारी अपराधः आयोग

कोलोराडोखबर संवाददाता , May 28th, 2026

नेपाल । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट निस्कनुलाई मानवअधिकार मात्रै उल्लंघन नभई फौजदारी अपराध भएको उल्लेख गरेको छ।

‘उनी कारागारबाट निस्किएको सो कार्य मानव अधिकारको हनन मात्र नभइ कारागार ऐन २०७९ को दफा ४९ मा उल्लेखित फौजदारी अपराध समेत भएको’, आयोगको प्रतिवेदनमा उल्लेख छ।

लामिछाने बाहिर निस्कनुमा को–कसको कस्तो संलग्नता थियो भन्ने सम्बन्धमा नक्खु कारारागका जेलर सत्यराज जोशी, रास्वपाका नेता मनिष झा र हरि ढकालसमेतलाई शंकाको दायरामा राखी सुक्ष्म अनुसन्धान गर्न आयोजले सिफारिस गरेको छ ।

यता, राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित ३ जनालाई दोषी करार गरेको छ।

आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन संचार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न सिफारिस गरेको हो।

मंगलबार बसेको निर्णय बुधबार सार्वजनिक गर्दै आयोगले उनीहरुले कानुन बमोजिम पूरा गर्नुपर्ने दायित्व पूरा नगरी उदासीन बसेका कारण मानव अधिकारको उल्लंघन भएको जिकिर गरेको हो।

काठमाडौं स् राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित ३ जनालाई दोषी करार गरेको छ।

आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन संचार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न सिफारिस गरेको हो।

मंगलबार बसेको निर्णय बुधबार सार्वजनिक गर्दै आयोगले उनीहरुले कानुन बमोजिम पूरा गर्नुपर्ने दायित्व पूरा नगरी उदासीन बसेका कारण मानव अधिकारको उल्लंघन भएको जिकिर गरेको हो।

उनीहरुलाई संविधानको धारा २४९ को उपधारा २ ९ग० बमोजिम कारबाही गर्न आयोगको सिफारिस छ। जसमा मानवअधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध मुद्दा चलाउनुपर्ने आवश्यकता भएमा कानुन बमोजिम अदालतमा मुद्दा दायर गर्न सिफारिस गर्ने उल्लेख छ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोयले जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन आगजनी हुनुमा नेपाली सेनाको पनि कमजोरी रहेको देखाएको छ ।

जेनजी आन्दोलनबारे आयोगले गरेको अध्ययन प्रतिवेदनमा ती संरचना जोगाउन नसकेकोले अब राष्ट्रिय सम्पत्ति जोगाउने कर्तव्य ख्याल गर्न प्रधानसेनापतिलाई भनेको हो।

सिंहदरबारको सुरक्षाको लागि सिंहदरबारभित्र रहेको सेनाको गणका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतल निवासका सेनाको तत्कालीन कमाण्डरलाई सचेत गराउन आयोगले सरकारलाई ध्यानाकर्षण गरेको छ।

आयोगले अनुसन्धान गर्नुपर्ने भनेर उल्लेख गरेका नामहरुः
गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिश झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, आशिका तामाङ्ग, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमाल, हरि ढकाल, निश्चल वस्नेत, सुशिला कार्की, ओम प्रकाश अर्याल, गौरी बहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाई, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर बिद्रोही, वुद्ध छिरिङ्ग, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरब बराल, हिमानी राज्य लक्ष्मी सिंह, निशान मैनाली

कारवाही गर्न सिफारिस सांसदहरुः
पुरुषोत्तम यादव
गणेश कार्की,
सुलभ खरेल,
बब्लु गुप्ता,
कृष्ण कार्की,
डा. तोषिमा कार्की,
राजीव खत्री,
केपी खनाल,
दीपक बोहरा,
मनिष झा,
ज्वाला संगौला,
सुधन गुरुङ,
आशिका तामाङ,
शोम शर्मा
हरि ढकाल

प्रतिक्रिया दिनुहोस्