१५ जेष्ठ २०८३, शुक्रबार

परराष्ट्र मन्त्रालयद्वारा राजदूत नियुक्तिका लागि आवेदन माग

कोलोराडोखबर संवाददाता , May 29th, 2026

नेपाल । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि आवेदन माग गरेको छ ।

आवेदन माग गरेर प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्न लागिएको यो पहिलो पटक हो । मन्त्रालयले योग्य र इच्छुकहरूले जुन ५ अर्थात् जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

राजदूतका लागि ३५ वर्ष पूरा भएको नेपाली नागारिक, न्यूनतम योग्यता स्नातक भएको, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायीरअस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेकोलगायत १५ बुँदे योग्यता तोकिएको छ ।

नेपालका विदेशस्थित ४४ नियोगमध्ये हाल १७ पद खाली छन् । कतिपय राजदूतको कार्यकाल सकिन लागेकाले केही महिनाभित्रै यो सङ्ख्या बढ्न सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्