नेपाल । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रधानमन्त्री वालेन्द्र साहले दिएको पछिल्लो अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसलाई ‘राष्ट्रघाती’ र ‘देशद्रोही’ को संज्ञा दिएका छन् ।
बुधबार राजधानीमा आयोजित पार्टीको कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
प्रधानमन्त्रीले संसद्मा विना कुनै पूर्वकार्यतालिका अचानक उपस्थित भई ‘नेपालले भारतको सीमा मिचेको भनी दिएको बयानप्रति ओलीले तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् ।
अध्यक्ष ओलीले द्विपक्षीय सीमा समस्या समाधानका लागि तेस्रो मुलुक (बेलायत) लाई संलग्न गराउने प्रधानमन्त्रीको प्रस्तावलाई समेत अदूरदर्शी र अकुटनीतिक कदमको रूपमा व्याख्या गरे।
नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितका विषयहरू कुनै व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै ओलीले स्थापित नीतिहरूलाई भवितव्यले पदमा पुगेका व्यक्तिले मनलाग्दी ढङ्गले चलाउन नमिल्ने चेतावनी दिए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्