२२ जेष्ठ २०८३, शुक्रबार

राप्रपाका महामन्त्री राणासहित १८३ नेता-कार्यकर्ताले पार्टी छाडे, नयाँ पार्टी गठन गर्ने

कोलोराडोखबर संवाददाता , June 5th, 2026

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्।

बिहीबार एक वक्तव्य जारी गरी महामन्त्री राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

बिहीबार पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको बताइएको छ। वक्तव्यमा विशेषागरी राजसंस्था पुनःस्थापनाका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भएको आरोप लगाइएको छ।

मूल नेतृत्वको हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेकाले आफूहरूले पार्टी छाड्नुपरेको वक्तव्यमा जनाइएको छ।

जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकतामा नपरेको र नेता कार्यकर्ता माथि निरंकुश शैलीमा कारवाही भएकोप्रति पनि उनीहरूले असन्तुष्टि जाएका छन् ।

उनले नयाँ पार्टी गठन गर्ने घोषणा पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्