२६ जेष्ठ २०८३, मंगलवार

अर्थमन्त्री स्वर्णिम वाग्लेले राज्यद्रोह गरेको ज्ञानेन्द्र शाहीको आरोप

कोलोराडोखबर संवाददाता , June 9th, 2026

नेपाल । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका छन् ।

संसद्‍मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थ मन्त्रालयले नयाँ रूपमा विधेयक अगाडि ल्याएको भन्दै उनले अर्थमन्त्री वाग्लेले राज्यद्रोह गरेको आरोप लगाएका हुन् । उनले संसदीय समिति बनाएर उनीमाथि छानबिन गर्न माग गरे ।

मन्त्रालयबाट सूचना चुहावट भएर ७५३ वटा गाडी केरला नाकाबाट भित्रिएको भन्दै उनले अर्थमन्त्री वाग्लेको कडा आलोचना गरे।

प्रतिक्रिया दिनुहोस्