१० भाद्र २०८३, बुधबार

राजनीति/समाज

३१ वर्ष पछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

३१ वर्ष पछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

नेपाल । विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ। मन्त्रिपरिषद्को जेठ २९ गते शुक्रबार बसेको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शीरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने गर्ने निर्णय गरेको हो। साथै, सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख (लगत) राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। मन्त्रिपरिषद् बैठकले यी दुवै निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ। मन्त्रिपरिषद्को यस निर्णय...
काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु, १६ घाइतेको उपचार हुँदै

काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु, १६ घाइतेको उपचार हुँदै

नेपाल । काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए । दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको उनले बताए । नमोबुद्ध नगरपालिका–२ मा दुर्घटनामा परेको उक्त बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ । अरनिको यातायातको उक्त बसमा २५–३० जना सवार रहेको अनुमान गरिएको छ ।...
परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीनको औपचारिक भ्रमणमा जानु हुने

परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीनको औपचारिक भ्रमणमा जानु हुने

नेपाल । परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ । जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ ३१ गतेदेखि असार ३ गते (जुन १४ देखि १७) सम्म चार दिनका लागि औपचारिक भ्रमणमा जाने गरी मिति तय भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यसूची रहेको छ । नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई थप प्रगाढ बढाउने उद्देश्यसहित पारस्परिक हितका विषयमा छलफल हुने मन्त्रालयले शुक्रबार जारी वक्तव्यमा उल्लेख छ । सो क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय प्रतिष्ठित व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । साथै नेपालमा विदेशी लगानी ...
कांग्रेसका पाँच लाख ३८ हजार क्रियाशील सदस्यता अद्यावधिक, डेढ लाख प्रक्रियामा

कांग्रेसका पाँच लाख ३८ हजार क्रियाशील सदस्यता अद्यावधिक, डेढ लाख प्रक्रियामा

नेपाल । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानमा देशभर उत्साहजनक सहभागिता रहेको जनाएको छ। पार्टीले बिहीबार राति १२ बजेसम्म पाँच लाख ३८ हजार ६२२ जना क्रियाशील सदस्यले एनसीआईडी प्राप्त गरिसकेको र एक लाख ४९ हजार ३०९ जनाको अद्यावधिक प्रक्रिया जारी रहेको जानकारी दिएको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिकका लागि योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यमध्ये उक्त सङ्ख्याका सदस्यले वडा सभापतिमार्फत एनसीआईडी प्राप्त गरेका हुन् । साथै, एक लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेश गरी वडा सभापतिमार्फत प्रमाणीकरणको प्रक्रियामा रहेका छन् । कांग्रेसले इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यला...
भूमिहीन नागरिकलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा प्रदान गर्न तयारी

भूमिहीन नागरिकलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा प्रदान गर्न तयारी

नेपाल । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा प्रदान गर्न तयारी तीव्र पारेको छ। सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माणको तयारी भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमाका साथै बालबालिकाहरूका लागि बाल शैक्षिक योजनाको समेत सुविधा उपलब्ध गराउने योजना बनाएको छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा क...
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको शिष्टाचार भेटवार्ता

नेपाल । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा सभामुख अर्यालले सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता, रूपान्तरण, पारदर्शिता, सुशासन तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जनताको सुशासन र तीव्र आर्थिक विकासप्रतिको अपेक्षाअनुरूप कानून निर्माण, प्रभावकारी कार्यकारी निगरानी, रचनात्मक संसदीय बहस तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा प्रतिनिधि सभा दृढतापूर्वक लागिरहेको धारणा व्यक्त गर्नुभयो । सभामुख अर्यालले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि पारस्परिक सम्मान, विकास सहयोग तथा जनस्तरीय सम्बन्धमा आधारित घनिष्ठ, सौहा...
माइतीघर मण्डलामा धर्नामा बसेकाहरुसँग गृहमन्त्रीले भेटे

माइतीघर मण्डलामा धर्नामा बसेकाहरुसँग गृहमन्त्रीले भेटे

नेपाल । गृहमन्त्री सुधन गुरुङले विभिन्न माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेका नागरिकलाई भेट्नुभएको छ । बिहीवार सचिवालयका कर्मचारीसहित उहाँले धर्नामा बसेकालाई भेट्नुभएको हो । उहाँले आन्दोलनरतको विवरण संकलन गर्नुका साथै उनीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । हाल माइतीघरमा जबरजस्ती करणीका पीडितहरू धर्नामा छन् । त्यसैगरी चुरे संरक्षण लगायतका अभियान्तासमेत आन्दोलनरत छन् ।...
पूर्वप्रधानमन्त्रीहरुसँग संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा छलफल

पूर्वप्रधानमन्त्रीहरुसँग संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा छलफल

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले बिहीबार पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ । सुझाव सङ्कलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेको थियो । सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो ।...
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित

नेपाल । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले सीमासम्बन्धी दिनुभएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ (सीमापार उपयोग) सँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै मन्त्री खनालले नेपाल–भारत सीमाका विभिन्न स्थानमा ‘क्रस बोर्डर अकुपेसन’ सम्बन्धी विवाद रहेको बताउनुभयो । उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्रमार्फत नक्साङ्कन (म्यापिङ) को काम गरिरहेको समेत जानकारी दिनुभयो । सीमासम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाइ थियो । सीमा क्षेत्रमा दुवै पक्षले आ–आफ्नो उपभोगमा रहेको भूभागमाथि दाबी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसद्‍मा व्यक्त गर्नुभएको भनाइ पनि यही प्राविधिक यथार्थ र ‘क्रस बोर्डर अकुपेसन’ को सन्दर्भसँग सम्बन्धित रहेको उहाँले दोहोऱ्याउनुभयो । परराष्ट्र...
राम्रा काममा साथ रहने तर देशको ‘भूमि’का विषयमा अस्पष्ट जवाफ दिने प्रवृत्ति गलत

राम्रा काममा साथ रहने तर देशको ‘भूमि’का विषयमा अस्पष्ट जवाफ दिने प्रवृत्ति गलत

नेपाल । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यसलाई फिर्ता ल्याउने विषयमा नेपाल सरकारको स्पष्ट धारणा आउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते संसद्‍मा प्रश्नोत्तरका क्रममा राखेको धारणाबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट पारेपछि नेता आङदेङम्बेले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने बताउनुभयो । आङदेङम्बेले सरकारले गरेका राम्रा काममा विपक्षीको साथ रहने तर देशको भूमिका विषयमा अस्पष्ट जवाफ दिने प्रवृत्ति गलत भएको बताउनुभयो । कांग्रेसले राष्ट्रिय स्वाभिमान र सङ्कटका समयमा पार्टीको लाभ हानी नहेरी देशको लाभ हानी हेरेर निर्णय गर्दै आएको स्मरण गर्दै अहिले सरकारका सवालमा पनि त्यही नीति लागु हुने स्पष्ट गर्नुभयो ।...