२८ जेष्ठ २०८३, बिहीबार

परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने

कोलोराडोखबर संवाददाता , June 11th, 2026

नेपाल । भारतपछि परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

छिमेकी सम्बन्धको आयामलाई थप बलियो र सन्तुलित बनाउने उद्देश्यसहित उहाँ चीनको औपचारिक भ्रमणमा जानुहुने भएको हो । त्यसका लागि परराष्ट्र मन्त्रालयले आन्तरिक तयारी गरिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको आधिकारिक मिति भने मन्त्रालयले तय गरेर पछि सार्वजनिक गरिने छ । मन्त्री खनाल भर्खरै मात्र भारत भ्रमण गरेर फर्कनुभएको हो ।

बुधबार मन्त्रालयले आयोजना गरेको विशेष अन्तरक्रियामा खनालले परराष्ट्र मन्त्रालयको आन्तरिक तथा बाह्य मामिला सुधारका लागि गृहकार्य गरिरहेको बताउनुभयो । उहाँका अनुसार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाइने छ । विदेशी कूटनीतिज्ञका लागि लुम्बिनी फेलोसिप कार्यक्रममार्फत नेपालमा आबद्ध गरिने छ ।

त्यस्तै भू–रणनीतिक सम्मेलन आयोजना गर्दै विगतको सगरमाथा संवाद र प्रोफेसर यदुनाथ खनाल प्रवचन कार्यक्रमलाई निरन्तरता दिइने छ । आफ्नो भारत भ्रमण प्रभावकारी र उपलब्धिमूलक भएको उल्लेख गर्दै उहाँले सबै विषयमा घनिभूत छलफल भएको अवगत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्