९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

रवि लामिछानेलाई वीरगञ्जबाट पुनः पोखरा लगिंदै

रवि लामिछानेलाई वीरगञ्जबाट पुनः पोखरा लगिंदै

नेपाल । रास्वपा सभापति रवि लामिछानेलाई पर्साको वीरगञ्जबाट बुधबार पुनः कास्कीको पोखरा लगिंदैछ । यसैबीच सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई सातौँपटक अदालतमा उपस्थित गराइँदै छ । सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउनु पर्ने भएकाले बुधबार नै वीरगञ्जबाट पोखरा लैजान लागिएको हो । पर्सामा लामिछानको मंगलबार बयान सकिएको छ । लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।...
भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको छः प्रचण्ड

भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको छः प्रचण्ड

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धु टी– इस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाएका छन् । मंगलवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरिबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको बताए । ...
युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गरौंः गगन

युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गरौंः गगन

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । ७६औँँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पलायन रोक्न देशमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन् । एक आर्थिक वर्षमा कति राजस्व सङ्कलन भयो भनेर मापन गरिए जस्तै वर्षमा कति रोजगारी सिर्जना भयो भनेर पनि मापन गरिनुपर्ने उनले बताए ।...
एमालेको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र उपनिर्वाचनको समीक्षा

एमालेको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र उपनिर्वाचनको समीक्षा

नेपाल । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्षसहित धन्यवाद ज्ञापन गरेको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैँमा सफलता भएको निष्कर्ष निकालेको हो । बैठकले मंसिर १६ गते भएको उपनिर्वाचनको समीक्षासमेत गरेको छ । जसमा समग्रमा विगतको भन्दा धेरै सिट जिते पनि कुनै पनि पार्टीले जनताको मत आफ्नो साथमा राख्न नसकेकोमा समीक्षा भएको छ । शहरी क्षेत्रमा जनमत सोचेको जस्तो नआएको बारेमा पनि छलफल गरिएको र आगामी दिनमा जनमत जोड्दै जानेबारेमा निष्कर्ष निकालेको छ ।...
जनताले गरेको भरोसा र दिएको मतको रक्षा गर्न सकेनौंः प्रचण्ड

जनताले गरेको भरोसा र दिएको मतको रक्षा गर्न सकेनौंः प्रचण्ड

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमाथि जनताले गरेको भरोसा र दिएको मतको रक्षा गर्न नसक्दा कार्यकर्ता र कर्मचारीहरुमा असन्तुष्टि बढ्दै गएको स्वीकारेका छन् । सोमवार नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । जनताको विश्वासअनुसार पार्टीलाई एकताबद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसकेका कारण जनता र कार्यकर्तामा असन्तुष्टि बढेको बताए ।...
खुलेआम असन्तुष्टि पोखेर गाईजात्रा नगर्न शेखर कोइरालालाई नेताहरुको सुझाव

खुलेआम असन्तुष्टि पोखेर गाईजात्रा नगर्न शेखर कोइरालालाई नेताहरुको सुझाव

नेपाल । नेपाली काँग्रेसका नेताहरुले पार्टीभित्रको असन्तुष्टि पार्टीभित्रै राख्न सुझाव दिएका छन् । कांग्रेसका नेता डा शेखर कोइरालालाई केही असन्तुष्टि भए पार्टीभित्रै राख्न सुझाव दिइएको हो । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकमा बोल्ने नेताहरुले पार्टीभित्रको असन्तुष्टि पार्टीभित्रै राख्न सुझाव दिएका हुन् । उनीहरुले खुलेआम असन्तुष्टि पोखेर गाईजात्रा नगर्न पनि चेतावनी दिएका हुन् ।...
रविलाई कास्कीबाट काठमाडौं हुँदै वीरगञ्ज पुर्याइयो

रविलाई कास्कीबाट काठमाडौं हुँदै वीरगञ्ज पुर्याइयो

नेपाल । रास्वपा सभापति रवि लामिछानेलाई कास्कीबाट काठमाडौं हुँदै पर्साको वीरगञ्ज लगिएको छ । रविलाई काठमाडौंबाट विमानमा सिमरा पुर्याउँदा समर्थकहरुले चर्को नाराबाजी गरे ‌। वीरगञ्ज प्रहरी कार्यालयमै चिकित्सक बोलाएर रविको स्वास्थ्य परीक्षण गराइएको छ । चिकित्सकले रविको ब्लड प्रेसर उच्च देखिएको बताएका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई कात्तिक २ गते पक्राउ गरिएको थियो ।...
पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सर्वोच्चबाट सदर

पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सर्वोच्चबाट सदर

नेपाल । सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर गर्न आदेश दिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले कानुनबमोजिम गर्न आदेश जारी गरेको हो । १० मंसिरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । अधिकारीलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने त्रिपाठीको माग थियो । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । उनले असम्बन्धित व्यक्तिलाई आफूसँगै कार्यक्रममा लगेको आरोप लागेको थियो ।...
रवि लामिछाने थप ४ दिन हिरासतमा !

रवि लामिछाने थप ४ दिन हिरासतमा !

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपिएको छ। आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सरकारी गठी प्रकरणमा रवि कात्तिक २ गते पक्राउ परेका हुन् ।...
बीआरआई परियोजनामा सम्झौता गर्नु सुखद्ः झलनाथ

बीआरआई परियोजनामा सम्झौता गर्नु सुखद्ः झलनाथ

नेपाल । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेशफिर्ता हुनुभएको छ । नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बीआरआई) सम्झौता गर्नु नै थियो भने यति धेरै नाटक किन गरेको भन्दै सरकारलाई प्रश्नसमेत गर्नुभएको छ । खनालले नेपालको तयारी नपुगेपनि अन्तिममा बीआरआई परियोजनामा सम्झौता गर्नु सुखद् रहेको बताउनुभयो ।...