९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

कांग्रेस र एमालेको सरकार ढल्दैन, ढुक्क हुनूः मन्त्री गुरुङ

कांग्रेस र एमालेको सरकार ढल्दैन, ढुक्क हुनूः मन्त्री गुरुङ

नेपाल । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक संकटमा पर्दा नेपालका ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस सधैँ एकजुट भएर निकास दिँदै आएको बताएका छन् । लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटस्थित वीरभक्ति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव तथा ५१औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले मन्त्रीहरू फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरन्छ भने ।...
नेकपा एसका केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर

नेकपा एसका केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर

नेपाल । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको केन्द्रीय नेताहरूको जिम्मेवारी टुंग्याएको छ। मंसिर २६ गतेदेखि सुरू भएको बैठकले मंगलबार सचिवालय गठनसँगै नेताहरूको कार्य विभाजनको टुंगो लगाएको हो । मंगलबार गठन गरेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष माघवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव र सचिव गरी २४ जनाको रहने छ । त्यस्तैगरी महासचिवको नेतृत्वमा उपमहासचिवहरू सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । साथै विभागीय प्रमुख उपप्रमुख र प्रदेश इन्चार्जको समेत टुंगो लगाएको छ । पार्टीको संगठन विभाग प्रमुखमा उपाध्यक्ष वेदुराम भुसाल, पार्टी अनुगमन विभाग प्रमुखमा महासचिव घनश्याम भूसाल, प्रचार विभाग प्रमुखमा प्रकाश ज्वाला, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, स्कुल विभाग प्रमुखमा झलनाथ खनाल, संघीय मामला प्रमुख जगन्नाथ खतिवडा, आर्थिक विभाग प्रमुख सोम ...
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पुस ५ मा सरकारी वकिल कार्यालयले उहाँविरुद्ध अदालतमा अभियोजन गर्दैछ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उहाँलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उहाँविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । लामिछाने कार्तिक २ गते वनस्थलीबाट पक्राउ पर्नुभएको थियो । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछानेसहित ५ जना थुनामा छन् ।...
नेकपा एसको २४ सदस्यीय केन्द्रीय सचिवालय गठन

नेकपा एसको २४ सदस्यीय केन्द्रीय सचिवालय गठन

नेपाल । नेकपा (एकीकृत समाजवादी) ले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । पार्टीको तेस्रो स्थायी कमिटी बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको हो । मंसिर २६ गतेदेखी सुरु भएको बैठक सोमबार सम्पन्न भएको हो । सचिवालयमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँकाअनुसार, सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित गरेर २४ जना हुनेछन् । जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. बेदुराम भुसाल र प्रमेशकुमार हमाल, वरिष्ठ नेताहरू घनेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, धर्मनाथप्रसाद साह, उपाध्यक्षहरू जयन्तीदेवी राई, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, उपमहासचिव राजेन्द्रकुमार राई, ग...
काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन

काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन

नेपाल । काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ । पूर्वजनसंख्यामन्त्री समेत रहेका सिंहको सोमबार निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनी गणेशमान सिंहका धर्मपुत्र हुन् ,उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए । उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।...
प्रहरीले बुझायो रविविरुद्धको अनुसन्धान प्रतिवेदन

प्रहरीले बुझायो रविविरुद्धको अनुसन्धान प्रतिवेदन

नेपाल । सहकारी ठगी प्रकरणमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमवार जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेबिरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको हो । प्रहरीले सहकारी ठगी प्रकरणमा प्राप्त तथ्यलाई केलाउँदै लामिछानेबिरुद्ध तीन वटा मुद्दा चलाउन सिफारिश गरेको छ ।...
वडाकेन्द्रित अभियान सञ्चालन गर्ने नेकपा एमालेको निर्णय

वडाकेन्द्रित अभियान सञ्चालन गर्ने नेकपा एमालेको निर्णय

नेपाल । नेकपा एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुईदिने राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिहरूसहित ३ सय जनाको सहभागितामा सम्पन्न राष्ट्रिय भेलाले विभिन्न ६ बुँदे घोषणापत्र जारी गरेको छ । राष्ट्रिय कार्यशालाले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि माघदेखि चैतसम्म तीनमहिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प गरेको छ । आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने सङ्कल्प कार्यशालाले गरेको छ । कार्यशालाले २०८२ सालको पार्टी सदस्यता नवीकरण २०८१ को चैतभित्र विधिसम्मत र प्रक्रिया सम्मत ढङ्गले सम्पन्न गर्ने सङ्कल्प गरेको छ । यसै वर्षभित्र सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइन...
रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा दर्ताको तयारी

रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा दर्ताको तयारी

नेपाल । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपलचनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध प्रहरीले मुद्दा दर्ताको तयारी गरेको छ । अनुसन्धान पूरा गरेको छ। रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ र जीबी राईनिकट लिला पछाइँसहित ५ जनाविरुद्धको अनुसन्धान पूरा गरी मंगलबारसम्म रायसहितको प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको हो । उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजनका लागि सिफारिस गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीको तयारी छ । आगामी ६ पुससम्म मुद्दा अदालतमा पुर्‍याउनुपर्ने भएकाले मंगलबारसम्म प्रहरीले अनुसन्धान प्रतिवेदन दिए त्यसैका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन लैजाने छ । लामिछाने कात्तिक २ गतेदेखि हिरासतमा छन् । ...
संसद दिवसको अवसरमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा लोबुचे हिमाल आरोहण

संसद दिवसको अवसरमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा लोबुचे हिमाल आरोहण

नेपाल । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गरेका छन् । संसद् दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका हुन् । मङ्सिर २८ गते शुक्रबार बिहान पौने ७ बजे महामन्त्री शर्मासँगै ५ जना युवाले पनि हिमाल सफल आरोहण गरेका छन् । हिमाल आरोहणको सन्देश जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमालहरूमा पुर्‍याएको असरबारे अध्ययन गरी संसद्, सरकार र विश्वको ध्यानाकर्षण गराउनु रहेको महामन्त्री शर्माले बताए । ...
काँग्रेसद्वारा भ्रातृ संगठनहरुको महाधिवेशन गराउन केन्द्रीय निर्देशन समिति गठन

काँग्रेसद्वारा भ्रातृ संगठनहरुको महाधिवेशन गराउन केन्द्रीय निर्देशन समिति गठन

नेपाल । नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरुको महाधिवेशन गराउन महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम पार्टीका भ्रातृ संस्थाको महाधिवेशनका लागि समन्वय र सहयोग गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका हुन् । कांग्रेसका सबै भ्रातृ संगठन तदर्थ छन् । कुन समितिमा को ? नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति १. सहमहामन्त्री जीवन परियार — संयोजक २. केन्द्रीय सदस्य लक्ष्मी परियार — सदस्य ३. केन्द्रीय सदस्य शान्ति परियार वि.क. — सदस्य नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति (संशोधन गरिएको) १. प्रवक्ता डा. प्रकाशशरण महत — संयोजक २. केन्द्रीय सदस्य पुष्पा भुसाल — सदस्य ३. केन्द्रीय सदस्य रुक्मिणी कोइराला — सदस्य नेपाल किसान महासंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति ...