२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

रबीन्द्र मिश्र र धवल शम्सेर थप ६ दिन थुनामै

रबीन्द्र मिश्र र धवल शम्सेर थप ६ दिन थुनामै

नेपाल । राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएको थियो । उनीहरूलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको अदालत जानकारी दिएको छ । आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो । उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई आज दोस्रो पटक म्याद थप गर्न लगिएको हो । म्याद थप गर्न लैजान लागिएकाहरूमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणासहितका व्यक्तिहरू छन् । मंगलबार मात्रै थप १८ जनालाई पक्राउ गरेर म्याद थप गरिएको थियो ।...
तीनकुनेमा ज्यान गुमाएका २ युवाका परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ सहयोग दिने

तीनकुनेमा ज्यान गुमाएका २ युवाका परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ सहयोग दिने

नेपाल । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्याउन गुमाउने २ युवाका परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ सहयोग दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । चैत १५ गते शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए । रिपोर्टिङका क्रममा तीनकुनेमा एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर सुरेशको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टमा जलेर मृत्यु भएको देखिएको छ । त्यस्तै काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको हो । ...
देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको शंकर पोखरेलको आरोप

देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको शंकर पोखरेलको आरोप

नेपाल । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता निम्त्याएको आरोप लगाएका छन् । एमाले सुनसरी जिल्ला कमिटीले इटहरीमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले जनतामा भ्रम छर्दै देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको आरोप लगाएका हुन् । महासचिव पोखरेलले चैत १५ गते घटेको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने र उनी नै मुख्य जिम्मेवार भएको तर्क गरे। ...
सांसद पद निलम्बन फुकुवाका लागि सभामुख घिमिरेसँग रविको आग्रह

सांसद पद निलम्बन फुकुवाका लागि सभामुख घिमिरेसँग रविको आग्रह

नेपाल । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । मंगलबार पार्टीका अन्य नेताहरू सहित सभामुखको कार्यालय सिंहदरबार पुगी लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका हुन् । १ महिना अघि पनि रास्वपाले सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।...
थाइल्यान्ड पुगे प्रधानमन्त्री केपी शर्मा ओली

थाइल्यान्ड पुगे प्रधानमन्त्री केपी शर्मा ओली

अमेरका । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार थाइल्यान्डको राजधानी बैंकक पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६ः१५ बजे बैंकक पुगेका हुन । उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भइरहेको हो । प्रधानमन्त्री ओल...
के हुँदैछ कुलमान र हितेन्द्रदेवको मुद्दा ?

के हुँदैछ कुलमान र हितेन्द्रदेवको मुद्दा ?

नेपाल । मगलबार सुनवाइ नसकिए पछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा हेर्दा हेर्दैमा राखिएको छ । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई भएको थियो । तर सुनुवाई पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको जनाइएको छ । पटक पटक पेशी सर्दै आएको कुलमान र हितेन्द्रदेवको रिटलाई आज भने विशेष प्राथमिकता दिई सुनुवाई गरिएको थियो ।...
भारतको काम नेपाललाई अस्थिर, कमजोर पार्ने र फाइदा लिने होः महासचिव भुसाल

भारतको काम नेपाललाई अस्थिर, कमजोर पार्ने र फाइदा लिने होः महासचिव भुसाल

नेपाल । नेकपा (एस) का महासचिव घनश्याम भूसालले भारतको काम नेपाललाई अस्थिर, कमजोर पार्ने र फाइदा लिने भएको बताउनु भएको छ । उहाँले राजतन्त्र, गणतन्त्र जुन व्यवस्थामा पनि भारतको नीति त्यही रहेको बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) मोरङको नवौँ जिल्ला अधिवेशनलाई मंगलवार विराटनगरमा सम्बोधन गर्दै भूसालले यस्तो बताउनु भएको हो । पछिल्लो समय जनताको मनोविज्ञान बदलिएको बताउनु भएको छ । पछिल्लो समय जनताको मनोविज्ञान बदलिएको बताउँदै राजावादीहरू अलि संगठित र उद्दण्ड रूपले प्रस्तुत हुनु गम्भीर कुरा भएको स्पष्ट पार्नुभयो । पश्चगामी तत्त्वहरूले सार्वजनिक सम्पत्ति, मिडियामाथि आक्रमण गर्न थालेको बताउँदै उहाँले यो सामान्य कुरा नभएको बताउनुभयो ।...
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद दीपक बोहराको निधन भएको छ । पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री समेत रहेका उनको उपचारका क्रममा ओम अस्पतालमा निधन भएको हो । बोहरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुन्। कोरोना भएपछि उनी बिरामी पर्दै आएका थिए । महामारीको दोस्रो लहर चलेका बेला २०७० जेठमा उनलाई कोरोना संक्रमण भएको थियो। ‘पोस्ट कोभिड’ का कारण उनको घाँटीमा क्यान्सर भएको थियो । उनी लामो समयदेखि बोल्न सक्दैन थिए ।...
हिउँदे अधिवेशन अन्त्य, नौ वटा कानुन पारित र प्रमाणीकरणको प्रक्रिया पूरा

हिउँदे अधिवेशन अन्त्य, नौ वटा कानुन पारित र प्रमाणीकरणको प्रक्रिया पूरा

नेपाल । ६१ दिन चलेको संघीय संसद्को हिउँदे अधिवेशनबाट नौ वटा कानुन पारित र प्रमाणीकरणको प्रक्रिया पूरा भएको छ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विधायिकी कार्यमा अघिल्लो पटकको तुलनामा सफल भए पनि अपेक्षित भने हुन सकेन । संसद्को अघिल्लो हिउँदे अधिवेशनमा तीन वटा मात्र विधेयक पारित भएका थिए । सङ्ख्यात्मक हिसाबले यो पटक केही सुधार भएको हो । अधिवेशन प्रारम्भबाटै अध्यादेशको विषयले राजनीतिक विवाद लिएको थियो । अधिवेशन अन्त्यअघिका लगातारका चार बैठक पनि अवरुद्ध भए । यो अधिवेशनले २०७६ सालदेखि विचाराधीन भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित गरेको छ । चालु अधिवेशनमा दर्ता भएका अध्यादेश प्रतिस्थापनबाहेकका अन्य विधेयक पारित भएनन् । सङ्घीयता कार्यान्वयनका दृष्टिले महत्वपूर्ण मानिएका विधेयक चालु अधिवेशनबाट पनि पारित भएनन् । विद्यालय शिक्षा, सङ्घीय निजामती सेवा, नेपाल प्रहरी तथा सशस्त्र प्रह...
सहरी विकास मन्त्रालयबाटै कीर्तिपुर क्रिकेट मैदान निर्माण कार्यको निरीक्षण

सहरी विकास मन्त्रालयबाटै कीर्तिपुर क्रिकेट मैदान निर्माण कार्यको निरीक्षण

नेपाल । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गर्नुभएको छ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब दैनिक नियमित निरीक्षण हुने छ। समयमै काम सक्न आठ घण्टाका दरले अहिले तीन सिफ्टमा काम भइरहेको छ। उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्ने ढङ्गले काम सक्ने व्यवस्था मिलाउन र कामको गति बढाउनु पर्नेमा जोड दिनुभएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्ने गरी काम भइरहेको र अब नियमित रूपम...