२१ बैशाख २०८३, सोमबार

दुर्गा प्रसाईं २८ लाख धरौटीमा रिहा

कोलोराडोखबर संवाददाता , August 5th, 2025

नेपाल । उच्च अदालत पाटनको धरौटीमा छाड्ने आदेश अनुसार मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागारबाट सोमबार राति पौने ११ बजे रिहा भएका छन् ।

डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई ढिला गरी रिहा गरेको हो । उच्च अदालत पाटनले उनलाई दुई फरकफरक मुद्दामा उनलाई २८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उच्च अदालतले बैंकिङ कसुरको मुद्दामा २५ लाख र काठमाडौँ जिल्ला अदालतको थुनामा पठाउने आदेशविरुद्धको निवेदनमा ३ लाख धरौटी माग गरेको थियो ।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रसाईंमाथि आपराधिक उपद्रव, संगठित अपराधमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । यस्तै उनीविरुद्ध बैंकिङ कसुरमा समेत मुद्दा थियो ।

प्रतिक्रिया दिनुहोस्