२१ बैशाख २०८३, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्यराति तुर्किमेनिस्तान प्रस्थान

कोलोराडोखबर संवाददाता , August 4th, 2025

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्यराति तुर्किमेनिस्तान प्रस्थान गर्नुभएको छ ।

तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्