१९ बैशाख २०८३, शनिबार

राजनीति/समाज

इतिहास भइसकेको राजालाई ब्युँताउने कोसिस भएपनि सम्भव छैनः माधव नेपाल

इतिहास भइसकेको राजालाई ब्युँताउने कोसिस भएपनि सम्भव छैनः माधव नेपाल

नेपाल । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरूले टाउको उठाउने कोसिस गरिरहेको बताउनु भएको छ। सोमबार काठमाडौँमा पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीकको दोस्रो राष्ट्रिय महाधिवेशनको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले इतिहास भइसकेको राजालाई ब्युँताउने कोसिस भइरहेको भएपनि सम्भव नरहेको जिकिर गर्नु भएको छ। उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले के त्याग, तपस्या, योगदान गरेका छन् ? भन्दै प्रश्न गर्नुभयो । इतिहास फेरि पछाडि फर्किन नसक्ने अध्यक्ष नेपालको भनाइ छ । नेपाली समाज सामन्तवादको युगमा फर्किन नसक्ने बताउनुभयो ।...
पार्टीको सक्रिय भूमिकामा फर्किए रवि लामिछाने

पार्टीको सक्रिय भूमिकामा फर्किए रवि लामिछाने

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको सक्रिय भूमिकामा फर्किएका छन् । यसैक्रममा सोमबार पार्टी कार्यालयमा उपस्थित कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा रास्वपा राजसंस्था कि गणतन्त्रको पक्षमा उभिन्छ भन्ने प्रश्नलाई लामिछानेले प्रतिकात्मक जवाफ दिएका छन् । उनले गणतन्त्रवादी दलहरुलाई ईंगित गर्दै उनीहरुले लोकतन्त्र र गणतन्त्रको खोल मात्र ओढेको बताए । लामिछानेले भने, ‘तपाईंहरु जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ । रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ । तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँने रहर हामीलाई छैन ।’ ...
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन मंगलबार बैंककतर्फ प्रस्थान गर्ने भएका छन् । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली मंगलबारदिउँसो १३ः३० बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ । यही चैत २० गते प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण सुरु हुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भइ पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ। द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्...
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा नेवि संघका दीपक जोशी निर्वाचित

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा नेवि संघका दीपक जोशी निर्वाचित

नेपाल । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि संघका दीपकराज जोशी विजयी हुनुभएको छ । कुल खसेको तीन हजार १०८ मतमध्ये उहाँले ७८९ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गर्नुभएको थियो । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५१५ मत प्राप्त गर्नुभएको छ । सभापति बाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित हुनुभएको छ ।...
गणतन्त्रविरुद्ध भइरहेको गतिविधिमा पूर्वराजा ज्ञानेन्द्र मुख्य जिम्मेवार भएको निष्कर्ष

गणतन्त्रविरुद्ध भइरहेको गतिविधिमा पूर्वराजा ज्ञानेन्द्र मुख्य जिम्मेवार भएको निष्कर्ष

नेपाल । गणतन्त्र पक्षधर प्रमुख दलहरुले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध भइरहेको गतिविधिमा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको निष्कर्ष निकालेका छन् । व्यवस्था र संविधानका विरुद्ध गतिविधि गर्ने पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आइतबार सिंहदरबारमा भएको गणतन्त्र पक्षधर दलको बैठकमा सबै दलका नेताले पूर्वराजाकै कारण अराजक गतिविधि बढेको निष्कर्ष निकालेका हुन् । उनीहरूले त्यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले देशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै पूर्वराजाका गतिविधि कानून र संविधानविरुद्ध भइरहेको पाइएकाले प्रमुख राजनीतिक दलका तर्फबाट सुझाव दिन आग्रह गरेका थिए । दलहरुले व्यवस्था विरोधी गतिविधि गर्ने पूर्वराजासहित सबैलाई कारब...
प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी विजयी

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी विजयी

नेपाल । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएका छन् । काठमाडौंको थापागाउँमा आइतबार राति अबेर सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरले पछि पार्दै गिरी विजयी भएका हुन् । निर्वाचन समितिका प्रमुख गोविन्द आचार्यले गिरीले ३ सय ६६ मत प्राप्त गरी अध्यक्षमा विजयी बनेका पुष्टि गरे । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत पाए । महासचिवमा मनोज घर्तीमगर विजयी भएका छन् । घर्तीमगरले ३ सय ७९ मत प्राप्त गरी विजय भएका हुन् । उनका निकटतम प्रतिस्प्रर्धी दिपेन्द्र शर्माले १ सय ४८ मत प्राप्त गरे । त्यसैगरी उपमहासचिवमा ज्ञानप्रसाद पौडेल, सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव महिलामा अन्जली थापा, सचिव समावेशी...
तीनकुने क्षेत्रमा मच्चाइएको लुटपाटका घटनाको दोषीलाई तत्काल कारवाही गर्न ध्यानाकर्षण

तीनकुने क्षेत्रमा मच्चाइएको लुटपाटका घटनाको दोषीलाई तत्काल कारवाही गर्न ध्यानाकर्षण

नेपाल । नेकपा (एमाले) ले काठमाडौंको तीनकुने क्षेत्रमा भएको अराजक र आपराधिक क्रियाकलाप गर्नेलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो । एमाले महासचिव शंकर पोखरेलका अनुसार आइतबार बसेको केन्द्रीय सचिवालयको ४७ औं बैठकले सो निर्णय गरेको छ । उहाँका अनुसार बैठकले राजावादीको नाममा तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा आपराधिक समूहले देखाएको उदण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीररुपमा लिदै त्यसको निन्दा तथा भत्र्सना गरिएको छ । शान्तिपूर्ण प्रदर्शनका नाममा सवारी साधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकको घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट, हि...
पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन

पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन

नेपाल । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आइतबार राति निधन भएको छ । केही दिनअघि घरमै लड्नुभएका कोइरालालाई उपचारको लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो । पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गर्नुभएको थियो । कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उहाँले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गर्नुभएको थियो । पूर्व सांसदसमेत रहनुभएका दिवङ्गत कोइरालाको सोमबार बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बुझिएको छ ।...
रवीन्द्र मिश्र र धवलशमशेरसहित ११ जनाविरुद्ध राजद्रोहको अभियोग

रवीन्द्र मिश्र र धवलशमशेरसहित ११ जनाविरुद्ध राजद्रोहको अभियोग

नेपाल । राजावादी समूहले शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाएको आरोपमा पक्राउ परी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ११ जनाविरुद्ध राजद्रोह तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ । जिल्ला अदालत काठमाडौँले मिश्र, राणासहित ११ जनामाथि राजद्रोहको कसुर तथा अन्य ३० जनाविरुद्ध आपराधिक उपद्रव तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो  । न्यायाधीश तारादेवी महर्जनको इजलासले म्याद थप गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो । शान्तिपूर्ण भनिएको प्रदर्शन आगजनी, तोडफोड र लुटपाटमा परिणत भई हिंसात्मक बनेपछि प्रदर्शनकारीले लगाएको आगोमा परी टेलिभिजन पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । सो घटनामा न...
पूर्वराजाका नाममा भएका गतिविधिको काँग्रेस सभापति देउवाद्वारा निन्दा

पूर्वराजाका नाममा भएका गतिविधिको काँग्रेस सभापति देउवाद्वारा निन्दा

नेपाल । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताएका छन् । लुम्बिनीमा शनिबार आयोजित नेपाली लेखक संघको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनले नेपाली जनता गणतन्त्रका संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताएका हुन् । सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गरे । उनले ज्ञानेन्द्र शाहले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गरे । उनले देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहँदैमा यो व्यवस्था परिवर्तन हुँदैन भने । हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड थियो ।...