१७ बैशाख २०८३, बिहीबार

बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा पदबाट राजीनामा

कोलोराडोखबर संवाददाता , August 4th, 2025

नेपाल । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री लामाले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिनुभएको हो।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै लामाले गत वर्ष साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

संविधानले त मलाई मुख्यमन्त्रीमा अझै सुरक्षित नै गरेको थियो तर पार्टीभित्रको बृहत्तर छलफल पश्चात् राजनीतिमा विधि, पद्धति, मूल्य मान्यता स्थापित गर्नु उचित ठानेको छु । उहाँले भन्नुभयो, ‘पार्टी सभापति शेरबहादुर देउवाले दलभित्रको पछिल्लो विकसित घटनाक्रमलाई मनन गरी आपसी समझदारीमा सरकार सञ्चालन गर्ने गरी मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकोले पार्टीको एउटा इमानदार सिपाइको हैसियतले सभापतिको आग्रहलाई शिरोधार्य गर्दै आज नै मुख्यमन्त्री पदबाट राजीनामा दिएको छुँ।’

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामामाथि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब परेको थियो । मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग संसदीय दलको नेतामा पराजित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्