बागमती प्रदेश मुख्यमन्त्री इन्द्र बानियाँले २७ साउनमा विश्वासको मत लिने
नेपाल । बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी २७ साउनमा विश्वासको मत लिने तयारी गरेका छन ।
गत २० साउनमा बगमती प्रदेशको छेठौं मुख्यमन्त्रीको रूपमा नियुक्त बानियाँले २७ साउनमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने भएका हुन् ।
बानियाँले बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने भएकाले सभामुख भुवनकुमार पाठकले २७ गते दिउँसो ४ बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयका सभा सचिव रामकुमार पौडेलेले जानकारी दिएका छन । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
बानियाँ नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ गरी ६४ सांसदको समर्थनमा १९ साउनमा दाबी पेश गरेसँगै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले २...









