कार्टुनिष्ट क्लबद्वारा पाँच अग्रज कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान
नेपाल । नेपाल कार्टुनिष्ट क्लबले पाँच जना अग्रज कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान गरेको छ । क्लबले आज यहाँ आयोजना गरेको समारोहमा उहाँहरूलाई सम्मान प्रदान गरेको हो ।
सम्मानित हुनेमा अशोकमान सिंह, जीवन राजोपाध्याय, रविन सायमी, राजेश केसी र अविन श्रेष्ठ रहनुभएको छ । उहाँहरूलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान प्रदान गर्नुभएको थियो ।
पाँच दशकदेखि नेपाली कार्टुन क्षेत्रमा सक्रिय अग्रज कार्टुनिष्ट सिंहको नेपाली कार्टुनको संस्थागत आधार तयार पार्नमा महत्त्वपूर्ण भूमिका रहेको छ । यस्तै, अर्का कार्टुनिष्ट राजोपाध्याय २०४४ सालमा कामना मासिक पत्रिकाबाट कार्टुनिष्टका रूपमा लाग्नुभएको थियो ।
यस्तै, चार दशकदेखि कार्टुनमा सक्रिय अर्का कार्टुनिष्ट रविन सायमीले दृष्टि साप्ताहिकबाट काम थाल्नुभएको थियो भने राजेश केसी तीन दशकदेखि कार्ट...









