२१ बैशाख २०८३, सोमबार

कैलाली कारागामा झडप, १ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , August 10th, 2025

नेपाल । कैलालीको जिल्ला कारागारमा कैदीबन्दीहरूबीच शुक्रबार राति भएको झडपबारे छानबिन गर्नका लागि छानबिन समिति बनेको छ । एक जना कैदीबन्दीको मृत्यु हुने गरी भएको झडपबारे छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

घटनापछि कारागारभित्रको शान्ति सुरक्षामा गम्भीर चुनौती देखिएको भन्दै छानबिन समिति गठन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । समितिले घटनाको यथार्थ पत्ता लगाई आवश्यक सिफारिस गर्ने बताइएको छ ।

कारागारमा झडप हुँदा ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना कैदीबन्दी घाइते भएका छन् । घाइतेहरूको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय, कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्