११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकालको रिट सर्वोच्चद्वारा खारेज

रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकालको रिट सर्वोच्चद्वारा खारेज

नेपाल । सर्वोच्च अदालतले रास्वपाका पूर्व महामन्त्री डा. मुकुल ढकाल पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट खारेज गरीदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो । ढकालले अदालतमा पेश गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो । निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए ।...
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिए

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिए

नेपाल । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा दिँदै उनले संघीय निजामती विधेयक पारित गर्ने क्रममा समितिले कर्मचारी प्रशासनको दाउपेच र शक्ति प्रदर्शनको सामना गर्नुपरेको बताए । उनले विधेयकमा रहेको ‘कूलिङ अफ पिरियड’ को गडबडीको छानबिन गर्न बनेको विशेष समितिले आफू र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेकोमा असन्तुष्टि जनाए । ...
ढुक्क हुनुहोस् ०८४ पछि पनि काँग्रेस वा एमालेकै सरकार बन्ने होः प्रधानमन्त्री ओली

ढुक्क हुनुहोस् ०८४ पछि पनि काँग्रेस वा एमालेकै सरकार बन्ने होः प्रधानमन्त्री ओली

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ पछि पनि काँग्रेस वा एमालेकै सरकार बन्ने दावी गरेका छन् । यो सरकार ०८४ को पुससम्म जाने बताउँदै त्यसपछि पनि एमालेले सरकार बनाउने‚ एमालेले नबनाए काँग्रेसले बनाउने बताएका छन् । त्यति भएन भने एमाले र काँग्रेसले मिलेर सरकार बनाउने बताएका छन् । काठमाडौँमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै फेरिने र केही मन्त्री फेरिने बताए । दुईवटा ठूला राजनीतिक दलहरू सरकारमा रहेकाले ढुक्क भएर काम गर्न आग्रह गरे।...
नेकपा एमालेमा ओलीको विकल्प ओली नै होः महासचिव पोखरेल

नेकपा एमालेमा ओलीको विकल्प ओली नै होः महासचिव पोखरेल

नेपाल । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताउनुभएको छ । एमाले कोसी प्रदेश कमिटीको सातौं पूर्णकालीन बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । पछिल्लो समय पार्टीको नेतृत्वको विषयमा चार्चा भइरहेकाले ओलीको विकल्प ओली नै रहेको पोखरेलले प्रष्ट पार्नुभएको हो । ...
बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले पाए विश्वासको मत

नेपाल । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री बानियाँले प्रदेश सभाको मङ्गलबार बसेको बैठकबाट विश्वासको मत पाउनुभएको हो । बानियाँ एमालेको समर्थनमा यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। ११० सदस्य रहेको बागमती प्रदेश सभाको मङ्गलबारको बैठक मतदानमा उपस्थित ९२ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत र विपक्षमा २२ मत परेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराउनुभयो । उहाँले मुख्यमन्त्री बानियाँले विश्वासको मतको लागि राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत परेको र उक्त सङ्ख्या प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकोले मुख्यमन्त्री बानियाँले राख्नुभएको विश्वासको प्रस्ताव बहुमतले पारित भएको प्रदेश सभामु...
कतिपय नेताका नामका प्रतिष्ठानहरू व्यक्तिको कब्जामा जाँदैछः ओली

कतिपय नेताका नामका प्रतिष्ठानहरू व्यक्तिको कब्जामा जाँदैछः ओली

नेपाल । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको बताएका छन । सोमबार मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई एमालेको मुख्यालय च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले कतिपय नेताका नामका प्रतिष्ठानहरू सामूहिक हुनुपर्ने भन्दै कतिपय प्रतिष्ठान पछि व्यक्तिको कब्जामा जाने गरेको समेत बताए ।...
नेपालको सुनसरीमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु

नेपालको सुनसरीमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु

नेपाल । सुनसरी भोक्राहा-नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिकाका–६ का ३५ वर्षीय शङ्कर मण्डल, तिरहुत गाउँपालिकाका ६० वर्षीया अनारवतीदेवी यादव, सप्तरी गोइठीका ६८ वर्षीय जीवछ महत्मान, सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर महानगरपालिका–१० का ४० वर्षीय अशोक यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बताए । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको माइक्रो (विङ्गर) एकापसमा ठोक्किएको थियो । बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारी र बस प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जन...
रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने अदालतको आदेश

रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने अदालतको आदेश

नेपाल । रुपन्देही जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ। लामिछानेको निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उनलाई थुनामै पठाउने आदेश गरेको छ । उनी सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् । उनले आफूलाई बिगो सकारेर थुनाबाहिरबाट मुद्दा लड्न पाउने गरी आदेशको माग गर्दै अदालतमा निवेदन दिएका थिए ।...
पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेकपा एसको निर्देशन

पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेकपा एसको निर्देशन

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एस) ले पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीका केही जिम्मेवार नेता तथा कार्यकर्ताहरुले पार्टी हितविपरीत जथाभावी अभिव्यक्ति दिन थालेपछि पार्टीले सो निर्देशन दिएको हो । पार्टी अनुशासन उल्लङ्घन गरी जनताप्रति भ्रम सिर्जना गर्नेगरी अभिव्यक्ति रोक्न तथा सामाजिक सञ्जालमा नलेख्न पार्टी नेता कार्यकर्ताहरुप्रति जनविश्वास कायम राख्न निर्देशन दिइएको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले जानकारी दिए । उनले पार्टीका अनुशासनविपरीत अभिव्यक्ति दिने काम अविलम्ब बन्द गरी पार्टी स्वाभिमानलाई कायम राख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे । ...
काँग्रेसको भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशक समितिको कार्यसम्पादन निर्देशिका जारी

काँग्रेसको भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशक समितिको कार्यसम्पादन निर्देशिका जारी

नेपाल । नेपाली कांग्रेसले भ्रातृ संस्थाको महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न निर्देशक समितिको कार्यसम्पादन निर्देशिका जारी गरेको छ । कांग्रेस पदाधिकारी र महाधिवेशन गर्ने सन्दर्भमा गठित ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ को सोमबार सम्पन्न संयुक्त बैठकमा कार्यसम्पादन निर्देशिका परिमार्जनसहित पारित गरिएको हो । केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार बाँकी भ्रातृ संस्थाको महाधिवेशन गर्नका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यसम्पादन निर्देशिका तयार पार्नुभएको हो । कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशन गर्न २०८१ मङ्सिर २६ गते १० वटा भ्रातृ संस्थाको ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरिएको थियो । नेता विश्वकर्माका अनुसार कांग्रेसका भ्रातृ संस्था नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, नेपाल दलि...