९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

आदिकवि भानुभक्त आचार्य नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व

आदिकवि भानुभक्त आचार्य नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व

नेपाल । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व भएको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले सोमबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उहाँले आदिकविका विषयमा खोज अनुसन्धान व्याख्या विश्लेषणमा प्रतिष्ठानको योगदान रहेको बताउनुभयो । सभामुखले भानुभक्त नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आमनेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनुभयो ।” भानुभक्तलाई जन्मदिनमा सम्झने मात्र होइन, उहाँको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने सङ्कल्प लिनु आवश्यक रहेको सभामुख अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “युवापुस्तालाई नेपाली भाष...
सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री शाहले गम्भिर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबिच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो । उहाँले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, ‘डिजिटल’ प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराउनुभयो । प...
सञ्चार माध्यम र सञ्चारकर्मीको स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य हुँदैनः रास्वपा

सञ्चार माध्यम र सञ्चारकर्मीको स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य हुँदैनः रास्वपा

नेपाल । रास्वपाले सञ्चार माध्यम र सञ्चारकर्मीको स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ । सोमबार सञ्चारगृहवरपर देखिएका शङ्कास्पद गतिविधि तथा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै रास्वपाले यस्ता गतिविधिले प्रेस स्वतन्त्रताको मर्ममाथि प्रश्न उठाउने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । पार्टीका महामन्त्री विपिनकुमार आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै सञ्चार माध्यम राज्यको चौथो अङ्ग भएकाले लोकतान्त्रिक व्यवस्थामा सञ्चारक्षेत्रलाई निर्भीक र स्वतन्त्र रूपमा काम गर्ने वातावरण आवश्यक रहेको उल्लेख गर्नुभएको छ । रास्वपाले सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाब सिर्जना गर्ने, त्रासको वातावरण बनाउने वा समाचार प्रकाशन तथा प्रसारणमा अप्रत्यक्ष प्रभाव पार्ने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्यमान्यताविपरीत हुने जनाएको छ । “सूचना तथा सञ्चार स्वतन्त्रता हनन ग...
गणेश नेपालीको परिवारसँग नौ बुँदे सहमति

गणेश नेपालीको परिवारसँग नौ बुँदे सहमति

नेपाल । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास आत्मदाह प्रयासपछि ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीको परिवारसँग नौ बुँदे सहमति भएको छ । मिति २०८३ साल असार २६ गते वीर अस्पतालको ‘वर्न युनिट’ मा उपचारका क्रममा मुगु सोरु गाउँपालिका वडा नं १, जवलधाराका २५ वर्षीय नेपालीको उपचारको क्रममा मृत्यु भएको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ, जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र पीडित परिवार तथा वार्ता समितिबिच आइतबार दिउँसो सहमति भएको हो । उक्त सहमति अनुसार मृतक नेपालीकी श्रीमती एकमाया नेपालीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्ने, निजको छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइने बताइएको छ । यसैगरी, मृतकको अन्तिम संस्कारका लागि आ...
पशुपतिनाथको मन्दिरमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

पशुपतिनाथको मन्दिरमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

नेपाल । साउन महिनामा आराध्यदेव भगवान पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ । साउन महिना र सोमबार आशुतोष भगवान शिवको महिना र बार मानिने भएकाले एकै दिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने गर्दछन् । भक्तजनलाई सहजरूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आजदेखि सफाइ अभियान सुरु गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिनुभयो । पहिलो दिन शनिबार पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाइ गरिएको छ । यस अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने उहाँले बताउनुभयो । आइतबार मूल मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा सफाइ गर्न लागिएको जनाउँदै यसमा सुरक्षा निकायलाई पनि सहभागी गराइने उहाँले उल्लेख गर्नुभयो । पहिलो दिनको पशुपति क्षेत्रको सफाइमा दर्जन बढी सङ्घसं...
काठमाडौं बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

नेपाल । काठमाडौँको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा निधन भएको छ । उनको उपचारका क्रममा शनिबार दिउँसो वीर अस्पतालमा निधन भएको उपचारमा संलग्न डाक्टर पियुष दाहालले जानकारी दिए । प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीर ५५ प्रतिशत जलेको अस्पतालले जानकारी दिएको थियो। यसअघि बिहीवार त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको थियो। सर्लाहीमा आत्मदाह प्रयास गरेका ४२ वर्षीय विवेक मण्डलको भने कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।...
सडक सुरक्षा र पार्किङ सुधार्न अधिकारसम्पन्न निकाय आवश्यक छः सभापति गगन थापा

सडक सुरक्षा र पार्किङ सुधार्न अधिकारसम्पन्न निकाय आवश्यक छः सभापति गगन थापा

नेपाल । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन र पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले काठमाडौँ उपत्यकामा फुटपाथ तथा सडक पूर्वाधार निर्माण गर्दा पैदलयात्री, ज्येष्ठ नागरिक, बालबालिका तथा फरक क्षमता भएका नागरिकको आवश्यकतालाई पर्याप्त प्राथमिकता नदिइएको बताउनुभयो । उहाँले सडक निर्माणका क्रममा फुटपाथ उपेक्षामा परेको र भएका फुटपाथसमेत सबै प्रकारका क्षमता भएका नागरिकका लागि सहज रूपमा हिँड्न मिल्ने गरी नबनाइएको उल्लेख गर्नुभयो । सभापति थापाले सडक दुर्घटनालाई घटना भइसकेपछि मात्र विश्लेषण गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्नेमा जोड दिँदै दुर्घटना हुनै नदिने दृष्टिकोणबाट अध्ययन गरिनुपर्ने स्पष्ट पार्नुभयो । ...
काठमाडौँ महानगरका संस्थापक मेयर सिंहको प्रतिमा अनावरण

काठमाडौँ महानगरका संस्थापक मेयर सिंहको प्रतिमा अनावरण

नेपाल । काठमाडौँ महानगरपालिकाको वडा नं १८ ले तपिंताँ पार्कमा महानगरपालिकाका पूर्व प्रमुख स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह) को प्रतिमा स्थापना गरेको छ। शनिबार आयोजित एक कार्यक्रमबिच महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले प्रतिमा अनावरण गर्नुभयो । कार्यक्रममा स्वर्गीय सिंहको स्मृतिमा एक मिनेट मौनधारण गर्नुका साथै प्रतिमामा पुष्पगुच्छा अर्पण गरिएको थियो। सो अवसरमा कार्यवाहक प्रमुख डङ्गोलसहित विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सिंहका परिवारका सदस्य र स्थानीय बासिन्दाको सहभागिता थियो। मूर्तिकार श्याम तुलाधरले निर्माण गर्नुभएको धातुको सो प्रतिमा करिब नौ लाख ३८ हजार रुपियाँको लागतमा तयार भएको हो। वडा कार्यालयले यसअघि पुष्पलाल पार्कमा मनमोहन अधिकारी, मदन भण्डारी, पुष्पलाल श्रेष्ठ, पद्मरत्न तुलाधर र शङ्खधर साख्वाको प्रतिमा स्थापना गरिसकेको छ। यस्तै किलागलमा नारायणगो...
संविधान संशोधन कार्यदलद्वारा प्रतिवेदन बुझाउने अन्तिम तयारी

संविधान संशोधन कार्यदलद्वारा प्रतिवेदन बुझाउने अन्तिम तयारी

नेपाल । संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले सबैका सुझाव समेटेर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन असार मसान्तभित्रै बुझाउने तयारी गरेको हो । कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले सबै दलसहित सरोकारवाला निकाय, जनताबाट आएका सुझाव प्राप्त भइसकेकाले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । स्वदेश तथा विदेशमा रहेका नेपालीबाट प्राप्त भएका ४४ हजार सात सय सुझाव प्रतिवेदनमा राखिएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीलाई यो महिनाको अन्तिमसम्म संविधान संशोधन कार्यदलले प्रतिवेदन बुझाउने उहाँले वचन दिनुभयो । कार्यदलमा ८३ दिनसम्म सहभागी भएपछि अचानक कार्यदललाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा), ज...
आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु

आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु

नेपाल । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । उहाँको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचारका क्रममा शुक्रबार बिहान ११ः१९ मा मृत्यु भएको उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा. पियुष दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेका कारण उनको अवस्था अस्पताल ल्याइएकै समयदेखि अत्यन्त गम्भीर थियो । नेपालीलाई बिहीबार दिउँसो २ः१५ बजे वीर अस्पताल लगिएको थियो। तत्कालै उहाँलाई कुलिङमा राखिएको र त्यसपछि श्वासप्रश्वास सहज गराइएको उहाँको भनाइ छ ।...