९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

एमाले पुनःगठनसम्बन्धी प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरिंदै

एमाले पुनःगठनसम्बन्धी प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरिंदै

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनःगठनसम्बन्धी कार्यदलले देशव्यापी सुझाव सङ्कलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शङ्कर पोखरेललाई दिएको छ । सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आज बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव सङ्कलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ । प्राप्त सुझावलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरिएको सो पार्टीले जनाएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुनुहुन्थ्यो । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार सुझाव सङ्कलन अभियानबाट प्राप्त राय, सुझाव र निष्कर्षलाई समेटेर तयार गरिने प्रतिवेदनले पार्टीको भावी वैचारिक, राजनीतिक तथा सङ्गठन...
सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट

सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट

नेपाल । संघीय संसद प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महहत्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको बताउनुभयो । उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको उहाँको भनाइ थियो । उहाँले नागरिक उडययन, रेल तथा बस सेवामार्फ...
आत्मदाहको प्रयास गर्ने गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलगिने

आत्मदाहको प्रयास गर्ने गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलगिने

नेपाल । सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ । बिहीबार नेपालीले राहदानी विभाग अगाडि आफ्नै शरिरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए । उहाँको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। उहाँलाई तत्कालै विमानस्थल पुर्‍याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गर्नुभएको थियो। साथै सरकारले उहाँका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो। त्यसअघि सरकाले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने बताएको थियो । भारतको विमानस्थलबाट नेपालीलाई एम्स अस्पतालसम्म लैजाने सबै बन्दोबस्त समेत गरिएको थियो । तर, वीर अ...
काँग्रेसले अबदेखि कतै पनि भागबन्डा नगर्ने र भाग नखोज्ने

काँग्रेसले अबदेखि कतै पनि भागबन्डा नगर्ने र भाग नखोज्ने

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक निकाय तथा राज्यका विभिन्न तहका नियुक्तिहरूमा राजनीतिक भागबन्डा गर्ने परम्पराको अन्त्य भएको बताउनुभएको छ । बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली काँग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै सभापति थापाले काँग्रेसले अबदेखि कतै पनि भागबन्डा नगर्ने र भाग नखोज्ने स्पष्ट पार्नुभयो । सभापति थापाले संवैधानिक निकायमा भागबन्डा भन्दा पनि कार्यक्षमता र पारदर्शिताका आधारमा ‘शुद्धता’ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संवैधानिक परिषद्को विद्यमान संरचना र नियुक्ति प्रक्रियामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। न्यायाधीश नियुक्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा हुने नियुक्तिका सन्दर्भमा अब नयाँ ढङ्गले छलफल हुनुपर्ने उहाँको तर्क छ । उहाँले संविधान संश...
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उक्त विधेयकहरू असार २५ गते प्रमाणीकरण गरिएको उल्लेख छ। ...
एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

नेपाल । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उक्त अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले निजलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पौडेललाई बुधबार चौथो पटक म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।...
गोविन्दबहादुर कार्की मुख्यसचिव पदमा नियुक्त

गोविन्दबहादुर कार्की मुख्यसचिव पदमा नियुक्त

नेपाल । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बुधबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गरेको हो । उहाँ यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यसैगरी मन्त्रीपरिषद् बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गरेको छ । सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । सँगै सरकारले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’, ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ र ‘कारागार नियमावली, २०८३’ लाई स्वीकृत गरेको छ। मानव अधिकारसम्बन्धी छैटौँ...
एमालेका सांसद राईको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन रुलिङ

एमालेका सांसद राईको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन रुलिङ

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन रुलिङ भएको छ । सभाध्यक्षको आलोचना र अपहेलना गरिएको भन्दै सभामुख डोलप्रसाद अर्यालले अभिव्यक्ति रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो । प्रतिनिधि सभाको आकस्मिक समयमा राईले राख्नुभएको धारणा विवादमा परेपछि बैठकसमेत १५ मिनेट स्थगित भएको थियो । सभामुख अर्याल र राईबिच केही समय विवाद भएको थियो । आकस्मिक समयमा धारणा राख्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधनपछि “तपाईं कान सुन्नुहुन्छ कि हुन्न” भनेर प्रश्न गर्नुभएको थियो । राईको प्रश्नलगत्तै सभामुख अर्यालले अभिव्यक्तिले सभामुख र सभाको अपहेलना भएको भन्दै बोल्न समय दिनुभएन । बोल्ने अनुमति नपाएपछि राई रोकिनुभयो । राईलाई बोल्न समय नदिएपछि एमालेका अन्य सांसदले उठेर विरोध जनाएका थिए । ...
निर्वाचन आयोगमा प्रस्तावित तीन पदाधिकारीको संसदीय सुनुवाइ प्रक्रिया सुरु

निर्वाचन आयोगमा प्रस्तावित तीन पदाधिकारीको संसदीय सुनुवाइ प्रक्रिया सुरु

नेपाल । निर्वाचन आयोगमा प्रस्तावित तीन पदाधिकारीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संवैधानिक परिषद्ले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र प्रस्तावित आयुक्तद्वय डा। राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सुनुवाइ प्रक्रियाका लागि संसदीय सुनुवाइ समितिमा पठाएको छ । समितिले उजुरी आह्वान प्रक्रियाका लागि बिहीबार बैठक बोलाएको छ । सुनुवाइ समितिका सचिव तुलबहादुर कँडेलले सुनुवाइका लागि पत्र प्राप्त भई प्रारम्भिक छलफलका लागि बैठक बोलाइएको बताउनुभयो । उक्त बैठकले उजुरी आह्वानलगायतका प्रक्रिया प्रारम्भ गर्ने पनि उहाँले बताउनुभयो । संवैधानिक परिषद्ले असार १९ गते निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तमा तीन जनाको नाम सिफारिस गरेको थियो । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस कार्की सर्वोच्च अदालतमा बहालवाला रजिस्ट्रार हुनुहुन्छ । निर्वाचन आयुक्तमा सिफारिस सुब्बा नेपाल प्रहरीका अवकाशप...
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

नेपाल । नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल क्रियाकलाप र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकलाई दुःख हैरानी दिएको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा तीन युगान्डाली महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका महिलाले ठमेलमा हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेक्ने र अश्लील क्रियाकलापका लागि मोलमोलाइ गरी दुःख हैरानी दिने गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका तीन विदेशी महिलालाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले बताउनुभयो । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार...