९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

कसैको पनि सम्पत्ति छानबिन नगर्न सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी

कसैको पनि सम्पत्ति छानबिन नगर्न सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी

नेपाल । सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सर्वोच्च अदालतको आदेशविपरीत आयोगले सूचना प्रकाशित गरेकोमा पूर्ण इजलासबाट रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कसैको पनि सम्पत्ति विवरण माग गर्न र जाँचबुझको काम अघि नबढाउन अन्तरिम आदेश गरेको हो । पूर्वन्यायाधीश फोरम नेपाल र अधिवक्ता एमआर उपाध्यायले दायर गरेका छुट्टाछुट्टै रिट निवेदनको सुनुवाइपछि अदालतले उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आयोगलाई तत्काल काम अघि नबढाउने आदेश भएको र आदेशको लिखित पाठ भने आउन बाँकी छ । यसअघि, सर्वोच्च अदालतले यही असार २६ गते न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रस्तुत रिट निवदेनको पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलाग्दासम्म कसैलाई पनि सम...
प्रतिनिधि सभाको बैठक आगामी साउन १४ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक आगामी साउन १४ गतेसम्मका लागि स्थगित

नेपाल । बजेटसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पारित गरेसँगै प्रतिनिधि सभाको बैठक आगामी साउन १४ गतेसम्मका लागि स्थगित भएको छ। बुधबारको बैठकको अन्त्यमा सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित भएको घोषणा गर्दै अर्को बैठक आगामी साउन १४ गते बिहीबार बस्ने जानकारी दिए। संसद् बैठक स्थगित गर्दै सभामुख अर्यालले संसद्को यो विश्रामको समयलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्न सांसदहरूलाई आग्रह गरे। उनले प्रतिनिधि सभा सदस्यहरूलाई आफ्नो निर्वाचन क्षेत्र र जनताको घरदैलोमा पुगेर उनीहरूका आवाज, अपेक्षा र प्रतिक्रिया बुझ्न निर्देशन दिए । ...
सप्तकोसीमा पानीको बहाव बढेपछि २१ ढोका खोलियो

सप्तकोसीमा पानीको बहाव बढेपछि २१ ढोका खोलियो

नेपाल । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन् । पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको सङ्केतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । सुक्खा मौसममा शान्त देखिने सप्तकोसी वर्षायाम सुरु भएसँगै उग्र रूप लिने भएकाले यस नदीमा नेपालसहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान जाने गरेको छ । असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा...
रातो पासपोर्ट दुरुपयोग मुद्दामा संविधानसभाका तीन सदस्य दोषी ठहर

रातो पासपोर्ट दुरुपयोग मुद्दामा संविधानसभाका तीन सदस्य दोषी ठहर

नेपाल । उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा तत्कालीन संविधानसभाका तीन सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ । न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बाँस्तोलाको संयुक्त इजलासले गत असार २३ गते संविधान सभा सदस्यहरू गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो । उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार संविधानसभाका तीन सदस्यलाई जिल्लाले ठहर गरेको जनही पाँच महिना कैद र रु ५०० जरिबाना हुने फैसला उच्च अदालतले सदर गरेको हो । जिल्ला अदालत काठमाडौँले उक्त निर्णय २०७१ जेठ २१ गते सुनाएको थियो । पहिलो संविधानसभा २०६४ का तीन सदस्यहरूले हैसियतले प्राप्त भएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलीलाई बिक्री गरेको प्रहरीको अभियोग थियो । अदालतले...
समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गर्छौँः मुख्यमन्त्री बानियाँ

समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गर्छौँः मुख्यमन्त्री बानियाँ

नेपाल । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गरिने बताउनुभएको छ । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा मंगलबार आयोजित समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत फिर्ता कार्यक्रममा उहाँले हालको समस्या समाधान भएपछि नयाँ समिति गठन गरी हस्तान्तरण गर्न सकिने बताउनुभएको हो। सहकारीमा बचत गरेका सबैको बचतको सुरक्षा गर्ने कार्यमा ध्यान दिइरहेको बताउँदै मुख्यमन्त्री बानियाँले भन्नुभयो,“अब समस्याग्रस्त घोषित सहकारीका सबैले पैसा पाउने अवस्था सिर्जना गर्छौँ, ऋणीको समस्या सुन्छौँ, ऋण तिर्ने वातावरण तयार हुनुपर्छ, यसका लागि राज्य कठोर हुन्छ ।”उहाँले महिलाले सञ्चालन गरेका सहकारी, कृषि सहकारी, केही बचत तथा ऋण सहकारी राम्रोसँग चलेको बताउनुभयो । मुख्यमन्त्री बानियाँले भन्नुभयो, “मन र बचनले जनत...
सञ्चारगृहका प्रवेशद्वारमा अवरोध गर्ने गरी सवारी साधन राख्ने जोसुकै भए पनि कारबाही हुन्छः लामिछाने

सञ्चारगृहका प्रवेशद्वारमा अवरोध गर्ने गरी सवारी साधन राख्ने जोसुकै भए पनि कारबाही हुन्छः लामिछाने

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही सञ्चारगृहका प्रवेशद्वारमा अवरोध गर्ने गरी सोमबार सवारी साधन राख्ने जोसुकै भए पनि कारबाही हुने बताउनुभएको छ । सोमबार केही सञ्चारगृह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घर अगाडि प्रवेशद्वारलाई नै असर गर्ने गरी निजी नम्बर प्लेटका सवारी साधन पार्किङ गरिएको भेटिएको थियो । ती सवारी साधनलाई प्रहरीले हटाउनुका साथै जरिवाना गरेर छोडेको थियो । मंगलबार सिंहदरबारमा पत्रकारहरूले यसै विषयमा राखेको जिज्ञासामा सभापति लामिछानेले ती सवारी साधन रास्वपाकै कार्यकर्ता या जसले राखेका भए पनि कारबाही हुने स्पष्ट गर्नुभएको हो । सभापति लामिछानेले सोमबारको घटनाका बारेमा पार्टीले नै विज्ञप्ति प्रकाशन गरेर रास्वपा सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको र सवारी अवरोध उत्पन्न गर्नेमाथि कारबाही हुने जानकारी गराइसकेको बताउनुभयो । प्रधानमन्त्री वालेन्द...
मिटरब्याजसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

मिटरब्याजसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

नेपाल । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले मिटरब्याजपीडितका सम्बन्धमा न्याय दिलाउन गठन भएका आयोगका प्रतिवेदन कार्यान्वयन गरेर जाने निर्णय भएको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । विगतका सरकारले गौरीबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोग गठन गरेका थिए । मिटरब्याजपीडितका समस्या विशेष गरी तराईका जिल्लामा भएपछि आयोग गठन गरेर छानबिन अगाडि बढाउने निर्णय भएको थियो । गृहमन्त्री सुधन गुरुङले समेत मिटरब्याजपीडितसँग भेटेर आयोगको प्रतिवेदन कार्यान्वयन गरेर जाने वचन दिनुभएको थियो । सरकारले प्रतिवेदन कार्यान्वयन ...
नक्कली शरणार्थी प्रकरणमा कसुर ठहर भएका १६ जनाको सजाय निर्धारण

नक्कली शरणार्थी प्रकरणमा कसुर ठहर भएका १६ जनाको सजाय निर्धारण

नेपाल । काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा कसुर ठहर भएका १६ जनाको सजाय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले असार २३ गते कसुर ठहर गरेकोमा मङ्गलबार सजाय निर्धारण गरेको हो । अदालतले सोमबारदेखि नै सजाय निर्धारणको प्रक्रिया सुरु गरेको थियो । अदालतले सरकारी लिखत कीर्ते, ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको कसुरमा सजाय निर्धारण गरेको हो । दोषी ठहर भएकाहरूको एकीकृत सजाय निर्धारण गरिएको छ । जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार प्रतिवादीहरूलाई तोकिएको कैद र जरिबानामा फैसला कार्यान्वयनका क्रममा एकीकृततर्फको कसुरमा ठहर भए अनुसार हुने छ । दोषी ठहर भएकामध्ये टेकनाथ रिजाललाई एकीकृत सजायतर्फ दुई वर्ष कैद र २० हजार रुपियाँ जरिबाना गरिएको छ । यस्तै प्रतिवादी केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा र डा। इन्द्रजित राईलाई जनही चार वर्ष कैद र ४० हजार रुप...
सप्तकोशी नदीमा पानीको बहाव बढ्न थाल्यो, २० वटा ढोका खुला

सप्तकोशी नदीमा पानीको बहाव बढ्न थाल्यो, २० वटा ढोका खुला

नेपाल । पूर्वी पहाडी तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । कोशी ब्यारेजमा पानीको बहाव राति एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । कोशी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५२ वटा मूल र दुई वटा नहरको गरी ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको उनले जानकारी दिए । पानीको बहाव बढ्दो क्रममा रहेकाले खतराको सङ्केतस्वरुप कोशी ब्यारेजमा रातो बत्ती बालिएको छ । खतराको सङ्केतस्वरुप रातो झण्डा फहराइएको कोशी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ ।...
आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक यादवको पनि उपचारको क्रममा मृत्यु

आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक यादवको पनि उपचारको क्रममा मृत्यु

नेपाल । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले जानकारी दिए । शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । यसअघि गत बिहीबार राहदानी बिभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको शुक्रबार निधन भएको थियो भने गत शनिबार आत्मदाहको प्रयास गरेका काठमाडौं बुद्धनगरका अस्विन बस्नेतको सोही दिन निधन भएको थियो ।...