१७ बैशाख २०८३, बिहीबार

भाषा/साहित्य

कविता: दु:ख

कविता: दु:ख

-लालगोपाल सुवेदी- तथागत भन्छन्- संसार दुख्खैदु:ख हो दु:ख हो आकाशै छुनेगरी पिङमा मच्चिनु दुख्खै हो चराझैं जहाजमा उड्नु दुख्खै हो सुनको सिंहासनमा विराजमान हुनु दुख्खै हो सुनको थालमा चौरासी व्यन्जन ज्युनार गर्नु जन्मनु पनि दु:ख प्रेमजोडी बनेर अलकापुरी वा नन्दन वनमा शयर गर्नु पनि दु:ख मगमग मगमग जगमग जगमग दु:खमय छन् अन्तर्यमा भेटिन्छ छैटौं इन्द्रिय मन दन्तलहर फेसबुकका भित्तामा छन् कर्णविवर मृदुवचनमा गदगद छन् श्रवणेन्द्रियलाई रम्य लाग्छ शंखघण्टको जस्तो तुमुल-ध्वनि, पूजन-भजन हाय अविद्या ! कसरी गर्नु मैले ब्रह्मविहार ? दु:ख हो कविता, दुख्खै हो चढि त हाल्छ इन्द्रासनमा भौतिक मन हाय अविद्या ! भौतिक पराभौतिक नयनमा आज अणु परमाणुसरि सूक्ष्म जीवहरू छन् ती बरा एकै श्वासमा पनि मर्छन् हाय इन्द्रासन !! दु:ख हो कविता कसरी भेट्टाउने हो मैले उपेक्षा, करुणा , मैत्री र मुदिता आजका कवित...
लघुकथाः ज्ञान

लघुकथाः ज्ञान

–आरसी रिजाल– दामोदर रिटाएर भएपछि घरपरिवारले उनलाई फुरुङ्ग पारे। सुरुवात यसरी गरे -- एकदिन उनलाई चिया पकाउन लगाए। घरका परिवारले -- आहा ! चिया त यस्तो पो हुनपर्छ भने। एकदिन मासु पकाउन लगाए -- आहा भने।अर्कोदिन रोटि।दामोदरेले -- खै रोटि त बेल्नै जानिएन गोलो भएन भने। बुहारीहरुले -- "आ बुवा किन गोलो चाहियो?खाँदा टुक्रा पारेर खाने हो। जसरी पकाए पनि हजुरको हातै मीठो " भन्दै तारिफ गरे। नातिनातिना पनि हजुरबासंग रत्तिएका थिए। बच्चाहरुको झोला बोकेर स्कुल पुर्‍याउन र ल्याउने उनको डिउटीझैँ थियो।दिउँसोको खाजा पनि उनले पकाएको मात्र मिठो हुनलाग्यो।परिवारका सदस्यले बुवाले माझेको भाँडा र धोएको लुगा कस्तो चम्किलो भन्थे। छिमेकीहरुले आफ्नो घरबुढालाई दामोदरको उधाहरण दिन थाले। एकदिन छिमेकी बुढाहरु चियापसलमा जम्मा भए। सुदर्शन बाजेले कुरा उठाए - ए दामोदर! तिमिले अति गर्न लाग्यौ। भान्साको कामसम्म त ठिकै थियो। ना...
कविताः खरानीको व्यापार

कविताः खरानीको व्यापार

–आर.आर. चौलागाईं– हाम्रो देशमा अहिले खरानीको व्यापार खुब चलेको छ । गाउँगाउँमा खरानी छ बस्तीबस्तीमा खरानी छ देशभरि नै खरानी छ । उसले उसको डढाएको छ उसले उसको डढाएको छ अनि उसले उसको डढाएको छ । कृपया ! नढाँटीकन भन्नुहोला आगो झोस्ने कामको शुभारम्भ कसले गर्नु भो ? पत्ता लगाउन हामीलाई गाह्रो परेको छ नत्र वहाँलाई उचित पुरस्कारको व्यवस्था छ । –हेटौंडा, मकवानपुर ।...
गजलः फूल चुँडियो मञ्जरी चुँडियो…

गजलः फूल चुँडियो मञ्जरी चुँडियो…

–लक्ष्मण आचार्य– फूल चुँडियो मञ्जरी चुँडियो बगैंचा एक एक गरी चुँडियो क्रान्ति बिउ रोप्न हिँडेथ्यो ऊ चोला त्यो आगोमा परी चुँडियो खालि आकाश गडगडायो मात्र एक थोपा वर्षा नझरी चुँडियो हाम्रा इच्छा आकांक्षा त्यसै मुर्झाए हरेक पल्ट यिनलाई सुस्तरी चुँडियो हिँड्दै जाँदा हिलामा पछारिए सबै समृद्धि यात्रा त्यो घरिघरि चुँडियो । –चन्द्रपुर, रौतहट ।...
विभिन्न साहित्यिक व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान

विभिन्न साहित्यिक व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान

नेपाल । सिर्जनामा इनरुवाको चौथो साधारणसभा तथा अधिवेशनमा पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । लघुकथाकार ममता मृदुलको प्रमुख आतिथ्यमा सन्चालन भएको सो कार्यक्रममा रमेन्द्र–सावित्री लघुकथा पुरस्कार लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ लाई र लघुकथाकार रामकुमार पन्डित, काठमाडौँलाई सिर्जनामा इनरुवा साहित्य स्रस्टा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा सिर्जनामा इनरुवा साहित्य पुरस्कार तारानाथ शर्मा पोख्रेल र अन्य दस जना स्रष्टालाई सिर्जनामा इनरुवा स्रष्टा सम्मान ०८२ प्रदान गरिएको छ । कार्यक्रममा टङ्कप्रसाद भेटवाल, ऋषिराज तिवारी, भुपाल अधिकारी र किरण मेहताले आजीवन सदस्यताको प्रमाणपत्र लिनुभएको छ । अधिवेशन आगामी कार्यकालका लागि अध्यक्षमा लीलानाथ सिलवाल निर्वाचित हुनुभयो ।...
अमेरिकास्थित राम-गीता वाङ्मय मन्दिरद्वारा पुरस्कारका लागि कृति आह्वान

अमेरिकास्थित राम-गीता वाङ्मय मन्दिरद्वारा पुरस्कारका लागि कृति आह्वान

अमेरिका । अमेरिकास्थित राम-गीता वाङ्मय मन्दिर नेपालले पुरस्कारका लागि कृति आह्वान गरेको छ । मन्दिरले २०८० वैशाखमा घोषणा गरेबमोजिम स्थापना गरिएका चार विभिन्न पुरस्कारमध्ये प्रत्येक जोर वर्षमा समर्पण गरिने साहित्य लेखनतर्फको ‘प्रतीक ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’का लागि २०८० र २०८१ सालमा प्रकाशित कृतिहरूको मूल्यांकनका लागि दर्ता गर्न आह्वान गरेको छ । त्यस्तै, नाट्यविधातर्फको ‘अशेष मल्ल सावित्री नाट्यकर्म पुरस्कार’का लागि पनि २०८० र २०८१ सालमा प्रकाशित नाट्यकृतिहरू दर्ता गर्न आह्वान गरेको छ । यो पुरस्कार नाट्यकर्मसँग सम्बन्धित भएकाले नाट्य क्षेत्रमा योगदान दिने प्रतिभालाई मात्र प्रदान गरिने जनाइएको छ । कृति दर्ताका लागि इच्छुक स्रष्टा वा प्रकाशकले आगामी मंसिर मसान्तभित्र सबै विधाका कृतिहरू चार–चार प्रति बुझाउन भनिएको छ । दुवै पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको विज्ञप...
नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ को अंग्रेजी अनुवाद लोकार्पण

नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ को अंग्रेजी अनुवाद लोकार्पण

नेपाल । नारायण वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद लोकार्पण गरिएको छ । लेखक नारायण वाग्लेले एडअर्डो रिनकनलाई अनूदित पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको हो । पत्रकार–साहित्यकार हुँदै पछिल्लो समय कृषकका रूपमा आफ्नो गाउँ तनहुँ फर्किएका वाग्लेले बायोडायनामिक कृषि अभियानका एक अग्रणि व्यक्तित्व रिनकनलाई पुस्तक उपहार दिएका थिए । नारायण वाग्लेले काठमाडौंमा लामो समय पत्रकारिता गरे । जहाँ उनले अनौपचारिक शैलीमा ‘कफी गफ’ लेखे । कफी गफको लोकप्रियता यति चुलियो कि वाग्ले अहिले पनि पाठकबाट ‘कफी गफ’को त्यो चुस्की लिइरहेका हुन्छन् । ‘कोरियाना कफी गफ’लाई नेपालीबाट अंग्रेजीमा अनुवाद प्रवीण अधिकारीले गरेका हुन् । वाग्लेको त्यही कफी गफ शैलीबाट प्रभावित भएर आफूले अनुवाद गरेको प्रवीण बताउँछन् । ...
भूपिनको निबन्धसंग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक

भूपिनको निबन्धसंग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक

नेपाल । कवि, उपन्यासकार एवं निबन्धकार भूपिनको निबन्धसंग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक गरिएको छ । कात्तिक १५ नवलपरासीको गैँडाकोटमा अक्षर समूह चितवनद्वारा आयोजित कार्यक्रममा कृति लोकार्पण गरिएको हो । गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, समालोचक डा. एकनारायण पौड्याल, रोशन शेरचन, निमेष निखिल र सामना पहाडले संयुक्त रूपमा कृति विमोचन गरे । संग्रहमा चिन्तन, सम्झना र पर्यावरणरयात्रा गरी तीन खण्डमा २० निबन्ध समेटिएको छ । निबन्धकार भूपिनले आफूले यो कृति पूर्णतया इमानदार भएर लेखेको बताए, “यो मेरो वैचारिक प्रस्ताव हो । सबै पाठक मेरो विचारसँग सहमत हुनुपर्छ भन्ने छैन ।” बुकहिलबाट ‘डिलक्स संस्करण’मा प्रकाशित ‘मध्यको उज्यालो’ भूपिनको सातौँ किताब हो ।...
साझा प्रकाशनले बजारमा ल्यायो कथाकार दिलीप शाहको ‘डाइपर भिसा’

साझा प्रकाशनले बजारमा ल्यायो कथाकार दिलीप शाहको ‘डाइपर भिसा’

नेपाल । कथाकार दिलीप शाहको लघुकथासङ्ग्रह ‘डाइपर भिसा’ बजारमा आएको छ । अभाव, पीडा, बेथिति, भ्रष्टाचार जस्ता विषयलाई सहज रूपमा चोटिलो पारामा सङ्ग्रहभित्र प्रस्तुत गरिएको छ । यसै गरी माया, प्रेम अभाव, पीडा, गरिबी, विदेशमोह, सन्तानप्रेम र यसका राम्रा र नराम्रा पक्षलाई पुस्तकभित्र समान रूपमा चित्रण गरिएको छ । नराम्रा कुरालाई देखाई राम्रा पक्षको कामना गर्नु र समुन्नत समाज निर्माण होस् भन्ने यस कृतिको आशय हो । बढ्दो विदेश मोहले निम्त्याएका अनेकौँ विकृतिप्रतिको चोटिलो प्रहार कृतिभित्र पाइन्छ । नेतागिरीदेखि वर्तमान यथार्थको सग्लो चित्रण सहज र सरल भाषाशैलीमा लेखकले पस्कनुभएको छ । विकृति र विसङ्गतिको चिरफार गरी समुन्नतिको चाहना प्रकट गरिएको कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो । कृतिभित्र ९४ वटा लघुकथा समावेश छन् । शाहका यसअघि ‘मौनधारण’, ‘मुर्दार काठमान्डु’, ‘बघिनी’ ‘चियर्स’ र ‘श्रद्धासुमन’ कथा...
कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ बजारमा

कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ बजारमा

नेपाल । कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ आइतबारदेखि बजारमा आएको छ । पुस्तकमा २२ वटा कथा समावेश छन् । कथासङ्ग्रहमा सयपत्रीले प्रेम र मानवीय संवेदनालाई समेट्नुभएको छ । मानिसका ढोङ र आडम्बरका मुखौटा च्यात्दै विद्रोहसमेत बोलेका छन् । सरल र सरस शैलीमा लेखिएका सयपत्रीका कथालाई समकालीन नेपाली साहित्यका प्रतिनिधि मान्न सकिन्छ । शिक्षण पेसाबाट निवृत्त कथाकार सयपत्री समाजको पिँधमा रहेका भुइँमान्छेका कथा लेख्न रुचाउने लेखक हुनुहुन्छ । उहाँका कथामा ग्रामीण जनजीवनको झल्को पाइन्छ । महिला बालबालिका उत्पीडित वर्ग साथै सामाजिक तथा राजनीतिक विकृति उहाँको लेखनका मूल विषयवस्तु रहँदै आएका छन् । सयपत्रीका यसअघि ‘सत्ताकवच’, ‘मखमलीका राजाहरू’ र ‘बादसाहको अटोग्राफ’ कथासङ्ग्रह एवं ‘सीमान्त विचलन’ उपन्यास प्रकाशित छन् । परिचय पब्लिकेसनले पुस्तकलाई प्रकाशनमा ल्याएको हो ।...