१७ बैशाख २०८३, बिहीबार

भाषा/साहित्य

अमेरिकाको भर्जिनियामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न

अमेरिकाको भर्जिनियामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा विश्वभरिबाट नेपाली भाषाका विभिन्न विधाका सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्न आयोजना गरेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह शनिबार भर्जिनिया, अमेरिकामा भव्यताका साथ सम्पन्न भएको छ । २१ सय डलरको सर्वोत्कृष्ट पुस्तक पुरस्कारसहित कूल ११ हजार ५ सय डलर नगद पुरस्कार विभिन्न विधाका ११ कृतिका स्रष्टाले प्राप्त गरे । नेपालका ७ र अमेरिकाका ४ जना स्रस्टा पुरस्कृत भए । महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा सन् २००३ देखि अनेसासले हरेक दुई वर्षमा यो कार्यक्रम आयोजना गर्दछ । हरेक पछिल्ला दुई वर्षमा छापिएका पुस्तक दर्ता गराउने, मूल्याङ्कन गर्ने र पुरस्कार वितरणको समारोह अनेसास बोर्ड अफ ट्रस्टीले आयोजना गर्ने गर्दछ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकामा नेपाली मूलको पहिलो निर्वाचित सांसद डेलिगेट डा. हयारी भण्डार...
जनकवि दुर्गालाल श्रेष्ठको छ पुस्तक र म्युजिक भिडियो सार्वजनिक

जनकवि दुर्गालाल श्रेष्ठको छ पुस्तक र म्युजिक भिडियो सार्वजनिक

नेपाल । जनकवि दुर्गालाल श्रेष्ठको छ पुस्तक तथा उहाँको रचनामा रहेको गीतको म्युजिक भिडियो ‘जिगु गर्व’ म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शुक्रबार श्रेष्ठका कृति कपूया कुँ, नःलिगु नुगः खँ, छुछुं गिजिमिजि ध्वः, कावा, कविया बाखं कविया भासं र अन्तर्भाव थूयाको लोकार्पण गर्नुभयो । यसै गरी सोही कार्यक्रममा विश्वास वज्राचार्यले निर्देशन गर्नुभएको जिगु गर्व गीको म्युजिक भिडियो सार्वजनिक गरेको हो । दुर्गालाल साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के। सुन्दरले भाषा आयोगका सदस्य, पत्रकार तथा साहित्यकार सुरेशकिरण मानन्धरसँगको अन्तक्रिया कार्यक्रममा लेखन प्रवृत्तिसहित जनकवि दुर्गालालको जीवनका विविध पक्षबारे चर्चा गर्नुभएको थयो । मल्लको करिब ५० वर्षदेखि जनकवि दुर्गालालसँग सङ्गत रहेको छ । ८९ वर्षीय दुर्गालाल २००६ सालम...
रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ कविता संग्रह सार्वजनिक

रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ कविता संग्रह सार्वजनिक

नेपाल । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको संग्रह ‘माथिको आदेश छ’ सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा ‘जेनजी’ युवा र कवि मिश्रले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे । “नेपालमा हिरासतमा बसेर आत्मसंस्मरण लेखिएका छन्, दैनिकी लेखिएका छन्, उपन्यास लेखिएका होलान्, तर यसरी कविता लेखिएको मैले थाहा पाएको छैन,” मिश्रले भने, “नेपालको सन्दर्भमा यो पुस्तक नयाँ प्रयोग हो कि भन्ने मेरो अनुमान छ ।” आफ्नो जीवनमा यो कवितासंग्रहको विशेष अर्थ रहेको उनको भनाइ छ । उनले यसअघि तयार अर्को कवितासंग्रहलाई थाती राखेर हिरासतको बसाइका क्रममा फुरेका कविता आफूले सार्वजनिक गरेको बताए । ‘माथिको आदेश छ’मा संगृहीत कविता ‘हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान’ रहेको उनले उल्लेख गरे । “यी कविता ‘हिरासतको ...
कविता: अर्थान्तरण समय

कविता: अर्थान्तरण समय

-लक्ष्मण आचार्य- समयको चुल्ठो निमोठेर समग्र व्यवस्थाको ऐँजेरु मठारेर उपस्थित छ वर्तमान तिम्रो घर, आँगन खलियान गाउँ, गोठ र मचानसम्म उदाङ्गिएर सत्ताको सर्वाङ्‌ग रुप समय आफ्नो भएर उपस्थित हुँदा यतिखेर सपनाको फॉट साँच्चै सुन्दर र आत्मीय भएको छ X X X म हिजो तिम्रा निम्ति लेख्थेँ कामनाका कविताहरु आकाङ्क्षाका आव्हानहरु आशाका भविष्यहरु हाम्रा सुन्दर सपनालाई कोतरेर आफैलाई थिचिइरहको समय विरुद्ध म सधैँ अग्रपङ्‌‌‌तीमा उभिन खोज्थेँ चेतनाको मशाल बाल्न खोज्थेँ अब तिमी मेरै आँगनमा आत्मीय भएर उभिँदा प्राप्तिको फूल फुले झैँ लागेको छ X X थुप्रै यात्राहरू लक्ष्यको थुम्कोसम्म नपुगेरै विलय भएका बिहानहरु छन् उपलब्धिहरू/ परिवर्तनहरू गाउँघर, गोठ र चोकसम्म नभित्रिएरै पराजय भएका इतिहाहरु छन् जूनलाई छुन खोज्ने घामझैँ बल्न खोज्ने आगो‌झैँ न्यानो र फूलझैँ प्यारो विगतमा तुहिएका विश्वासहरु...
गीत: यो देश मेरो पनि हो

गीत: यो देश मेरो पनि हो

-आर. आर. चौलागाईं- यो देश मेरो पनि हो अनि यो देश तिम्रो पनि हो त्यसैले यो देश हामी सबैको हो । हिमालको आफ्नै स्वाभिमान छ पहाडको आफ्नै शान छ तराईको आफ्नै मान छ । सानो भए पनि हामी बलवान छौँ गरिब भए पनि हामी दिलदार छौँ पाखे भए पनि हामी सदाबहार छौँ । हामीलाई किन्न नखोज हामी बिक्दैनौँ हामीलाई तर्साउन नखोज हामी तर्सिन्नौँ हामीलाई झुकाउन नखोज हामी झुक्दैनौँ । -हेटौंडा, मकवानपुर ।...
लघुकथाः कथुरी

लघुकथाः कथुरी

-आरसी रिजाल- सन्तान हुर्के लाखापाखा लागे।बुढी पनि बितिन् । बुढा एक्ले खेतको झुपडीमा गाईसंग बस्छ्न । एक छेउमा गाई बाँधेको छ । बाछो मरे तापनि बुढालाई प्राणधान्न बिहान बेलुकी एकमुठी दुध दिन्छिन् । आफुले गाई स्याहर्न नसक्ने भएपछि एकदिन --" जाउ गौमाता आजबाट तिमी स्वतन्त्र भयौ । जङ्गलमा जाउ रोजिरोजि तिमलाई मनपर्ने घाँस खाउ, उतै बस्नु " भन्दै किलोसहित दाम्लो बाहिर फाले । तर साँझ गाई गोठमै फर्किन् ।घाँटीमा दाम्लो नबाँधिए पनि यथास्थानमै उभिइन् । यो सिलसिला जारी रहिरह्यो । पसु भनेर के गर्नु? बुढालाई सन्तानले छाडे पनि छाडिनन् । बुढा गल्दै गए, सिकिस्त भए । गाईले उनको मुखमा पर्नेगरी कल्चौंडोबाट दूध चुवाउथिन् । एकरात बुढाको मृत्युु हुन्छ । उनले चाल पाइन् । रातभर गोठ घुम्दै बाँ बाँ गरि कराएकोले अरुका घर अलि टाढै भएकोले बिहानी पख २/३ जना --" एक्ले बुढा गाई बांधेर कता लागे ? बुढी गाई भोकले होला रातभर करा...
कविताः नेता

कविताः नेता

-सुदीपभद्र खनाल- सच्चा नेता कुसमय हुँदा अड्छ नेतृत्व लिन्छ जस्तै आउन् उचनिच सदा राष्ट्र सम्झी खटिन्छ जस्को श्रद्दासँग हृदयले लोक सम्मान गर्छन् मर्दा लाखौँ जन युगयुगौँ सम्झिई फूल छर्छन् नेता त्यो जो कलह र व्यथा दु:ख अन्याय मेट्छ खोजी राम्रोपन विषमता बीच एकत्व जोड्छ आमा सम्झी मुलुक; रणमा मातृभू नीम्ति मर्छन् जस्को सारा जनहृदयले उच्च सम्मान गर्छन् नेता हो जो युगसँग स्वयम् साउती मार्न सक्छ हाँसी हाँसी जन र मुलुकी जीतमा हार्न सक्छ जस्ले कालो कुपथ कटुता भीड सारा समाल्छन् ल्याई नौलो समय धरतीमा नयाँ दीप बाल्छन् नेता त्यो जो जसँग छ युवा साथ बूढो र बाल हाल्छन् जस्ले जग नियमको कूट खेलेर चाल उम्दा नेता सुझबुझ गरी पाइला दूर चाल्छन् ल्याई धर्तीभर मनुजता प्रेम भातृत्व पाल्छन् नेता राम्रो उदय नभए उठ्न सक्दैन देश राम्रो यौटै मुलुक नभए सभ्यता के विशेष राम्रो नेता प्रखर छ भने राष...
कविताः टाउकामा आगो

कविताः टाउकामा आगो

-लालगोपाल सुवेदी- कसैको घाउमा काँढा राख्नु ! एकछिन त मजै हुन्छ कसैको दुखाइको स्वाद चाख्नु एकछिन त मजै हुन्छ टाउकामा आगो राख्नु आडम्बरको आगो ताप्नु ! ईर्ष्या मनकै झोलीमा पाक्नु एकछिन त मजै हुन्छ घृणाको आगो ताप्नु ! एकछिन त मजै हुन्छ प्रतिशोधको इरादा राख्नु ! एकछिन त मजै हुन्छ कसैलाई रुवाइको लागि पटक पटक पासो थाप्नु ! एकछिन त मजै हुन्छ ए घृणा ! ए घृणाको आगो ! थाहा छ ? घृणा गर्नेलाई घृणा गर्ने कति हुन्छन् ? दु:ख दिनेका पनि असङ्ख्य दु:खहरू छन् आफ्नै दुष्टमतिले पोलिरहेको हुन्छ दुष्टमतिलाई ती त पश्तातापको आगोले भत्भती जलेर जीवनभरि रुन्छन् । -अमेरिका ।...
डा. शशि थापाका तीन कृति लोकार्पण

डा. शशि थापाका तीन कृति लोकार्पण

नेपाल । डा. शशि थापा पण्डितका तीन कृति ‘नेपाली कलामा कामकला, मल्लकालिक नेपालका नारीहरू, नागार्जुन क्षेत्रका सांस्कृतिक अध्ययन’ लोकार्पण भएको छ । नेपाल आदर्श महिला सङ्घ, बालाजुद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रा. दिनेशराज पन्त, प्राडा जगमान गुरुङ, प्राडा वीणा पौडेल र प्राडा पेसल दाहालले संयुक्त रूपमा डा. शशिका कृतिहरूको लोकार्पण गर्नुभयो । प्राडा जगमान गुरुङले नेपाली कलामा कामकला पुस्तकमाथि समीक्षा गर्दै कामकलाको प्रसङ्ग आउनेबित्तिकै अश्लील बोलेको, लेखेको भन्ने अल्पज्ञान राख्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “सृष्टिलाई अनन्त बनाउनेलगायत गहन विषय बुझाउने उक्त कलाबारे नकारात्मक टिप्पणीले यस विषयमा अनुसन्धान गर्न पुस्तक प्रकाशन गर्न लेखकहरू हिचकिचाउने वातावरणमा डा। शशिले साहस र जाँगर देखाएको छ । त्यसै गरी प्राडा पन्तले मल्लकालिक नेपालका नारी पुस्तकमाथि चर्चा गर्दै ऐतिहासिक व...
सविन प्रियासनको ‘कालो मन’ उपन्यास सार्वजनिक

सविन प्रियासनको ‘कालो मन’ उपन्यास सार्वजनिक

नेपाल । साहित्यकार सविन प्रियासनको १२ औं कृति ‘कालो मन’ उपन्यास सार्वजनिक भएको छ । घोराहीमा रहेर लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय प्रियासनको उक्त कृति हालै विशेष समारोहबीच सार्वजनिक गरिएको हो । उपन्यासकार प्रियासनले यसअघि गत वैशाख महिनामा ‘कडी’ उपन्यास प्रकाशित गर्नुभएको थियो । ६ महिनाको अन्तरालमा नयाँ उपन्यास पाठक माझ ल्याउनुभएका उहाँको नयाँ कृति ‘कालो मन’ २०८ पृष्ठको छ । प्रियासनका अनुसार उपन्यास कृषिमा आधारित उद्यमशीलतामा सफल एक युवा र संघर्ष गरेर चिकित्साशास्त्र अध्ययन गरेकी युवतीबिचको प्रेमकथामा केन्द्रित छ। साथै समाजमा सन्देश दिने किसिमका थुप्रै उपकथाहरू पनि यसमा समावेश गरिएको उहाँले बताउनुभयो । ‘कालो मन’ शीर्षकमार्फत नकारात्मक सोचप्रति टिप्पणी गर्दै, नकारात्मक विचारमाथि विजय प्राप्त गरी हरेक क्षेत्रमा सफलता हासिल गर्न सकिने सन्देश उपन्यासले दिन खोजेको लेखक प्रियासनको भना...