९ कार्तिक २०८३, सोमबार

रास्वपा संघीयताविरोधी पार्टी होइनः सांसद झा

कोलोराडोखबर संवाददाता , October 26th, 2026

नेपाल । रास्वपाका सांसद मनीष झाले रास्वपा संघीयताविरोधी पार्टी नभएको बताएका छन्।

जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले रास्वपा संघीयता विरोधी नभई संघीय संरचनालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताए।

उनले प्रदेशसभा र प्रदेश परिषद्को अवधारणालाई अघि बढाउँदै संघीयतालाई अझ मजबुत बनाउँदै लैजाने उल्लेख गरे। उनले मधेशमा गत निर्वाचनमा रास्वपाले अत्यधिक मत पाएको उल्लेख गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पनि एकजुट भएर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे।

उनले अध्ययन, विचार र संस्कारमा आधारित सुसंस्कृत राजनीतिक अभ्यास आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्