१० कार्तिक २०८३, मंगलवार

एनपीएलः लुम्बिनी लायन्सको शानदार जित, मंगलबार दुई खेल हुँदै

कोलोराडोखबर संवाददाता , October 27th, 2026

नेपाल । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा शानदार जित हासिल गरेको छ।

त्रिवि क्रिकेट मैदानमा साविक उपविजेता सुदूरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो।

उसको विजयी सुरुवातामा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए। आसिफ ३२ रनमा आउट भए। निरोशन डिक्वेला ७ रनमा बोल्ड भए भने शमिम हुसेन एक र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे।

सुदूरपश्चिमका अनिल खरेलले दुई र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले १७ ओभर २ बलमा ८७ रन जोडेर अलआउट भएको थियो। किशोर महतो र शेर मल्लले उत्कृष्ट बलिङ गरे।

यसैबीच, नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्