१० कार्तिक २०८३, मंगलवार

एनपीएलको तेस्रो संस्करण प्रारम्भ भएको अवसरमा गगन थापाले दिए शुभकामना

कोलोराडोखबर संवाददाता , October 27th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण प्रारम्भ भएको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना सन्देश दिएका छन्।

सभापति थापाले नेपाली क्रिकेट आजको उचाइसम्म आइपुग्नुमा वर्षौँको सङ्घर्ष, अथक मेहनत र समर्पणको ठूलो योगदान रहेको उल्लेख गरेका छन्।

सीमित स्रोतसाधन र अनेकौँ प्रतिकूलताका बाबजुद नेपाली क्रिकेटलाई वर्तमान स्थानसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने खेलाडी, प्रशिक्षक तथा समर्थकहरूप्रति आभार प्रकट गर्दै उनले आगामी दिनमा नेपाली क्रिकेटले थप ऐतिहासिक सफलता र नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्