६ बैशाख २०८३, आईतवार

बुढ्यौली साहित्य समाज सप्तरीद्वारा शोककाव्य विमोचन

कोलोराडोखबर संवाददाता , April 19th, 2026

नेपाल । बुढ्यौली साहित्य समाज सप्तरीको आयोजनामा बुसास सप्तरीका ७७ वर्षीय अध्यक्ष मेघराज पौड्यालको प्रथम कृति ‘उकाली ओराली’ शोककाव्य (खण्डकाव्य) एक कार्यक्रमबिच सप्तरीको कञ्चनरूपमा विमोचन भएको छ ।

वैशाख ४ गते शुक्रवार बुढ्यौली साहित्य समाज सप्तरीको आयोजना तथा मेघराज पौड्यालको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

बुढ्यौली साहित्य समाज कोशी प्रदेशका संयोजक तथा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा आठ दशक उमेर पार गरिसकेका चन्द्रकुमारी कटुवाल, विमला नेपाल, नन्दराज पोखरेल, विश्वनाथ न्यौपाने, शालिग्राम अधिकारी, विष्णुकुमारी कोइराला, घनश्याम पोखरेल, फनकुमारी पोखरेल, पदमबहादुर कार्की, तिलकबहादुर बुढाथोकी तथा लोकबहादुर कटुवाल गरी ११ जनालाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा दिवाकर देवकोटा, उद्धवप्रसाद पौडेल, वेनुपप्रसाद पौडेल, तीर्थराज पोखरेल तथा गिरिराज पौडेलले मन्तव्य तथा रचना वाचन गरेका थिए ।

विश्वराज खतिवडा, टीका पोखरेल, रोहिणी रसिक, रमेशचन्द्र अधिकारी जस्ता व्यक्तित्वहरूको उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख अतिथि बाबुराम पोखरेलले लोकार्पित कृति सामाजिक यथार्थताको धरातलमा आफ्ना अनुभूतिहरू सँगालेर तयार भएको कुरा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्