नेपाल । कवि विमुन्स पौडेलका दुई नयाँ कविताकृति सार्वजनिक भएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मुकुन्दशरण उपाध्यायलगायतले पौडेलका दुई कविताकृति ‘सकस’ र ‘नसुनिने आवाज’ सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा प्रा. पुरुषोत्तम दाहालले ‘नसुनिने आवाज’माथि समीक्षात्मक टिप्पणी गर्दै विमुन्सका कवितामा जीवन दर्शन अभिव्यक्त भएको बताए । यस्तै, रत्नमणि नेपालले पनि अर्को कृतिमाथि समीक्षात्मक मन्तव्य राखे ।
कार्यक्रममा एनआर भट्ट ‘अनार’को उपन्यास ‘खाम’ पनि सार्वजनिक गरिएको छ । उक्त कृतिमाथि साहित्यकार भुवन बोहराले पाठकीय मन्तव्य राखे ।
प्रमुख अतिथि उपाध्याय, शकुन्तला दाहाल, कवि पौडेल, उपन्यासकार भट्टलगायतले बोलेका थिए ।
कविहरू कल्पना भट्टराई, सरस्वती अर्याल, निश्चल पराजुली, कविराज भट्टले कृतिभित्रका कविता वाचन गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्