कोलोराडो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको आयोजनामा कोलोराडोमा नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो शाखाको संयोजनमा आगामी मे महिनाको २२ तारिकदेखी २५ तारिकसम्म अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुन लागेको हो ।
उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको महासचिव राजु सिटौलाले जानकारी दिए ।
सन् २००९ मा पहिलो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएपछि हरेक दुई–दुई बर्षमा अमेरिकासहित जापान, अष्ट्रेलिया, पोर्चुगल, बेलायत लगायतका विश्वका बिभिन्न सहरमा ८ वटा सम्मेलन सम्पन्न भइसकेका छन् । नेपालसहित विश्वका बिभिन्न देशबाट १ सय ५० जना भन्दा बढि साहत्यिक अनुरागीहरू सहभागी हुने अनुमान गरिएको सम्मेलनमा करिव ५३ हजार डलर खर्च लाग्न सक्ने बताइएको छ ।
उक्त सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न तारा अधिकारी (आर्थिक समिति), दीर्घराज उपाध्याय (मिडिया–प्रमोशन), प्रकाश पौडेल (भेन्यु तथा लजिस्टिक), विजयदेव अधिकारी (सांस्कृतिक समिति), चन्द्र गुरुङ, भोजन व्यवस्थापन), रैवतराज पौडेल (लायजन), अर्जुन कार्की (यातायात तथा अतिथि व्यवस्थापन), सुशील दाहाल (स्वंमसेवक व्यवस्थापन) र परिवेश शर्मालार्य (रजिष्ट्रेशन) को जिम्मेवारी दिइएको छ ।
कोलोराडोमा नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुँदै
कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई सफल पार्न स्पोन्सर ग्रहण गरी सहयोग गर्न अनुरोध
कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई भव्य बनाउन आर्थिक समिति गठन
कोलोराडोमा हुने अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई भव्य बनाउने प्रतिबद्धता
कोलोराडोमा साहित्य सम्मेलन हुँदै, कार्यक्रमलाई भव्य बनाउन नोभेम्बर २९ मा छलफल आयोजना

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्