लघुकथा: बन्धनमा मृत्यु
-आरसी रिजाल-
आदर्श मेरो अन्तरङ्ग लँगौटीया मित्र -- उसका भोगाइ मबाहेक अन्त भन्दैनथ्यो। ४०बर्ष अगाडि सुनाएको पीडादायिक घटना आजसम्म मैले भुल्न सक्याछैन्। पीडा गुमस्याएर राख्न हुन्न भन्छन्। त्यसैले मन हलुँगो पार्दैछु -:
तिनभाइमा आदर्श जेठो। आमा मानसिक रोगी-- कहिलेकाहीँ घरबाहिर निस्केर छिमेकीलाई गाली गर्ने--कहिले हराएर खोज्न जानपर्ने।एकजनाले छोड्नै नमिल्ने।उबेलाँ धामीझाँक्रीबाट उपचारका नाममा -- कुचोले हिर्काउने,खोर्सानीको धुप सुँघाउने, पन्यौ तताएर डाम्नेसम्म गरेकै हुन् ।
आमालाई तिनभाइले एकएक रात पालो मिलाएर कुर्थे ।आदर्शको पालोको दिन बिहान चारबजे बिउँझेर आमालाई छाम्दा सिताङ्ग पायो। अनि करायो -- लौ न आमा बोल्नु हुन्न, के भयो ? छिटोछिटो आओ..........।
आमाको मृत्युको केहि बर्षपछि प्रबचनमा -- " मातापिता जीउँदै छँदा सेवा नगर्ने पुत्रले मृत्युपछि गोकर्ण,मुक्तिनाथ त के गया पुगेर चढाएको पिण्ड ...









