लघुकथा: नजर
-आरसी रिजाल-
७५ बर्षे दिदी सिकिस्त हुनुहुन्छ भनेको सुनेर भेट्न गएँ।उहाँले मलाई चिन्नु भएन। भान्जी बुहारीले पातलो दाल दुईतीन चम्चा खुवाइन्।घुटुक्क निल्नु भयो। मैले बुहारीलाई -- यो घिटघिटी कहिलेसम्म स्याहार्न पर्ने हो ? तिमले कष्ट भोग्न पर्नेभो भन्दा ऊनीले - मामा ईश्वरको पुजाभन्दा बुढाबुढीको सेवागर्दा झन ठूलो पुण्य कमाइन्छ भन्छन् ।यस्तो सौभाग्य जो कोहीले कहाँ पाउछ र भनिन् ।
* * *
दिदीको मुखहेरेर फर्केको तेस्रोदिन छिमेकी साथीकोमा चिया पिउदै थिएँ मोबाइलको घण्टी बज्यो।बुहारीले- तपाईंको दिदीको बैकुण्ठवास भयो भनिन्। मैले - के गर्छेस नानी,मनुस्य चोला यस्तै हो।चित्त नदुखाउ दिदीको आत्माले शान्ति पावस भन्दै मोबाइल बन्द गरेँ। माइती आएकी साथिकी बैनि रुकुले - कसलाई के भयो दाइ भनिन् । मैले- खै मेरो ग्रहै त्यस्तो हो कि काकताली परेको हो। आजसम्म मैले हेर्न गएको सिकिस्त बिरामी एकहप्ता भित्रमा सबै गएका छन...









