१६ बैशाख २०८३, बुधबार

भाषा/साहित्य

लघुकथा: नजर

लघुकथा: नजर

-आरसी रिजाल-  ७५ बर्षे दिदी सिकिस्त हुनुहुन्छ भनेको सुनेर भेट्न गएँ।उहाँले मलाई चिन्नु भएन। भान्जी बुहारीले पातलो दाल दुईतीन चम्चा खुवाइन्।घुटुक्क निल्नु भयो। मैले बुहारीलाई -- यो घिटघिटी कहिलेसम्म स्याहार्न पर्ने हो ? तिमले कष्ट भोग्न पर्नेभो भन्दा ऊनीले - मामा ईश्वरको पुजाभन्दा बुढाबुढीको सेवागर्दा झन ठूलो पुण्य कमाइन्छ भन्छन् ।यस्तो सौभाग्य जो कोहीले कहाँ पाउछ र भनिन् । * * * दिदीको मुखहेरेर फर्केको तेस्रोदिन छिमेकी साथीकोमा चिया पिउदै थिएँ मोबाइलको घण्टी बज्यो।बुहारीले- तपाईंको दिदीको बैकुण्ठवास भयो भनिन्। मैले - के गर्छेस नानी,मनुस्य चोला यस्तै हो।चित्त नदुखाउ दिदीको आत्माले शान्ति पावस भन्दै मोबाइल बन्द गरेँ। माइती आएकी साथिकी बैनि रुकुले - कसलाई के भयो दाइ भनिन् । मैले- खै मेरो ग्रहै त्यस्तो हो कि काकताली परेको हो। आजसम्म मैले हेर्न गएको सिकिस्त बिरामी एकहप्ता भित्रमा सबै गएका छन...
दुई वर्षको जगदीश घिमिरे स्मृति पुरस्कारको घोषणा

दुई वर्षको जगदीश घिमिरे स्मृति पुरस्कारको घोषणा

नेपाल । जगदीश घिमिरे प्रतिष्ठानले दुई वर्षको जगदीश घिमिरे स्मृति पुरस्कारको घोषणा गरेको छ  । २०८१ सालको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको साहित्यकार पवन आलोकलाई प्रदान गरिने निर्णय गरिएको प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिनुभयो । सो पुरस्कारको राशि ५१ हजार नगद रहेको छ । उक्त पुरस्कार आगामी माघ महिनामा प्रदाने प्रतिष्ठानकी संरक्षक दुर्गा घिमिरेले जानकारी दिनुभएको छ ।...
विभिन्न क्षेत्रका नौ अग्रजलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान

विभिन्न क्षेत्रका नौ अग्रजलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान

नेपाल । पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसमा समाजका विभिन्न क्षेत्रका नौ अग्रजलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगरका प्रमुख धनराज आचार्यले बुधबार आयोजित समारोहमा उहाँहरूलाई जनही दुई लाख दुई हजार दुई सय दुई रुपियाँ, ताम्रपत्र र पदकसहित सम्मान गर्नु भएको हो । महानगरले पुम्दीकोटमा विशाल शिवमूर्ति बनाउने अभियानको नेतृत्व गर्ने चन्द्रकान्त बराल, चर्चित ब्यान्ड नेपथ्यका अमृत गुरुङ र उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई सम्मान गरेको छ । यसैगरी, पोखरेली नवरत्नबाट सम्मानित हुनु हुनेहरूमा साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तिलकमान गुभाजु, पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राडा बुद्धिबहादुर थापा, शिक्षासेवी प्राडा वीरेन्द्रसिंह गुरुङ, महिला उद्यमी रामकली खड्का तथा उद्योगी हरिप्रसाद पाण्डे सम्मानित हुनु ...
महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न

महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न

नेपाल । डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ । ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’ का हरफ सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गर्नुभएको थियो  । लम्सालले केही काव्यका र केही निजी सन्दर्भ सुनाइरहँदा दर्शकदीर्घा निकै रोमाञ्चित भएको थियो । बाँसुरीसहित महाकाव्य लिएर डाक्टर लम्साल मञ्चमा पहिलो पटक प्रस्तुत हुनुभएको हो । डा. लम्सालले कविता वाचन गरिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका ती दिनको याद गरे । ललितपुरको झम्सीखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवासँगै विभिन्न पेसा र व्यवसायका विशिष्ट व्यक्तित्वको बाक्लो उपस्थिति थियो ।...
रमेश खकुरेललाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मान

रमेश खकुरेललाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मान

नेपाल । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले विभिन्न साहित्य सर्जक र सामाजिक संस्थालाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । कवि दैवज्ञराज न्यौपानेको ८४ औँ जन्मजयन्ती र १४ औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले तीन स्रष्टा र एक सामाजिक संस्थालाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मान, दैवज्ञ साहित्य पुरस्कार, दैवज्ञ बालसाहित्य पुरस्कार र दैवज्ञ समाज सेवा पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यापानेको अध्यक्षतामा आयोजित कार्यक्रममा दैवज्ञ विशिष्ट स्रष्टा सम्मान ५५,५५५ रुपियाँसहित साहित्यकार रमेश खकुरेललाई सम्मान गरियो । नारायणप्रसाद उपाध्यायलाई दैवज्ञ साहित्य पुरस्कार तथा कल्पना प्रधानलाई दैवज्ञ बालसाहित्य पुरस्कृत प्रदान गरिएको थियो । सम्मानित दुवैले जनही ३३,३३३ रुपियाँ प्राप्त गर्नुभयो । यसै ग...
अमेरिकासहितका देशमा भ्रमण गर्दाको अनुभव समेटिएको नियात्रा सङ्ग्रह लोकार्पण

अमेरिकासहितका देशमा भ्रमण गर्दाको अनुभव समेटिएको नियात्रा सङ्ग्रह लोकार्पण

नेपाल । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वप्रशासक धनविक्रम सिंहद्वारा लिखित नियात्रा सङ्ग्रहको लोकार्पण गर्नुभएको छ । लेखनकुञ्ज ‘घोष्ट राइटिङ’द्वारा प्रकाशित उक्त पुस्तकमा ८३ वर्षीय लेखक सिंहले आफ्नो जीवनको विभिन्न कालखण्डमा गर्नुभएको यात्राको वर्णनलाई कलात्मक एवं रोमाञ्चक ढङ्गबाट प्रस्तुत गर्नुभएको बताइएको छ । नेपालका विभिन्न भागसहित भारत, हङकङ, पाकिस्तान, संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, अफ्रिकी मुलुक केनियालगायत बाह्य देशमा भ्रमण गर्दाको अनुभवलाई पुस्तकमा समावेश गरिएको छ । भारतको विहारमा स्कुल अध्ययन गर्दाको, उच्च शिक्षा अध्ययनसहित ३० वर्षको सरकारी सेवामा रहँदाको र सेवा निवृत्त भएपछिका दिनमा सम्हालेका अनुभवलाई समेटेर नियात्रा कृति तयार गरेको पूर्वप्रशासक सिंहले जानकारी दिनुभयो । पुस्तक लोकार्पण समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले छ वर्षअघि पूर्वप्रशासक स...
झरना साहित्यिक परिवार मकवानपुरको ३२१औँ साहित्यिक शृङ्खला सम्पन्न

झरना साहित्यिक परिवार मकवानपुरको ३२१औँ साहित्यिक शृङ्खला सम्पन्न

नेपाल । झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो ३२१ औँ साहित्यिक शृङ्खला एवम् निरञ्जना चन्द निरुकृत कविता सङ्ग्रह ‘वनफूलको विद्रोह’ माथि विमर्श कार्यक्रम मंसिर २६ शनिवार गते सम्पन्न गरेको छ । झरना साहित्यिक परिवारका अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा महाकाव्यकार मुना अर्यालको प्रमुख आतिथ्य रहेको थियो । विशिष्ट अतिथि तथा कृति समीक्षक डा. निमेष निखिलद्वारा ‘वनफूलको विद्रोह’ कवितासङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । मकवानपुरका अग्रज साहित्यकारहरूको राम्रो उपस्थिती रहेको सो कार्यक्रममा स्वागत मन्तव्य झरनाका कार्यसमिति सदस्य हरिप्रसाद घिमिरेले गर्नुभएको थियो । साहित्य सङ्गम तथा सिस्नुपानी नेपपाल मकवानपुरको संयुक्त भवनमा सञ्चालित उक्त कार्यक्रममा कृतिकारले मन्तव्य सहित आफ्ना केही प्रतिनिधिमूलक रचना वाचन गर्नुभएको थियो भने प्रमुख अतिथिले कृतिको प्रशंस...
बुढ्यौली साहित्य समाज सिन्धुलीको कार्यक्रममा भजन तथा कवितासङ्ग्रह विमोचन

बुढ्यौली साहित्य समाज सिन्धुलीको कार्यक्रममा भजन तथा कवितासङ्ग्रह विमोचन

नेपाल । बुढ्यौली साहित्य समाज सिन्धुली तथा उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठानको संयुक्त आयोजनामा एक भव्य कार्यक्रम बिच ७९ वर्षीया साहित्यकार दुर्गादेवी ढकालको तेस्रो कृति ‘बुढ्यौलीको कलम’ (भजन तथा कवितासङ्ग्रह) विमोचन गरिएको छ । स्रष्टा दुर्गादेवी ढकाल, जानुका अन्जान तथा श्याम पुलामीको जमदिनको अवसरमा ढकालकै प्राङ्गणमा भएको सो कार्यक्रममा उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठानका अध्यक्ष तुलसी ढकालले स्रष्टा ढकालका कृतिको बारेमा मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा बुढ्यौलीको कलम लोकार्पण कार्यक्रममा रचना वाचन गर्ने स्रष्टाहरु लोकेद्र डहरे, धनमाया राई, बाबुराम फुयल, केशव फुयल, महेश्वर कोइराला, कृष्ण बराल, शेषराज दाहाल, टङ्कध्वज थापा, विद्या कोइराला, गणेश काफ्ले, राजेश पोख्रेल, केशव अधिकारी, सोमिता खड्कालगायतले आआफ्ना कविता, गजल, मुक्तक तथा लघुकथा सुनाउनुभएको थियो ...
कविताः बहुरुपी बादलप्रति

कविताः बहुरुपी बादलप्रति

-सर्वज्ञ वाग्ले- सफा, नीलो र स्निग्ध आकाशमा हरदम मडारिन लालायित हुन्छ सेतो बाघजस्तो एउटा सफेत बादल मन्द-मन्द राज महकमा ढलपल-ढलपल पल-पलमा स्वाधीनताको पुजारीजस्तो यत्रतत्र छरिएर छिनमै गर्जनकासाथ रुप बदल्दै हुँकार दिंदै, बिजुलीको झंकारमा पनि कञ्चन ! छौ तिमी क्या पुलकित ! क्या तरंगित ! क्या पारंगत ! छिनको चमकमा तुरुन्तै दर्काउँन पानी वर्षाउँन चट्याङ हिउँजस्तो सेतो, भुवाजस्तो कंचन, हिमालजस्तो अटलतामा फेरी क्षणभरमै घमण्डमा उत्रिने छेपाराको चालमा रंग बदल्ने कञ्चनबाट कालो-नीलो अनि अन्धकारबाट निराकार बहुलाउँदै उर्लेर आकाशबाट तत्क्षण वर्षा भयंकर एकाएक असिना लौ ओइरियौ तिमी त बादल ! लाग्दछ- यो त तिम्रै पसिना हो तिमी सेतोबाट कालो अनि नीलो बादलको रूप धारण गरेर क्षण-क्षणमा टुक्रनु अपसकुन भन्छन् फगत तिम्रा घमण्डले ईश्वरका सृष्टीमाथी कुदृष्टि लाग्यो त्यसैले होला यहाँ...
कविताः सन्देश

कविताः सन्देश

-सुदीपभद्र खनाल- कविका मूर्तिमा हात छैन सन्देश के दिन सत्ता विरूद्दमा लेखे सक्तछन् हात काटिन नेताका मूर्तिमा गोडा राखिँदैन बुझौँ किन सत्ता विरूद्दमा हिँड्दा सक्दछन् पग खोसिन उड्छन् आकाशमा पञ्छी कुन सन्देश त्यो दिन ज्ञान कर्म र इच्छाले सक्छ आकाश नापिन सत्ताका जल्दछन् पुत्ला कुन तात्पर्यले भन नवीन सृष्टिका निम्ति थोत्रो पर्दछ मासिन फक्रन्छ फूलको शोभा जल वर्षा हुँदा तर अतिवृष्टि भए बाढी पसेर बन्छ बञ्जर सिञ्चने जल आफैँनै महाविनाश भो किन अतिले खति सर्वत्र गर्छ सन्देश यो दिन भाग्छ अन्ध त्यहाँबाट जहाँ प्रकाश भो किन सत्यका अघि टिक्तैन झूट सन्देश यो दिन घुम्दछन् ग्रह ब्रम्हाण्ड कुन सन्देश त्यो दिन आआफ्नै गतिमा चल्छन् सर्वत्र सर्व जीवन । -अमेरिका ।...