२९ जेष्ठ २०८३, शुक्रबार

मोमिला जोशीलाई सम्मान प्रदान गर्ने निर्णय

कोलोराडोखबर संवाददाता , June 12th, 2026

नेपाल । जलरिका साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ यस वर्षदेखि चार सर्जकलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानद्वारा प्रेषित विज्ञप्तिअनुसार यस वर्ष काव्य विधातर्फ कवि तथा निबन्धकार मोमिला जोशीलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले यसअघि नै नेपाली आधुनिक गीत संगीततर्फ गायक संगीतकार माणिकरत्न स्थापित, समालोचनातर्फ प्राडा गोविन्दराज भट्टराई र आख्यानतर्फ आख्यानकार नयनराज पाण्डेलाई सम्मानित गर्ने घोषणा गरिसकेको छ ।

प्रतिष्ठानका अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठले जानकारी दिएअनुसार यो सम्मान २०७४ सालमा दुई सर्जकलाई, ०७५ सालदेखि तीन सर्जकलाई दिइँदै आइएको हो ।

२०८३ सालदेखि चार सर्जकलाई ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ प्रदान गरिने निर्णय गरिएको श्रेष्ठले बताइन् । सम्मानित स्रष्टा साधकहरूलाई जनही एक लाख नगद राशिसहित ढलौटको प्रतिमा प्रदान गरिने पनि उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्