लघुकथा: कोख नै दोख
-आरसी रिजाल-
पिता बितेको एकबर्षपछि छोराले आमालाई भन्यो -- बुहारीलाई ठूलो रोग लागेको छ। कसैलाई नभन्नु होला । नत्र सबैले छि: छि: दुरदुर गर्छ्न। डाक्टरले भन्या लाखौं खर्च हुन्छ रे ! ऊनी तलमाथी परिन् भने हाम्रो त जहाजै डुब्छ।
आमाले -- आआफ्नो भोग हो बाबू। मसंग दुमडी छैन् ।मैले के गर्न सख्छु र ? भनिन् ।
छोराले -- यहि घरजग्गा सहकारीमा धितो राखेर उपचार गराउन पर्यो भन्यो।
आमाले -- मेरो समाउने हाँगो भनौ वा टेक्न लौरो त्यहि ४ आनाको लालपुर्जा हो। तर नातिनीको साह्रै माया लाग्छ भनिन् ।
छोराले -- तपाईंलाई बान्चुन्जेल हामी थैथैगरेर पालिहाल्छौँ । एक डेढबर्ष कामगरेर घरजग्गा निखनी हाल्छु भनेर उपचार गराउने निहुँमा सहरतिर लाग्यो। एकबर्षसम्म बिबिचमा सन्चोबिसन्चो सोध्न आउँथ्यो । त्यसपछि बेखबर छ।
ब्याज नतिरेकोले दुईबर्षपछि सहकारीले घर लिलाम गर्यो। बुढी अहिले गाँउलेको जुठोपुरो खाएर प्लास्टिकको छा...









