-आरसी रिजाल-
हातखुट्टा थरथराउने बाउलाई
केटाकेटीलाई झैँ —
आफ्नै हातले खुवाइदिन्छ
घिन नमानी पुछ्पाछ गर्दिन्छ
फोहर कपडा फेर्दिन्छ
बिहानै पाखुरा समाइ डुलाइदिन्छ
हप्तैपिछ्ये नुहाईदिन्छ
तेल मालिस गरि सुताइदिन्छ।
पौराणिक पात्र श्रवणलेझैँ
सेवागर्ने यस्तो छोरालाई
बुढाको तन्तु खुस्केर हो कि?
एकदिन हकार्दै भन्छ्न् —
बल्ल तँलाई मैले चिनेँ
तँ बाउसंग बदला लिने ।
छोरा झस्किन्छ र सोध्छ —
बुवा मबाट के त्रुटि भयो ?
बुढाले हाँस्दै
छोराको गाला मुसार्दै —
तँ बालक छँदा
जसरी मैल स्याहार्थ्येँ
त्यसरी ऎले बदला लिँदैछ्स्।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्