गीतकार दिनेश अधिकारीलाई ‘आइएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मान’ प्रदान
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आईएनएलए) र साहित्य कला संगम (एसकेएस) को संयुक्त आयोजनामा दोस्रो वार्षिक सम्मेलन सम्पन्न भएको छ ।
अमेरिकाको पेन्सिल्भेनिया राज्यमा आयोजित कार्यक्रममा नेपाली साहित्य तथा गीतसंगीतका क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका स्रष्टा कवि गीतकार दिनेश अधिकारीलाई ‘आइएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मान’ प्रदान गरियो । अधिकारीलाई सम्मानसँगै नगद राशि एक हजार एक अमेरिकी डलरसमेत प्रदान गरिएको छ ।
उक्त अवसरमा अन्य सर्जकहरूलाई पनि सम्मानित गरिएको छ । कार्यक्रममा गायिका यशोदा पराजुलीलाई ‘आईएनएलए गायन सम्मान’ नगद राशि ५०१ डलरसहित प्रदान गरिएको छ । त्यस्तै, कवि गीतकार पुरुषोत्तम लम्साल (पुरु लम्साल) लाई ‘आईएनएलए गीत सम्मान’ नगद राशि ५०१ डलरसहित प्रदान गरिएको छ ।
साबु गदाल कार्कीलाई नगद राशि ५०१ सहित ‘आईएनएलए गीत सम्मान (डायस्पोरा)’ प्रदान गरिएको छ । उनी डायस्पोराम...









