३० बैशाख २०८१, आईतवार

भाषा/साहित्य

पत्रकार कार्कीले पाए कतार च्याप्टरको ‘अनेसास शिखर पुरस्कार’

पत्रकार कार्कीले पाए कतार च्याप्टरको ‘अनेसास शिखर पुरस्कार’

नेपाल । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरले यस वर्षको ‘अनेसास शिखर पुरस्कार’ पत्रकार होम कार्कीलाई प्रदान गर्ने भएको छ । नेपाली पत्रकारिता तथा साहित्यको क्षेत्रबाट कतारको साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै कार्कीलाई पुरस्कृत गर्ने निर्णय भएको अनेसास शिखर पुरस्कार समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बताउनु भयो । यो पुरस्कारको उद्देश्य प्रवासमा नेपाली भाषा साहित्य, कला र गीतसंगीतमा समर्पित एक उत्कृष्ट स्रस्टालाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको छ । साहित्यकार स्वर्गीय शिखर वैद्यको सम्मानमा अनेसास कतार च्याप्टरले यो पुरस्कार स्थापना गरेको हो । मकवानपुर घर भएका कार्कीले सञ्चारमाध्यम मार्फत लामो समयदेखि प्रवासी कामदारहरको सुखदुःखका विषयवस्तु उठान गर्दै आउनु भएको छ । उहाँले ‘सनैया’ नामक पुस्तक पनि प्रकाशन गरेका छन् ।...
अनेसास बेल्जियममा नयाँ नेतृत्व, अध्यक्षमा कारंजित

अनेसास बेल्जियममा नयाँ नेतृत्व, अध्यक्षमा कारंजित

बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियममा नयाँ नेतृत्व चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा सौरभ कारंजित चयन हुनु भयो । त्यसैगरी उपाध्यक्षमा लोकनाथ शर्मा, महासचवमा गोपाल दाहाल, सचिवमा जमुना गैरे बास्तोला र कोषध्यक्षमा श्रीराम प्रसाईँ चयन हुनु भएको हो । त्यसैगरी सदस्यहरुमा मुना ताम्राकार, कौशल खनाल, लीलाधर पन्त, मुना राई, बिना खतिवडा र विनोद शाही चयन हुनु भएको छ ।...
कविताः ब्याक बेन्चर्सहरू

कविताः ब्याक बेन्चर्सहरू

–लक्ष्मण आचार्य– राजनीतिमा तिनकै दबदबा छ सडकमा सदनमा तिनीहरू नै छन् सायद अघिल्लो बेन्चमा बस्नेहरू कहिल्यै त्यहाँ पुग्दैनन् वा चाहेर पनि कहिल्यै त्यहाँ पुगेनन् सुकिलो समयको सुरिलो गीत तिनले गाउँछन् उज्यालोको सपना देखाएर तिनैले हामीलाई सताउँछन् विद्यालयीय जीवनमा जसले कहिल्यै प्रश्न गरेन शिक्षकसँग कहिल्यै गरेन गृहकार्य जसले जहिल्यै ूगृहकार्य खोइ, भन्दा शिक्षकलाई आँखा तर्थ्यो आज उहीँ संसदमा छ मन्त्री मण्डलमा छ प्रतिपक्षमा छ ठेक्कामा छ कमिसनमा छ सडकमा छ पुलिसमा छ आर्मीमा छ माथ्लो तहमा छ तल्लो तहमा छ अघिल्लो बेन्चमा बस्नेहरूले देश छोडिरहेका छन् भूगोलसँगको नाता तोडिरहेका छन् देशमा भने चारैतिर उनै ब्याक बेन्चर्सहरू मात्र छन् तपाईं नै भन्नुस न महाशय यति बिग्न ब्याक बेन्चर्सहरूले शासन गरेको देश कसरी फरवार्ड हुन्छ ? –चन्द्रपुर, रौतहट ।...
बालकविताः क्याल्कुलेटर

बालकविताः क्याल्कुलेटर

–रमेशचन्द्र घिमिरे– हिसाब गर्थे बाजेले औँला भाँचेर हामी हिसाब गर्दैछौँ मिसिन जाँचेर ‘यति मुरी धान भयो कोदो यति पाथी यतिको दर बेच्नुपर्दा कति हुन्छ नाति’ औँला भाँच्दै सोध्नुभयो हाम्रा बाका बाले कापी कलम झिकेँ अनि हिसाब गर्न थालेँ जोड्ने गुन्ने मेसो पाइनँ अल्मल गरेँ अनि हजुरबालाई गफ दिएँ फुर्सद छैन भनी ‘सर, मिसले दिनुभा’को गृहकार्य टन्न सकेपछि भन्छु ऐले सक्तिनँ म भन्न यसो भन्दै पढ्ने निहुँमा कोठाभित्र पसेँ क्याल्कुलेटर खोजेँ अनि हिसाब गर्न बसेँ बाहिर आई भनेँ–‘बल्ल गृहकार्य भ्याएँ धान–कोदोको हिसाब पनि मिलाएर ल्याएँ’ हजुरबाले सोध्नुभयो–‘कसो गरिस् तैँले’ तर उत्तर भन्दिनु भो मैलेभन्दा पैले भनेँ मैले–‘उत्तर मिल्यो साह्रै छक्क परेँ हो हजुरबा मैले पनि हजुरले झैँ गरेँ’ ‘लुकी लुकी क्याल्कुलेटर हान्ने बानी तेरो औँला भाँच्दै उत्तर ठ्याक्कै पार्ने बुद्धि मेरो’ हाँसी–हाँस...
कतारमा सुनिए कवि कृसु क्षेत्री

कतारमा सुनिए कवि कृसु क्षेत्री

काठमाडौँ । कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली संघ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो । महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी आरम्भ भएको उक्त कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ तथा पुराना गरी एक दर्जन कवितामार्फत समसामयिक घटना र प्रवासको जीवनको चित्रण गर्नुभएको थियो । कवि, गजलकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष लेख कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । कार्यक्रमका सभापति लेख कार्क...
वरिष्ठ बालसाहित्यकार मानन्धरको ९० वर्षको उमेरमा निधन

वरिष्ठ बालसाहित्यकार मानन्धरको ९० वर्षको उमेरमा निधन

काठमाडौँ । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार उहाँको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले बताउनुभयो । स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो । साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशकन गर्नुभएको थियो । छ दशकभन्दा लोमो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गर्नुभएका उहाँले राणा शासनदेखि नै बालखुराक पस्कदै आउनुभएको हो । साहित्यकार उपाध्यायका अनुसार मानन्धरको अन्त्येष्टि बुधबार गरिनेछ ।...
महाकवि देवकोटाको जन्मजयन्तीमा कोलोराडोखबरको चर्चा

महाकवि देवकोटाको जन्मजयन्तीमा कोलोराडोखबरको चर्चा

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जयन्तीको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा बाराकी साहित्यकार अप्सरा पुडासैनीलाई ‘शिवसावित्री अधिकारी स्मृति सम्मान २०८०’ प्रदान गरिएको छ । शिवसावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको संयुक्त आयोजनामा सम्पन्न स्रष्टा सम्मान, रचना वाचन एवम् विद्यालयस्तरीय कविता प्रतियोगितामा पुडासैनीलाई नगद ११ हजार १११ रुपैयाँसहित सम्मानित गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार पार्थमणि भट्टराईले महाकवि देवकोटाको राजनैतिक जीवनबारे प्रकाश पारेका थिए । बहुमुखी प्रतिभाका धनी देवकोटाका राजनैतिक विचारहरुको संग्रह ‘नागरिकशास्त्र’ आफूले सम्पादन गरेको जानकारी गराएका थिए । सर्लाही, महोत्तरी, बारा, रौतहट र मकवानपुर जिल्लाका साहित्यकारहरुको सहभागिता रहेको कार्यक्रममा ‘हजुर बुबा’ शीर्षकमा विद्यालयस्तरीय बालकविता प्रतियोगिता गराइ...
लघुकथाः गुनासो

लघुकथाः गुनासो

–सञ्जय साह मित्र– एक हुल युवतीहरूले गुनासो गरे – सर, गेटमा केटाहरू उभिन्छन् । गेट साँघुरो छ । ओहोरदोहोर गर्न धेरै गाह्रो हुन्छ । सबैभन्दा बढी धक्का त्यहीँ हुन्छ । हुन्छ, केटाहरूलाई हटाउँछु – सरले आश्वासन दिनुभयो । आफैँ गएर गेटसम्म सरले केटाहरूलाई चेतावनी दिनुभयो – गेटमा उभिएको अब कसैलाई देखें भने कारवाही गर्छु । भीडबाटै कुनै केटाले जिस्कँदै सोध्यो – गेटमा कहिल्यै नउभिनेलाई ? वाहवाही गर्छु – जवाफ फर्काउनुभयो । सरको बोली टाइट र भाषा राइट थियो । सरले कारवाही गर्ने भनेपछि केटाहरूमा भय उत्पन्न भयो । युवतीहरूले गुनासो गरेका केटाहरूले बानी बदले । युवतीहरूले पनि बानी बदले । अदलाबदली भयो । कतैबाट गुनासो नआई कारवाही हुँदैन । सिसिटिभीको स्क्रिनमा सबै तमासा देखिन्छन् तर कतैबाट कुनै गुनासो छैन । गुनासो नहुँदासम्म सबै सामान्य । केटाहरू उभिने गेट विस्तारै युवतीहरूले भरिन थाल्यो । पहिले...
लघुकथा; अचम्मको खुसी

लघुकथा; अचम्मको खुसी

–सञ्जय साह मित्र– हाडबाहेक शरीरको अरु कुनै पनि अंग सही छैन । जीउमा मासु त छँदैछैन, चाउरिएर झोलिएको छालाले हाडलाई छोपे पनि खोपिल्टाहरुले वृद्ध जीर्ण शरीरले ऐतिहासिक धरोहररुपी खण्डहरको अनुभूति गराउँछ । ठ्याक्कै त होइन तर सय वर्षमा कम होला भन्ने कसैलाई लागेको छैन । जब अलिकति बिरामी पर्छिन् तब बुढी खुसी हुन्छिन् । मर्न पाइयो भनेर खुसी हुने संसारको पहिलो दुर्लभ प्राणी हुनुपर्छ तर खुसीमा जहिले पनि बाधा बनेर आइपुग्छ छिमेकी नाति । उसले निस्कनै लागेको प्राणलाई एउटा सूई दिन्छ र निस्कनै बाटो नै रोकिदिन्छ । जब बिरामी पर्छिन् बुढी तब भगवानको नाम लिँदै सराप्न थाल्छिन् नातिलाई – मेरो प्रिय मृत्युलाई मार्ने अप्रिय नातिको कहिल्यै कल्याण नहोस् ईश्वर । अहिले फेरि बिरामी परेकी छिन् बुढी । अन्न ग्रहण नगरेको चार दिन नाघिसकेको छ । कसैले डाक्टर बोलाउने नाम लिँदा उनैलाई सराप्न थाल्छिन् । औषधि खान छोडिसकिन् ...
कोलोराडोमा बालबालिकालाई भाषा सिकाउँदै ‘नेपाली भाषा पाठशाला’

कोलोराडोमा बालबालिकालाई भाषा सिकाउँदै ‘नेपाली भाषा पाठशाला’

कोलोराडो । अमेरिकाको कोलोराडो निवासी नेपालीमूलका बालबालिकालाई नेपाली भाषा पढ्न, लेख्न, सुन्न र बोल्न सिकाउने उद्देश्यसहित नेपाली भाषा पाठशाला सञ्चालनमा रहेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नेतृत्व तथा दिदीबहिनी समूह (सिस्टर्स ग्रुप), गैर आवासिय नेपाली संघ (एनआरएनए कोलोराडो), नेपाली घर र रक्की माउन्टेन फ्रेण्डस् अफ नेपाली संस्थाको सहयोग र समन्वयमा उक्त पाठशाला सञ्चालन भएको हो । पाठशाला सन् २०२२ जुनबाट सञ्चालनमा आएको हो । पहिलो वर्ष कोलोराडोको नर्थग्लेन एक ठाउँमा मात्रै सञ्चालन भएको पाठशाला सन् २०२३ मा अरोरामा पनि बिस्तार भएको छ । पहिलो वर्ष भाषा पाठशालामा ४० जना र दोस्रो वर्ष दुई ठाउँमा गरी १२० जना बालबालिका सहभागी भए । प्रत्येक वर्ष कोलोराडोमा मे महिनादेखि अगस्ट महिनामासम्म विद्यालयहरु बन्द हुन्छन् । यो समर ब्रेकका ४ महिना नेपाली भाषा पाठशाला सञ्चालन हुने ग...