२१ श्रावण २०८३, बिहीबार

मरहट्टाको कवितासङ्ग्रह ‘यता कि उता ?’ विमोचन

कोलोराडोखबर संवाददाता , August 6th, 2026

नेपाल । कवि शरद्पराशर मरहट्टाको कवितासङ्ग्रह ‘यता कि उता ?’ आइतबार विमोचन गरिएको छ ।

साहित्यकार डा. नीलम कार्की निहारिका, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजकी अध्यक्ष गीता बस्नेत र कविपत्नी कमला मरहट्टाले संयुक्त रूपमा उक्त सङ्ग्रह विमोचन गर्नुभएको हो ।

प्रमुख अतिथि निहारिकाले प्रवासी नेपाली साहित्यमा ‘यता कि उता ?’ ले आफूले समेत नदेखेको पाटो कवि मरहट्टाले देखाइदिनुभएकाले आफू निकै खुसी भएको बताउनुभयो । उहाँले प्रवासी साहित्यकारले नेपाली साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको पनि उल्लेख गर्नुभयो ।

कवि तथा गीतकार शिव पलाँस, साहित्यकार ईश्वर देवकोटा, कवयित्री नम्रता गुरागाईं र उमा शर्माले अमेरिका आएका पुस्ताका आप्रवासीले यता (अमेरिका) बस्ने कि उता (नेपाल) जाने भन्ने दुबिधा बोकेर बसेको कुरालाई पुस्तकले उजागर गरेको बताउनुभयो ।

कार्यक्रममा डा. शिवहरि मरहट्टा, डा. बालकृष्ण शर्मा, शिखर दुलाल र ददिन पाण्डेले मन्तव्य दिनुभएको थियो । ४५ वटा कविता सङ्गृहीत पुस्तक मकालु ग्रुप अफ कम्पनीले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्