लघुकथाः दूरदर्शी
-आरसी रिजाल-
माइत आएकी नन्द पाँचदिन बिताएर घर फर्कन्छु भनेपछि भाउजूले -- के बितेको छ र नानी फर्किहाल्नु पर्ने ? अझै बस्नुस् न। कति रमाइलो भैरा'छ भनिन्।
नन्दले -- ज्वाइ एक्लै हुनुहुन्छ।म त आमाको न्यास्रो मेट्न आएकी भनिन् ।
भाउजुले -- सासू कहाँ जानुभयो र?भनिन् ।
नन्दले --- त्यो एकल करकरे बुढीसङ्ग छुट्टीएको तीन महिना भैसक्यो भनिन् ।
भाउजूले --- बिबाह भएको बर्षदिन पुग्दैछ। बिचरी ! रोगी बुढी सासूलाई कसले रेखदेख गर्छ त ? भनिन् ।
नन्दले -- आ! बुढी दरिले छे। बिरामीको बहाना मात्र गर्छे। तिनलाई दसबर्षसम्म ठायाँले पनि छुँदैन। फेरि ज्वाइले पैसा पेलिहाल्नु हुन्छ।दङ्ग परेर बसेकी छे रे ! भनिन् ।
जानेदिन बिहान नन्दले-- भाउजू तपाइले सासुलाई आफ्नै आमाझैँ सम्झेर व्यबहार गर्नुहोला है। आमालाई सन्चो भएन भने मोबाइल गर्नुस् म तुरुन्तै आइपुग्छु भनिन् ।
भाउजूले-- मैले व्यबहार बुझेकी छु नानी ।मलाई आमा र सासु...









