१० कार्तिक २०८३, मंगलवार

भाषा/साहित्य

कविता: उद्योग खुलेर के गर्नु !

कविता: उद्योग खुलेर के गर्नु !

-आर. आर. चौलागाईं- उद्योग खुलेर के गर्नु ! त्यहाँ पार्टी खोल्न सकिएन भने त्यहाँ मजदूर युनियन बनाउन सकिएन भने त्यहाँ माग राख्न सकिएन भने त्यहाँ हडताल गर्न सकिएन भने त्यहाँ धर्ना बस्न सकिएन भने त्यहाँ नारा जुलूस गर्न सकिएन भने त्यहाँ चन्दा उठाउन सकिएन भने त्यहाँ विज्ञापन पाउन सकिएन भने उद्योग खुलेर के गर्नु ! उद्योग खुलेर के गर्नु ! हामीले पार्टी कसरी चलाउने ? हामीले राजनीति कसरी गर्ने ? हामीले मान्छेलाई कसरी झुक्याउने ? हामीले ताई न तुईका सपना कसरी देखाउने ? हामीले मई दिवस कसरी मनाउने ? हामीले भाषण कसरी गर्ने ? हामीले गीत कसरी गाउने ? हामीले कविता कसरी लेख्ने ? उद्योग खुलेर के गर्नु ! उद्योग खुलेर के गर्नु ! हामीले नेताहरू कसरी उत्पादन गर्ने ? हामीले नयाँनयाँ कार्यकर्ताहरू कसरी बनाउने ? हामीले लेबी कसरी लिने ? हामीले खानपिनको व्यवस्था कसरी मिलाउने ? हामीले आफ्ना मा...
कविता: एउटा रङ

कविता: एउटा रङ

-राम उदित- एउटा इन्द्रेणी साँझ आँखामा आएर बसेको छ रङ्गैरङ्गले भिजेर म त्यसैत्यसै रोमाञ्चित भएको छु तिमी छैनौ छैन कुनै एउटा रङ साँझको गोधुलीमा आकासको सुनौलो रङ देखेर आउँछौ कि भन्ने विश्वासमा म तिमी सम्झिहेछु सबथोक हुनु र तिमी नहुनु फेरि पनि एउटा रङ नभएजस्तो कहाँ हो कहाँ क्षितिजतिर एकोरिरहेछ नजर लहरहरू सलबलाइरहन्छन् मन बादलको भुवासरि उडिरहेछ कतै छिचोलेर अजङ्ग जीवनका पहाडहरू म निकै माथि देउरालीमा पुगेको छु तर कताकता आफ्नै छाँया आँफैसँग नभएजस्तो एउटा नमिठो रिक्ततामा दुखिरहेछ अस्तित्वको एक गीत कतै एक अँगालो माया लिएर मैलाई पर्खिरहेकी छौ भन्ने विश्वासमा मैल बरफको पहाड टेक्न सकेको छु जीवनको यो इतिहास लेख्न सकेको छु पाइला पाइलामा मैले सम्झिरहेने नाम सायद तिमी नै हौ जीवनका हर मोडहरूमा मैले गुनगुनाइरहने गीत सायद तिमी हौ साँच्चौ ! तिमी नहुनु सारङगीमा सु...
वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

नेपाल । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको निधन भएको छ । नेपाली, मैथिली, हिन्दी र अंग्रेजी साहित्यमा लामो समयदेखि सक्रिय विमलको ७९ वर्षको उमेरमा गत सोमबार राति निधन भएको हो। उनका कान्छा छोरा डा. विभाष लाभका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्यसँग कुराकानी गरिरहेका बेला विमल अचानक बिरामी परेका थिए । उनलाई तत्काल नजिकैको अस्पताल लगिए पनि उपचारकै क्रममा राति पौने १ बजे निधन भएको हो । विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले एक बहुआयामिक स्रष्टा गुमाएको साहित्य क्षेत्रका व्यक्तिहरूले बताएका छन् । डा. विमलले नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाएका थिए। भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गरेका थिए । साहित्य सिर्जनासँगै अध्यापन र भाषा अनुसन्धानमा समेत उनको महत्वपूर्ण योगदान थियो । ...
साहित्यकार भवानी अधिकारी र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा पुरस्कृत

साहित्यकार भवानी अधिकारी र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा पुरस्कृत

नेपाल । साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिएको छ। दाहालको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आयोजना गरेको समारोहमा १ लाख ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार अधिकारी र सुब्बालाई संयुक्त रूपमा प्रदान गरिएको हो। पुरस्कार साहित्यकार एवं संविधान सभा सदस्य शान्ता मानवी, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र सदनकी अध्यक्ष सुधा दाहालले हस्तान्तरण गर्नुभयो। दाहालका नाममा स्थापित ‘दाहाल यज्ञनिधि सुधा सदन’मा ५१ लाख रुपैयाँको अक्षयकोष छ। सोही कोषको ब्याजबाट हरेक वर्ष विशिष्ट व्यक्तित्वलाई पुरस्कार तथा बालप्रतिभा सम्मान प्रदान गरिन्छ। यस वर्षको ‘दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कार’ भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) को कक्षा ८ उत्तीर्ण ...
‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’को घोषणा

‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’को घोषणा

नेपाल । लघुकथा समाज नेपालले हरेक वर्ष भदौ ५ गते प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’को घोषणा गरेको छ । यस वर्ष यो सम्मान लघुकथाकार अल्पविरामलाई प्रदान गर्ने समाजले निर्णय गरेको हो । लघुकथाका क्षेत्रमा क्रियाशील अल्पविरामको खास नाम विष्णुकुमार श्रेष्ठ हो । साहित्यिक क्षेत्रमा अल्पविरामको नामबाट परिचित उनको लघुकथाकृति ‘अनुभूतिका रङहरू’ प्रकाशित छ । उनले अरू विधाका कृति पनि बजारमा ल्याएका छन् । आउँदो भदौ ५ गते लघुकथा दिवसको अवसर पारेर गरिने उक्त सम्मान प्रदान गरिनेछ । उक्त कार्यक्रममा सर्वनाम नाटकघरका कलाकारहरूले सम्मानित लघुकथाकारका दुई लघुकथालाई नाट्यीकरण गर्दै मञ्चन गर्ने समाजका अध्यक्ष तुलसीहरि कोइरालाले जानकारी दिए ।...
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि आठ कृतिको संक्षिप्त सूची सार्वजनिक

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि आठ कृतिको संक्षिप्त सूची सार्वजनिक

नेपाल । कविडाँडा साहित्य समाज, चितवनले कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८२’का लागि आठ कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको छ । संक्षिप्त सूचीमा अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), तोरकीन (क्षितिज समर्पण), महायुग (सीमा आभास), राजमाता (नीलम कार्की निहारिका), सत्यम् (लक्ष्मण वियोगी), सलह (श्रवण मुकारुङ) र सूतपुत्र (शंकरप्रसाद गैरे) कृतिहरू छनोटमा परेको समाजका अध्यक्ष एल.बी. क्षेत्रीले जानकारी दिएका छन् । समाजले उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक गरेपछि मात्र अन्तिम चरणमा पुरस्कृत हुने कृतिको घोषणा गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । ...
कविताकृति ‘लोकतन्त्रको अस्मिता’ सार्वजनिक

कविताकृति ‘लोकतन्त्रको अस्मिता’ सार्वजनिक

नेपाल । ज्योति साहित्य प्रतिष्ठानले कवि मणिराज सिंहको अर्को कविताकृति ‘लोकतन्त्रको अस्मिता’ सार्वजनिक गरेको छ । हालै आयोजित कार्यक्रममा अग्रज कवि तुलसी दिवसलगायतले कविताकृति सार्वजनिक गरे । कार्यक्रममा प्रमुख अतिथि कवि दिवसले कविताकृतिको साहित्यिक महत्त्व, लोकतान्त्रिक चेतना र समकालीन सन्दर्भमाथि आफ्नो विचार राखे । लोकार्पित कृतिमाथि प्राडा भरतकुमार भट्टराईले समीक्षात्मक मन्तव्य राख्दै प्रस्तुत कविताकृति बिम्ब, प्रतीक र अलंकारका दृष्टिले सशक्त भएको बताए । कवि शैलेन्द्र साकारले सिंहका कविताहरू सूक्ष्म संवेदना र सौन्दर्यचेतको भएको उल्लेख गरे । डा। तुलसी भट्टराईले शारीरिक अस्वस्थताका बाबजुद सिंह साहित्यिक सिर्जनामा सक्रिय रहेकोमा प्रशंसा गरे । कवि डा। विष्णुविभु घिमिरेले सिंहले विम्बप्रधान शैलीका बौद्धिक कविता लेख्दै आएको बताए । कवि उषा शेरचनले कृतिभित्रबाट एउटा कविता वाचन गरिन् । कार्य...
तीनवटै प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त, क-कसले पाए नियुक्ति ?

तीनवटै प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त, क-कसले पाए नियुक्ति ?

नेपाल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्रीले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गर्नुभएको छ। मन्त्रालयका अनुसार मिति २०८३ साउन १९ गतेको निर्णयअनुसार तीनवटै प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य–सचिव र परिषद् सदस्य मनोनयन गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी, उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ र सदस्य–सचिवमा रूपन्देहीका रोशन शेरचन नियुक्त हुनुभएको छ। यसै गरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिणा ताम्राकार, उपकुलपतिमा ललितपुरकै चन्द्र श्याम डङ्गोल र सदस्य–सचिवमा दोलखाका कैलाश कुमार श्रेष्ठ मनोनित हुनुभएको छ। त्यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपत...
कविता: रूख हुँ म स्याउको…

कविता: रूख हुँ म स्याउको…

-लालगोपाल सुवेदी- रूख हुँ म आफैमा स्याउको पाकेर एउटा स्याउ भुइँमा खस्यो कि ठूलो अन्तर्बोध हुन्छ न्युटन जन्मिन्छ ब्युँझन्छ गुरुत्वाकर्षण स्वत्व,अपनत्व मेरो प्रेमको महत्त्व युगयुग फलीभूत हुन्छ पात झरेको फेरि पलाएको, बिरुवाहरू आएको खोला सुसाएको चराहरूले गाएको धर्तीकै लागि हो प्रीतिकै लागि हो यसैले अब यो श्वास यो बतास गीतकै लागि हुन्छ भन भन यो गुरुत्वाकर्षण- गीत अब कसले सुन्छ ? ओ धर्ती, ओ पृथ्वी म आफै हुँ गुरुत्वाकर्षणको अनुपम उदाहरण ढल्नेछ एक दिन बूढो रूख रूख हुनेछु आफैमा म स्याउको हो ,फैलिने स्वाभाव छ आकाशमा एउटा पलले, अर्को पलले,अझ अर्को पलले लिन्छ लिन्छ अवतार लिन्छ अवतार लिन्छ अवतार लिन्छ यति सजिलै पृथ्वी कहाँ नासिन्छ? यही धर्तीमा धेरै धेरै धेरै फलहरू दिने रहरलाग्दो अब नव स्याउको रूख उभिन्छ पक्का उभिन्छ !...
गजल: हाम्रो स्वर्गमा किन यसरी लाइन गइरहन्छ ?

गजल: हाम्रो स्वर्गमा किन यसरी लाइन गइरहन्छ ?

-आर. आर. चौलागाईं- हाम्रो स्वर्गमा किन यसरी लाइन गइरहन्छ ? हाम्रो स्वर्गमा किन यसरी धूलो उडिरहन्छ ? आफूमात्रै नायक अनि अरू सब खलनायक हाम्रो स्वर्गमा किन यसरी भूत कराइरहन्छ ? एउटा टेको के हालेको थ्यो भुइँमा खुट्टा छैन हाम्रो स्वर्गमा किन यसरी पानी जमिरहन्छ ? न दिनमा शान्ति हुन्छ न रातमा सुत्न पाइन्छ हाम्रो स्वर्गमा किन यसरी माइक बजिरहन्छ ? फोहरमा रमाउनेलाई विकास के हो के थाहा हाम्रो स्वर्गमा किन यसरी झाडी बढिरहन्छ ? साँच्चै लड्यो भने तुरुन्तै परमधाम पुगिन्छ हाम्रो स्वर्गमा किन यसरी पोल बाङ्गिरहन्छ ? तँ अल्को कि म अल्को तर सबै होचा भैसके हाम्रो स्वर्गमा किन यसरी झगडा भइरहन्छ ?...