२२ श्रावण २०८३, शुक्रबार

‘एउटा अथक योद्धा’ को लोकार्पण

कोलोराडोखबर संवाददाता , August 7th, 2026

नेपाल । समाजसेवी गोपाल कोइराला ‘त्यागी’ को जीवनसङ्घर्ष, सामाजिक योगदान र व्यक्तित्वमाथि आधारित पुस्तक ‘एउटा अथक योद्धा’ को लोकार्पण गरिएको छ । पुस्तकमा कोइरालाको जीवनयात्रा, विभिन्न सङ्घर्षका अध्याय, समाजसेवा, मानवीय योगदान तथा प्रेरणादायी अनुभव समेटिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेलले कोइरालालाई सीमा संरक्षणमा निरन्तर सक्रिय राष्ट्रसेवी व्यक्तित्वका रूपमा चित्रण गर्दै उहाँको योगदान राज्यका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

इतिहासविद् डा. सुरेन्द्र केसीले तीन दशकदेखि सीमाक्षेत्रको अध्ययन र संरक्षणमा निरन्तर काम गर्दै आउनुभएका कोइरालाले हराएका धेरै भूभाग देशको नाममा फिर्ता ल्याउन भूमिका खेलेको उल्लेख गर्नुभयो ।

कृतिमाथि डा. हरि सिलवालले गोपाल कोइराला ‘त्यागी’ का योगदानलाई भावी पुस्तासम्म पुर्याउन उहाँका कृति विद्यालय र पुस्तकालयसम्म पुग्नुपर्ने धारणा राख्नुभएको थियो । सो कृतिलाई महेश प्रसाईं र तेजेन्द्र प्रसाईंले सम्पादित गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्