१३ असार २०८३, शनिबार

गीत: चिनिराखौँ चिनिराखौँ चिनिराखौँ…

कोलोराडोखबर संवाददाता , June 27th, 2026

(पुराना पार्टीका पुराना नेताहरूको सम्झनामा)
-आर. आर. चौलागाईं-
चिनिराखौँ चिनिराखौँ चिनिराखौँ
चिनिराखौँ चिनिराखौँ चिनिराखौँ ।

मीठामीठा कुरा गरी हामीलाई फसाउने यिनै हुन्
स्वर्गलोकको बाटो देखाई नर्क लैजाने यिनै हुन् ।

छिमेकीहरूसँग सम्बन्ध बिगार्ने मुखाले यिनै हुन्
यत्रो वर्ष मालिक भई देश सिध्याउने यिनै हुन् ।

सुन्दर शान्त विशाल देशमा आगो झोस्ने यिनै हुन्
दिन र रात जनता लुटी आफन्त पोस्ने यिनै हुन् ।

जनतालाई गोली हानी लुक्दैभाग्दै हिँड्ने यिनै हुन्
काम गर्छु भन्नेहरूलाई काम गर्न नदिने यिनै हुन् ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्