२१ भाद्र २०८३, आईतवार

बाढीले बगाएको नेपाल-चीन सीमानाकामा राखियो नेपालको राष्ट्रिय झन्डा

कोलोराडोखबर संवाददाता , September 6th, 2026

नेपाल । रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमानाकामा नेपालको राष्ट्रिय झन्डा राखिएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित उक्त अन्तर्राष्ट्रिय सीमानाकामा शनिबार सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झन्डा राखेको हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले उक्त सीमानाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) टिमुरेबाट गएको टोलीले करिब तीन किलोमिटर जोखिमयुक्त भिर पार गरी सीमानाकामा झन्डा राखेको प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्