२२ भाद्र २०८३, सोमबार

एनआरएनए कोलोराडोद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको आह्वान

कोलोराडोखबर संवाददाता , September 7th, 2026

कोलोराडो ।

प्रेस विज्ञप्ति
नेपालका बाढी तथा विपद् प्रभावितहरूका लागि संकलीत तथा सहयोग प्रदान गरिएको सम्बन्धमा

मिति: ६ सेप्टेम्बर २०२६
कोलोराडो, अमेरिका
नेपालमा भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी, त्यससँगै भएका पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण भएको जनधनको ठूलो क्षतिप्रति NRNA NCC Colorado Chapter गहिरो दुःख व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक समवेदना एवं ऐक्यबद्धता प्रकट गर्दछ।
नेपाल सरकार, विश्वभर रहेका नेपाली समुदाय, विभिन्न व्यक्ति, व्यवसाय तथा संघसंस्थाहरूले विपद् प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै आएका छन्। साथै, नेपाल सरकारले विपद् प्रभावितहरूका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत सहयोगको आह्वान गरेको छ।

यसै क्रममा, कोलोराडोमा रहेका विभिन्न व्यक्ति, व्यवसाय, संघसंस्था तथा सामुदायिक समूहहरूले आफ्नै पहलमा विपद् प्रभावितहरूका लागि आर्थिक तथा भौतिक सहयोग संकलन तथा प्रदान गरिरहेको जानकारी प्राप्त भएको छ।

विगतका अनुभवहरूलाई समेत ध्यानमा राख्दै सहयोग संकलन तथा परिचालन प्रक्रियामा पारदर्शिता, जवाफदेहिता, विश्वसनीयता र उचित अभिलेखीकरण कायम गर्ने उद्देश्यले, NRNA NCC Colorado Chapter ले कोलोराडोबाट नेपालका बाढी तथा विपद् प्रभावितहरूका लागि संकलन तथा प्रदान गरिएको सहयोगको व्यवस्थित अभिलेख राख्ने र आवश्यक विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ।

यसका लागि कोलोराडोमा सहयोग संकलन वा प्रदान गर्नुभएका सम्पूर्ण व्यक्ति, व्यवसाय, संघसंस्था तथा सामुदायिक समूहहरूलाई निम्न विवरण उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

– संकलन वा प्रदान गरिएको कुल आर्थिक सहयोगको विवरण
– सहयोग संकलन वा प्रदान गर्ने व्यक्ति, व्यवसाय वा संघसंस्थाको नाम
– सहयोग प्राप्त गर्ने व्यक्ति, परिवार, संस्था वा सम्बन्धित निकायको विवरण
– रकम हस्तान्तरण वा राहत सामग्री प्रदान गरिएको प्रमाण सम्बन्धित रसिद तथा अन्य आवश्यक प्रमाणपत्र/कागजातहरू
हाम्रो सहयोग, हाम्रो एकता र हाम्रो पारदर्शिता नै विपद् प्रभावितहरू प्रतिको सच्चा मानवीय दायित्व हो। सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दछौं ।
सम्पर्क तथा विवरण पठाउनको लागी Email: [email protected]
Nima Sherpa 917-864-3974
Chandra Gurung 720-984-0311
Sushanta Poudel 303-494-1195

NRNA NCC Colorado Chapter
Colorado, USA

 

प्रतिक्रिया दिनुहोस्